२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कानूनबारे जानकारी गराउँदै कर्णाली सरकार

७ असार २०७६, शनिबार ०२:२४

 असार ७, सुर्खेत । कर्णाली प्रदेश सरकारले यहाँका स्थानीय तह, क्याम्पस र विद्यालयमा विभिन्न कानूनबारे जानकारी दिन कार्यक्रम सञ्चालन गर्दै आएको छ । मुलुकमा लागू भएका विभिन्न कानूनबारे जानकारी दिन तथा तिनको कार्यान्वयनमा सहयोग पुगोस भनेर कर्णाली प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयले कानूनी सचेतना कार्यक्रम अघि बढाएको हो । 

मन्त्रालयले कानूनी बहस, छलफल, संवाद, अन्तक्र्रिया र प्रशिक्षणका माध्यमबाट कानूनी सचेतना दिन थालेको हो । विसं २०७५ भदौ १ गतेदेखि  मुलुकमा लागू भएको फौजदारी देवानी संहिताबारे जनस्तरमा सन्देश प्रवाह गरिँदै आएको छ । समाजमा आपराधिक घटना घट्न नदिन र नागरिकलाई विधिको शासनको प्रत्याभूति गराउन कार्यक्रम सञ्चालन गरिएको मन्त्रालयका कानून उप–सचिव विनोदकुमार गौतमले जानकारी दिनुभयो ।

“मुलुकमा बनेका कानूनको पालना गरी सुशासन र सदाचारयुक्त समाज निर्माण गर्नु कार्यक्रमको मूल उद्देश्य हो । यसलाई मुख्य आधार बनाएर अघि बढेका छौँ”, उहाँले भन्नुभयो । मूलतः कानून के हो, यो कसरी निर्माण हुन्छ र यसलाई लागू गर्ने विधि प्रक्रिया के हुन् भन्नेबारे जानकारी दिन कार्यक्रम अघि सारिएको हो । 

मन्त्रालयका कानून अधिकृत तुलसा गैरेले चालू आवभित्रै कर्णाली प्रदेशका ७९ स्थानीय तहमा पुगेर सञ्चालन हुने कार्यक्रमबाट नागरिक तहसम्म सही सन्देश पठाउने लक्ष्य राखिएको बताउनुभयो । मुलुकमा लागू भएका कानून र निर्माण हुने कानूनबारे नागरिकलाई थाहा नभएर विभिन्न आपराधिक घटनाको भागेदारी बन्नुपर्ने समस्यामा समाधान दिन कार्यक्रम गरिएको उहाँले बताउनुभयो । “कार्यक्रममा कानूनको परिभाषा, त्यसको अर्थ, औचित्य, महत्व, अनिवार्यता र पालनाका बारेमा शिक्षा दिएका छौँ”, उहाँले भन्नुभयो, “यसका लागि विद्यालय क्षेत्रलाई लक्षित गरेका छौँ ।” उपप्रमुख÷उपाध्यक्षसहितका स्थानीय तहका पदाधिकारीसँग कानून तर्जुमाका विषयमा छलफल गरिएको उहाँले बताउनुभयो ।

छाउपडी, बहुविवाह, दाइजो प्रथालगायत सामाजिक विकृति र त्यसविरुद्धको कानूनी सजायका बारेमा पनि विद्यार्थी, शिक्षक, अभिभावक र पदाधिकारीलाई जानकारी गराइएको गैरे बताउनुहुन्छ । जनज्योति मावि नेवारेका शिक्षक करण भण्डारीले लागुऔषध र बालविवाहले व्यक्तिको शारीरिक, मानसिक, सामाजिक पक्ष र मुलुक विकासमा पर्ने प्रभावका सवालमा स्पष्ट जानकारी पाएको बताउनुभयो । यस्तै श्रीकृष्ण संस्कृत तथा साधारण मावि इत्राममा कक्षा ९ मा अध्ययनरत छात्रा जीवनबीमा सिंहले लागुऔषध, बालविवाह, छाउपडी र दाइजो प्रथाले समाजमा पारेको नकारात्मक प्रभावबारे प्रष्ट हुने अवसर मिलेको बताउनुभयो । कार्यक्रममा नैतिक शिक्षा, अनुशासन, सिर्जनशील एवम श्रमशील बन्न उत्प्रेरित गराइएको मन्त्रालयले जनाएको छ । कानूनी सचेतनामूलक कार्यक्रमबाट हालसम्म एक हजार २०० भन्दा बढी व्यक्ति प्रत्यक्ष रुपमा लाभाविन्त भएको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली