२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रक्षामन्त्रालयले सङ्गठनात्मक स्वरुपमा गरेको त्रुटिका कारण ११३ कर्मचारी अन्योलमा

२०७६, ९ असार सोमबार १०:४०

असार ९, काठमाडौँ | रक्षा मन्त्रालयले सङ्गठनात्मकस्वरुप निर्धारण (ओएण्डएम) बनाउँदा गरेको त्रुटिका कारण ११३ कर्मचारी अहिले अन्योलमा परेका छन् । 

मन्त्रालयले सङ्गठन संरचना निर्माणका बेला नेपाली सेनाका विभिन्न १७ वटा एकाइमा रही विशेष सेवा दिइरहेका निजामती सेवाकै कर्मचारीलाई बेवास्ता गरिएका कारण मन्त्रालय मातहतकै केही कर्मचारीलाई समस्या आएको विभागीय कार्यसमिति रक्षा मन्त्रालयका अध्यक्ष पूर्णकान्त घिमिरेले जानकारी दिनुभयो ।

 मन्त्रालयको साङ्गठनिक संरचनामा नपरेपछि अन्योलमा परेका कर्मचारी पछिल्लो समय दैनिकरुपमा मन्त्रालयमा आएर हारगुहार गरिरहेको उहाँ बताउनुहुन्छ । साङ्गठनिक संरचना बनाउँदा सिंहदरबारस्थित मन्त्रालयको मात्र दरबन्दी र पदस्थापनलाई नहेरिएका कारण ती कर्मचारी मर्कामा परेका हुन् ।

 सैनिक मुख्यालयदेखि गठ्ठाघर, सुन्दरीजल, स्वयम्भू बारुदखानालगायतका ब्यारेकमा प्राविधिक (जोखिमपूर्ण) कामका लागि भनी १३६ जनाको दरबन्दी कायम गरिएकामा हाल उक्त दरबन्दीमा ११३ जना निजामती कार्यरत छन् । उनीहरु प्रशासन, शिक्षा र प्राविधिक सेवाका जनशक्ति हुन् । “सङ्गठन संरचना बनाउँदा हामीले बिर्सिर्यांै अब तिमीहरु जहाँ जान्छौँ जाओ भनेर मन्त्रालयले भन्नु भएन, हाम्रो दरबन्दी सङ्घअन्तर्गत छ, हामीलाई विषय विज्ञका रुपमा खटाएर काम लगाइएको छ, सेनाले पनि हाम्रो माग गरिरहेको छ”,सुन्दरीजल आर्सनलका मेकानिकल सुपरभाइजर वसन्त थापा भन्नुहुन्छ । ती ११३ मध्ये एक तिहाइ महिला कर्मचारी छन् । कार्यालय समय शुरु हुनासाथ मन्त्रालयको कोठाकोठा पुगेर गुनासो पोख्ने र ढोका ढकढक्याउने अहिले उनीहरुको दैनिकी बनेको छ ।

 विसं २०७५ मा  सङ्गठन संरचना बनाइए पनि उनीहरुको अभिलेख निजामती किताबखाना पठाउन छुट भएको मन्त्रालयले स्वीकार गरेको छ । पछिल्लो कर्मचारी समायोजनमा पनि उनीहरुलाई नसमेटिएको बुझिएको छ ।

“गत चैतअघि भएको सङ्गठन संरचनामा उहाँहरुको छुटेको छ, फेरि गरेर अर्थ र सामान्य मन्त्रालयमा पठाएका छाँै, सचिव तहमा पनि यसलाई कसरी छिटो व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भइरहेको छ, उप्रधानमन्त्री एवं रक्षा मन्त्रीबाट समेत यो विषयलाई छिटो निष्कर्षमा पु¥याउन चासो व्यक्त भएको छ”,रक्षामन्त्रालयका प्रवक्ता बाबुराम गौतमले भन्नुभयो । पछिल्लो सङ्गठन संरचनाले रक्षा मन्त्रालयको दरबन्दी १०० कायम गरे पनि हाल ६३ जना कार्यरत रहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय