२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पाका श्यामलाललाई देखेन शहरले (नालिबेलिसाहित)

११ असार २०७६, बुधबार ०६:०६

उमा केसी,  असार ११, रोल्पा । रोल्पा सदरमुकाम लिवाङको शिवालय टोलमा बस्छन् ४५ वर्षीय श्यामलाल सुनार । त्यसै गाउँका रैथाने सुनार गर्भमै रहेका बेला बुबाको मृत्यु भयो । आमाको मृत्यु हँुदा श्यामलाल १० वर्षका थिए । बुबाआमाले छाडेर गएपछि उनी एक्लै भए । सानै उमेरदेखि भारत जान थालेका दाजु ओविलालले विवाह गरेर उतै बसेपछि त श्यामलाल सहाराविहीन नै भए ।  ज्याला मजदुरी गरेर साँझ बिहानको जोहो गर्दै आएका उनले सँगै काम गर्ने अप्सरासँग विवाह गरे ।

विवाहपछि सुनार दम्पतीले दुई छोरा जन्माए । कान्छो छोरा विकास एक वर्ष नपुग्दै अप्सरा घरबाट निस्किइन् । श्रीमती कहाँ गइन् भनेर निकै खोजतलास गरे श्यामलालले । तर भेट्टाउन सकेनन् । गाउँलेबाट सुने अप्सराले अर्को ठाउँ विवाह गरिसकिन् । त्यसपछि नाबालक छोरा विवेक र विकासलाइ पाल्ने, हुर्काउने बढाउने जिम्मा श्यामको काँधमा आयो । दिउँसो ज्याला मजदुरी गरेर ल्याएको पैसाले साँझ बिहानको छाक टार्थे उनी । नाबालक छोराहरु रेखदेख गर्ने मान्छे घरमा कोही नभएपछि आफूले काम गर्ने ठाउँमा दुवै छोरालाई लैजान्थे । श्यामले गिट्टी फोर्ने काम गर्छन् भने छोरा दिनभर धुलोमा खेल्छन् । श्यामको लामो समय यसैगरी बिते ।

  जेठो छोरा विकास पाँच वर्ष र कान्छो छोरा विवेक चार वर्ष पूरा भएका छन् । कान्छो छोरा विवेकको हातखुट्टा चल्दैनन् । उभिन र बस्न नसक्ने भएपछि विवेकलाई दिनभर घरभित्रै थुनेर कामको खोजीमा निस्कन्छन श्यामलाल । “काम नखोजे के खाएर बाँच्ने, त्यसैले दिनभरि घरको कोठामा थुनेर काममा जान्छु”, श्यामलालले भने, “कहिलेकाहीँ त बिहान निस्केको एकैचोटि बेलुका फर्कनुपर्छ, त्यस्तो बेला दिसापिसाबले घेरिएर बसेको हुन्छ ।” घरमा खानेवस्तु नभएकाले दिनभरि भोकभोकै बस्छन् उनको परिवार । काम गरेको पैसाले साँझ बिहान छाक टार्न धौधौ हुन्छ श्यामलाललाई ।

 सरकारले पाँच वर्षमुनिका दलित बालबालिकालाई मासिक रु २०० का दरले पोषणभत्ता दिने गर्दछ । श्यामलालका दुई छोराले सो भत्ता पाउँदै आएका छन । दलित बालबालिकाको पोषण सुधारका लागि दिएको उक्त भत्तासमेत श्यामलालले घरमा जडान गरेको विद्युत्को बिल तिर्नमा खर्च गर्छन् । “विद्युत् समयमा नतिरे लाइन काट्ने भएकाले छोराहरुले पाउने भत्ता बचाइराखेर तिर्दै आएको छु”, श्यामलालले भने । छोराहरुले पाउँदै आएको भत्ता उनीहरुको पोषण सुधारको लागि हो भन्ने जानकारी पनि छैन श्यामलाललाई । पानीको धारा जडान गर्ने पैसा नहँुदा श्यामलाल छिमेकीमा पुगेर एक गाग्री पानी भर्छन । त्यही पानीले दिनभर पु¥याउनुपर्छ उनलाई । “शौचालय जाने पानी हँुदैन, कपडा धुनका लागि एक घण्टा टाढाको खोलामा जान्छु”, श्यामलालले भने ।

 जेठो छोरालाई यसै वर्षदेखि विद्यालय पठाएका छन् । “पाँच वर्ष पुगेर पनि स्कूल नपठाएको भनेर घरमै गुनासो गर्न आएपछि बालमन्दिरमा भर्ना गरेको छु”, श्यामलालले भने, “विद्यालयमा ऊ दिनभर भोकभोकै बस्छ । के नास्ता दिने र ? घरमा नास्ता बनाउने अन्न नै छैन ।”

 शुरुमा दुवै छोरालाई कुपोषण भएपछि विभिन्न संस्थाको सहयोगमा दाङमा रहेको पोषण सुधारगृहमा पनि राखे उनले । पोषण सुधारगृहमा बसेको केही समयपछि छोराहरु लिएर घर फर्किए श्यामलाल । जेठो छोरालाई त ठिक भयो । कान्छो छोराको भने कुपोषणमा सुधार हुन सकेन ।

 शिक्षा र स्वास्थ्यलाई मौलिक हक भनिए पनि श्यामलालको परिवार यस्ता कुराबाट वञ्चित हुँदै आएको छ । अत्यधिक गरीबीका कारण उनले कुपोषित छोराको उपचार गराउन सकेका छैनन् भने विद्यालय पठाउनसमेत धौधौ परिरहेको छ । स्वच्छ खानेपानी र सरसफाइको बहस भइरहँदा उनले आधारभूत तहको खानेपानीसमेत उपभोग गर्न पाएका छैनन् । देशमा ठूलो राजनीतिक परिवर्तन भएको भनिए पनि श्यामलाललाई भने त्यसले पटक्कै छुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे