१० पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रमुख प्रतिपक्षी दलको अवरोधका कारण बैठक स्थगित

३ असार २०७६, मंगलवार ०७:३०

असार ३, काठमाडौँ (रासस) | प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण प्रतिनिधिसभाको आजको बैठक स्थगन भएको छ । सभामुख कृष्णबहादुर महराले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ प्रमुख प्रतिपक्षी दलका सांसदहरूले उठेर विरोध जनाउनुभएको थियो ।

काँग्रेसले समसामयिक विषयमा विपक्षी दलका नेताले बैठकको शुरुमै बोल्न पाउनुपर्नेमा सभामुखले  समय उपलब्ध नगराउनु भएकाले विरोध गर्नुपरेको जनाएको छ ।काँग्रेसका  सांसदहरुले आ–आफ्नो स्थानमा उठेर विरोध जनाइरहँदा  सभामुख महराले प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक महत्वको विषयमा वक्तव्य दिन चाहनुभएकाले उहाँको वक्तव्यपछि तपाईंहरुलाई बोल्न समय दिन्छु भन्नुभयो ।

सभामुखले प्रतिपक्ष दलका सांसदलाई  उक्त आग्रह गरिरहँदा विपक्षी सांसदले संसदीय मर्यादा कायम गरियोस् र  प्रतिपक्षलाई पहिला बोल्न दिइयोस् भनी रोष्टम अगाडि गएर नाराबाजी गर्नुभएको थियो ।सभामुखले बिरोध जनाइरहुनभएका सांसदहरूलाई  पहिले प्रधानमन्त्रीको कुरा सुनौँ त्यसपछि तपाईंहरुलाई बोल्न समय दिन्छु भनी पटक पटक आग्रह गरे पनि लगातार नाराबाजी चलिरह्यो ।

प्रधानमन्त्री ओली सार्वजनिक महत्वको वक्तव्य दिन रोष्ट्रममा पुग्नुभए पनि त्यहीँ उभिरहनुभएको थियो । प्रतिपक्षको लगातार नाराबाजी चलिरहेकाले सभामुखले बुधबार बिहान ११ बजे बस्ने गरी बैठक स्थगन गरिएको घोषणा गर्नुभयो ।प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीले सार्वजनिक महत्वको विषयमा वक्तव्य दिने कार्यसूची थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी