२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नर्सले तोकिएको पारिश्रामिक नपाएको गुनासो

२०७६, १० असार मंगलवार ०८:१७

असार १०, काठमाडौँ | राष्ट्रिय सभाको बैठकमा सांसद उदया शर्मा पौडेलले सरकारले श्रमिकका लागि पारिश्रामिक तोकेको भए तापनि  नर्सले तोकिएको पारिश्रामिक नपाएको प्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ । राष्ट्रिय सभाको आजको बैठकमा उहाँले नर्सको श्रमको उचित मूल्याङ्कन नभएको बताउनुभयो । 

सांसद खिलकुमार विश्वकर्माले सरकारको चालू आवमा सुत्केरीलाई हिमालमा रु एक हजार पाँच सय, पहाडमा रु एक हजार र तराई रु ५००  प्रभावकारी रुपमा कार्यान्वयन भएको नदेखिएको प्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद अनिता देवकोटाले नेपाल कम्युनिष्ट पार्टीका नेता कुमार पौडेलको इन्काउन्टरमा हत्या भएको भनिएकाले सत्यतथ्य सार्वजनिक गर्न आग्रह गर्नुभयो । 

सांसद इन्दु कडरियाले  कञ्चनपुर जिल्लामा हुलाकी सडक बन्दाबन्दै भारतीय सुरक्षाकर्मीले धम्याउने क्रम  नरोकिएको हुनाले त्यसप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद कमलाकुमारी ओलीले यातायात क्षेत्रमा एकाधिकार अन्त्य भइसक्दा पनि कायम रहेको देखिएकाले सत्यतथ्य दिन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय