२०८२, १० फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

चरन क्षेत्र नहुँदा भेडा व्यवसायी समस्यामा

२०७६, ३२ जेष्ठ शनिबार ०२:०४

जेठ ३२, दार्चुला । भेडाबाख्रा चराउन जिल्लामा चरन क्षेत्र घट्दै गएपछि भेडाबाख्रा व्यवसायी समस्यामा परेका छन् । वर्षौंदेखि भेडापालन व्यवसाय गर्दै आएका भेडापालक कृषक वन जङ्गल चरिचरन क्षेत्र अभावमा पेशाबाटै पलायन हुने अवस्थामा पुगेका हुन् ।

“भेडाबाख्रा चराउन वन जङ्गल छैन । गाउँ घरमा रहेका साना वनमा वर्षभरि चराउने सकिने अवस्था नभएपछि समस्यामा छौँ,” महाकाली नगरपालिका–६ का भेडा व्यवसायी लोकेन्द्रसिंह बोहराले भन्नुभयो । “१०÷१२ वर्षदेखि भेडापालन व्यवसायमा लागेको छु”, उहाँले भन्नुभयो, “वनजङ्गल छैन । गाउँमा चराउन मिल्दैन । गत वर्ष झण्डै १५० को हाराहारीमा भेडा थिए । बिक्री गरिसकेँ”, उहाँले भन्नुभयो, “अहिले ३० जति मात्रै पालेको छु । यति भेडाबाख्रा चराउन पनि वन छैन । गाउँमा वन नहुँदा अहिले भेडाबाख्रा चराउन व्यास गाउँपालिकाको वडा नम्बर १ नाम्पा हिमाल ल्याएको छु”, उहाँले भन्नुभयो । 

भारतीय बाटो भएर नाम्पा हिमालसम्म बाख्रा चराउन ल्याइएको छ । बाटोमा ल्याउँदा निकै झण्झटिलो हुने बोहोराले सुनाउनुभयो । नेपालबाट भारतमा ल्याउँदा भन्सार, पशु विभाग र तोक लगाएबापत ११० भारतीय रुपैयाँ खर्च हुन्छ । अझ नाम्पा क्षेत्रमा चरिचरन बापत प्रतिबाख्रा कति रुपैयाँ तिर्नुपर्छ भन्ने थाहा नभएको बतायएको छ । गत वर्ष अपि नाम्पा संरक्षण क्षेत्र र स्थानीयले सामुदायिक वनबापत दोहोरो शुल्क लिएका थिए । अहिले अपि नाम्पा संरक्षण क्षेत्रले रकम लिएको छैन तर स्थानीयले के गर्ने हुन जानकारी छैन । 

गाउँबाट एकसाता लगाएर उक्त ठाउँमा भेडाबाख्रा लिएर भेडापालक गएका छन् । टाढा टाढा मात्रै वन जङ्गल छ । नाम्पा हिमाल क्षेत्रमा मात्र तीनदेखि पाँच हजार भेडा चराउने गरेका छन् । अपि फेद नाम्पा कौवा लेक हिमाल क्षेत्रमा अहिले भेडाबाख्रा चरिचरन खुला छ । 

अर्का व्यवसायी गम्भीरे धामीले भन्नुभयो, “विगतमा हजारौँ भेडाबाख्रा थिए अहिले ६०० मा झारेको छु । यही भेडाबाख्रा पनि कहाँ लगेर पाल्ने भन्ने चिन्ता छ । अहिले गाउँको गर्मी छल्न लेकतिर लिएर पालन गरेका छौँ । लेकबाट ल्याएर बिक्री गर्नुपर्छ ।” अधिकांश ठाउँमा सामुदायिक वनमा भेडाबाख्रा चराउन बन्द गरेपछि समस्या भएको भेडापालक किसानको भनाइ छ । भेडापालनबाट आम्दानी भए पनि चरिचरन अभावले समस्या भएको उनीहरुको गुनासो छ । अहिले जिल्लामा भेडा रु १० हजारदेखि १५ हजारसम्ममा बिक्री हुने गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा