१० पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काङ्ग्रेस कार्यकर्ता भन्छन् : परिक्रमीका होइन परिश्रमीका कुरा सुन’

२५ जेष्ठ २०७६, शनिबार ०६:२९


भीष्मराज ओझा |जेठ२५ ,काठमाडौं , नेपाली काङ्ग्रेसले गत वैशाख २५ गतेदेखि शुरु गरेको ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’को पहिलो चरण आज समापन हँुदैछ । पहिलो चरणको एक महीने जागरण अभियानका क्रममा काङ्ग्रेसले ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएर टोलस्तरसम्म भेला, सदस्यता वितरण, प्रशिक्षण, अभिलेख सङ्कलन, पार्टीका अग्रजको सम्मान, शहीदका घर परिवारसँग भेटघाट र सुझाव सङ्कलन गरेको छ ।  

सो जागरण अभियानका क्रममा अधिकांश जिल्लामा स्थानीय नेता कार्यकर्ताले केन्द्रमा नेतालाई मिल्न र पार्टीलाई एक ढिक्का बनाउन सुझाव दिएका छन् । त्यस्तै काम नगरी नेताका वरिपरि घुमेर चाकडी गर्ने परिक्रमी (गणेश प्रवृत्ति) भन्दा परिश्रमी (कुमार प्रवृत्ति) लाई महत्व दिन र सोहीअनुसार मूल्याङ्कन गर्नुपर्ने सुझाव जागरणमा मुख्यरुपमा उठेको थियो ।अभियानका क्रममा भोजपुरमा खटिनुभएका नेता रामहरि खतिवडाले गाउँमा काङ्ग्रेस आउँदैन भन्ने गुनासोलाई सम्बोधन गरेर टोलस्तरसम्म विभिन्न कार्यक्रम गरेको बताउनुभयो । केन्द्रका नेतालाई मिल्न आग्रह

कार्यक्रममा गत निर्वाचनमा जितेका र हारेका पार्टीका उम्मेदवारसँगै भएर सौहार्द वातावरणमा कार्यक्रम गरेको जानकारी गराउँदै उहाँले भन्नुभयो, “स्थानीय नेता कार्यकर्ताले पार्टीमा एकता कायम गर्न र गुटउपगुट अन्त्य गर्न सुझाव दिनुभएको छ । कार्यकर्ताले केन्द्रका नेतालाई मिल्न र परिक्रमीको नभई परिश्रमिकका कुरा सुन्न आग्रह गर्नुभयो ।” 

काङ्ग्रेस पार्टीको महासमिति बैठकबाट पारित नीति, कार्यक्रम र संशोधित विधानबारे स्थानीय तहसम्म सुसूचित गर्ने, पार्टीमा एकता, समन्वय, हार्दिकता बढोत्तरी गर्ने र काङ्ग्रेसको नेतृत्वमा मुलुकले विगतमा हासिल गरेको उपलब्धिको सम्प्रेषण गर्ने अभियानको मुख्य उद्देश्य रहेको थियो ।

सबै जिल्ला, क्षेत्र, गाउँ-नगर, वडा र टोलसम्म विस्तारित जागरण अभियान २०७६ सालभरि तीन चरणमा सम्पन्न हुनेछ । अभियानको प्रथम चरण गत वैशाख २५ गते प्रारम्भ भई आज समापन हुँदैछ । दोस्रो चरण आगामी भदौ २४ गते बिपी जयन्तीका दिन प्रारम्भ भई असोज ७ गते समापन हुनेछ । तेस्रो चरण पुस ७ गते प्रारम्भ भई पुस १६ मेलमिलाप दिवसमा समापन हुने गरी तय भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

बाँकेमा खटिनुभएका नेता एनपी साउदले अभियानमा पार्टीका सबै एकाइ र भ्रातृ तथा शुभेच्छुक संस्था परिचालन भएको, पार्टीमा एकताको सन्देश गएको र नयाँ सन्दर्भमा पार्टी एक भएर जानुपर्छ भन्ने स्थानीय नेता कार्यकर्ताको बुझाई रहेको बताउनुभयो । “सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको भन्दै जनता निराश भएको पायौँ, जनचासोका विषयलाई काङ्ग्रेसले उठाउनुपर्छ, केन्द्रमा नेताहरु मिल्नुपर्छ, जागरण अभियानजस्ता कार्यक्रम पार्टीले निरन्तर गर्नुपर्छ भन्ने स्थानीय तहमा माग छ ।” 

संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्छकाङ्ग्रेसले संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने, बढ्दो महँगी, असुरक्षा, भ्रष्टाचारलगायत विषयका विरुद्ध पार्टीले कार्यक्रम बनाई जनतामा जानुपर्ने सुझाव आएको उहाँले जानकारी दिनुभयो । साथै गुटउपगुटका आधारमा नभई पार्टी संस्थागत र पद्धतिका आधारमा चल्नुपर्ने काङ्ग्रेसजनको सुझाव छ ।  

लमजुङमा खटिनुभएकी नेत्री कमला पन्तका अनुसार अभियानले पार्टीका सबै निकाय परिचालन भएको र पार्टीमा एकताको राम्रो सन्देश गएको छ । सयौँ नेता कार्यकर्ता र जनतासँग प्रत्यक्ष अन्तक्र्रिया भएको बताउँदै उहाँले अभियानका बारेमा केहीले ठीक र आवश्यक थियो भने पनि केहीले भने पहिला केन्द्रमा नै जागरण गर्नुस् भनेर आक्रोश पोखेको उल्लेख गर्नुभयो ।

नेतृत्वले सबैलाई समान व्यवहार गर्नुपर्ने, इमान्दार कार्यकर्ताको मूल्याङ्कन गर्नुपर्ने सुझाव दिएको नेत्री पन्तको भनाइ थियो । अभियानका क्रममा नेता कार्यकर्ताले पार्टीका भ्रातृ, शुभेच्छुक  संस्था र पार्टीका विभाग तन्दुरुस्त बनाउन सुझाव दिएका छन् । 

अभियानका क्रममा जुम्लामा एक महीनासम्म रहनुभएकी नेत्री रमा पौडेलले अभियानले कार्यकर्तामा उत्साह जागेको सुनाउनुभयो । वडास्तरसम्म भेला, प्रशिक्षणका साथै पार्टीका विभिन्न एकाइका बैठक पनि भएको बताउँदै उहाँले स्थानीय नेताकर्तामा केन्द्रमा नेताहरु एक ढिक्का हुनुपर्छ भन्ने सुझाव दिएको जानकारी दिनुभयो । 

रिक्त संरचनालाई यथाशीघ्र पूर्णता दिनुपर्छ

रसुवामा खटिनुभएका नेता जीवन परियारले अभियानका क्रममा मुख्यरुपमा स्थानीय तहमा लामो समयदेखि पार्टीका तदर्थ समिति भएको र कतिपय एकाइ रिक्तसमेत रहेकोप्रति आक्रोश पोख्दै यथाशीघ्र पूर्णता दिन आग्रह गरेको बताउनुभयो ।  

काङ्ग्रेसको संशोधित विधानमा संविधानअनुसार पार्टीका नयाँ संरचना बनाउन सङ्क्रमणकालीन व्यवस्था गरिएको भए पनि पार्टी कार्यालयले रिक्त कमिटीलाई पूर्णता दिन प्रभावकारी काम गरेको देखिँदैन । कार्यकर्ताले पार्टीका भ्रातृ र शुभेच्छुक संस्थाको समयमा महाधिवेशन गर्न र प्रशिक्षणका लागि समय समयमा केन्द्रबाट पहल हुनुपर्ने माग गरेको उहाँले बताउनुभयो ।  

रसुवामा काङ्ग्रेस र नयाँ शक्ति पार्टी नेपालबीच एकता भएको र समायोजन प्रक्रिया जारी रहेकाले प्रथम चरणको अभियानसमेत लम्बिएर जेठ ३२ गतेसम्म पुग्ने नेता परियारले बताउनुभयो । रसुवामा सडकलगायत भौतिक निर्माणमा केन्द्र सरकारले खासै ध्यान नदिएको स्थानीयको गुनासो रहेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी