2026-07-09 12:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सैद्धान्तिक प्रतिबद्धता र सहमतिप्रति सबै इमान्दार हुनुपर्छः अध्यक्ष दाहाल

2019-06-17

असार २, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताका बारेमा गरिएको सैद्धान्तिक, राजनीतिक प्रतिबद्धता र सहमतिप्रति सबै इमान्दार हुनुपर्ने बताउनुभएको छ । 

शहीद रितबहादुर खड्का स्मृति प्रतिष्ठानले आज पार्टी कार्यालय धूम्रबाराहीमा आयोजना गरेको स्मृतिसभालाई सम्बोधन गर्दै उहाँले एकताका क्रममा गरिएको सहमतिलाई इमान्दारीपूर्वका कार्यान्वयन गर्दै महाधिवेशनसम्म गएर विचार, राजनीति र कार्यनीतिलाई अझ विकसित र परिमार्जन गर्नुपर्ने बताउनुभयो ।

“पार्टी एकतालाई सुदृढ गर्ने र बाँकी रहेका कामलाई टुङ्ग्याउने तथा भएका सहमति, समझदारीमा इमान्दारिसाथ उभिनुपर्छ”, अध्यक्ष दाहालले भन्नुभयो, “स्पष्ट मान्यता र सिद्धान्तअनुसार पार्टी एकता गरिएको हो । नेपाली जनताका अगाडि गरिएका बाचा कबोल हामी कसैले पनि बिर्सन हुँदैन । यसबाट कसैले दायाँबायाँ गर्न खोज्यो भने त्यो नेपाल राष्ट्र र नेपाली जनताप्रति घात हुनेछ ।”

माक्र्सवादको निर्देशन र पथप्रदर्शनमा समाजवादको लक्ष्य प्राप्त गर्ने उद्देश्यले दुई पार्टीबीच एकता भएको उल्लेख गर्दै उहाँले ठूला पार्टीबीचको एकताका क्रममा केही जटिलता देखिएको भए पनि एकताको मर्मअनुुसार अन्तिम रुप दिइने बताउनुभयो ।

“दुई  ठूला कम्युनिष्ट पार्टीबीच एकता गरेर ठूलो ऐतिहासिक र आसाधारण कामको शुरुआत गरिएको छ, सिद्धान्तहीन ढङ्गबाट पार्टी एकता गरिएको होइन । पार्टीको यस लक्ष्यलाई नबुझेर कतिपयलाई ‘अलमल’ हुनसक्छ” अध्यक्ष दाहालले भन्नुभयो, “पार्टीले सामूहिक ढङ्गले राजनीतिक प्रतिवेदन तयार पार्दा हिजोका दुबै धारका वरिष्ठ नेताको सर्वसम्मतिमा दुबै पार्टीका उच्च निकायबाट पारित गरेर आगामी बाटो टुङ्ग्याइएको हो ।” 

पार्टीको राजनीतिक प्रतिवेदनमा नेपाली जनताको परिवर्तनको चाहना पूरा गर्न तत्कालीन अवस्थामा दुई पार्टीले खेलेको भूमिकालाई सकारात्मक ढङ्गबाट मूल्याङ्कन गरिएको उहाँको भनाइ थियो । अध्यक्ष दाहालले भन्नुभयो, “जनताको बहुदलीय जनवादको भूमिका होस् वा एक्काइसौँ शताब्दीको जनवाद तथा माओवादी जनयुद्धले खेलेको सकारात्मक भूमिकाको मूल्याङ्कन गर्दै अगाडि जानका लागि इतिहासका ती अनुभव, नीति, कार्यक्रमलाई परिमार्जन गरिनुपर्छ । यी विषयलाई विकसित गरेर जानुपर्छ भन्ने मान्यतासाथ हामीले पार्टी एकता गरेका हाँै ।”

शहीदका बलिदान, लाखौँ श्रमजीवी जनताले गरेको योगदान सबैलाई सम्मानित गर्दै स्थापित गर्न र बलिदानको आलोकमा अगाडि जानु नै सही क्रान्तिकारी बाटो भएको उहाँले बताउनुभयो । अध्यक्ष दाहालले भन्नुभयो, “अहिले निराश हुनुपर्ने स्थिति छैन, शहीदको सपना पूरा गर्न सङ्कल्प गर्दै आफूलाई उद्देश्यबाट विचलित नहुने दृढता गर्नुपर्छ ।”

गतिशील, सिर्जनशील र बहुआयामिक व्यक्तित्वका रुपमा उदाएका खड्का वामपन्थी विचार र नेतृत्वको पक्षमा अगाध आस्था र विश्वास राख्ने व्यक्तिका रुपमा आफूले पाएको स्मरण गर्नुभयो । अध्यक्ष दाहालले भन्नुभयो, “पार्टीको विचार र नेतृत्वको रक्षाबिना आन्दोलनले सकारत्मक परिणाम निकाल्न नसक्ने खड्काको निष्कर्ष थियो ।”

कार्यक्रममा नेकपाका स्थायी समिति सदस्य जनार्दन शर्माले जनताको परिवर्तनको चाहनालाई सम्बोधन गर्न इमान्दार भएर अगाडि बढ्नुको विकल्प नभएको बताउनुभयो । जनताको पथमा हिँड्ने बाटोबाट विचलित नभइ अघि बढ्नुनै शहीदप्रति सञ्चा सम्मान हुने उहाँको भनाइ थियो । 

नेकपाका स्थायी समिति सदस्य एवं उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले क्रान्तिका लागि निरन्तर लागिरहने योद्धाका रुपमा आफूले शहीद खड्कालाई पाएको उल्लेख गर्दै वर्गीय मुक्तिको पक्षमा सही कदम चाल्न सकियो भने मात्र शहीदप्रति सञ्चा श्रद्धाञ्जलि हुने बताउनुभयो । 

प्रदेश नं ३ का प्रदेशसभा सदस्य पशुपति चौलागाईले पार्टी एकतालाई अन्तिम रुप दिएमा सहीद खड्काप्रति सच्चा श्रद्धाञ्जलि हुने बताउनुभयो । युवा अवस्थामै अत्यन्त क्रान्तिकारी छवि भएको योद्धाका रुपमा आफूले खड्कालाई पाएको स्मरण गर्दै उहाँले शहीद खड्का जीवितै भएको भए आज आफ्नो पनि नेता हुनुहुन्थ्यो भन्नुभयो । 

विसं २०२८ भदौ १० गते दोलखाको जुगुमा जन्मनुभएका खड्का जिरी माध्यामिक विद्यालयमा कक्ष ८ मा अध्ययन गर्दागर्दै राजनीतिमा जोडिनुभएको थियो । उहाँले तत्कालीन नेकपा माले पार्टीको अनेरास्ववियू पाँचौँको प्रारम्भिक कमिटीको कोषाध्यक्ष भएर विद्यार्थी जीवनबाट राजनीति शुरु गर्नुभएको थियो । कक्षा ९ मा पुग्दा उहाँले प्रारम्भिक कमिटीको 

विसं २०४६ मा एसएलसी उतीर्ण भएपछि उहाँ अनेरास्ववियूको जिल्ला सचिव र २०४६ सालको जनआन्दोलनमा जिल्ला जनआन्दोलन समितिको सचिवको भूमिका निर्वाह गर्नुभएको थियो । आफू आवद्ध तत्कालीन पार्टी नेकपा (एमाले) ले २०४६ सालको जनआन्दोलनको भावना विपरीत काम गरेको भन्दै उहाँ २०४८ सालमा तत्कालीन एमाले परित्याग गरी नेकपा (मशाल)मा आबद्ध हुनुभएको थियो । मशालले पार्टी क्षमताको मूल्याङ्कन गर्दै उहाँलाई अनेरास्ववियू क्रान्तिकारीको दोलखा सचिवसँगै पार्टीको खुला चुनावी मोर्चा जनमोर्चा नेपालको जिल्ला सदस्यको भूमिका दिएको थियो । 

नेकपा (मशाल) बाट पार्टी रुपान्तरण भई नेकपा (माओवादी) को गठन भएपछि उहाँ दोलखा जिल्ला पार्टी सदस्य भई २०५२ साल माघदेखि भूमिगत हुनुभएको थियो । जनयुद्धकै क्रममा पार्टीको प्रवास बैठक सम्पन्न गरी कार्यक्षेत्र फर्कने क्रममा उहाँलाई २०५९ असार २ गते रौतहटको पिपरामा प्रहरीले गिरफ्तार गरी हत्या गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो