६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा सम्पर्क केन्द्र सञ्चालनमा, २४ सै घण्टा सेवा लिन सकिने

११ असार २०७६, बुधबार १६:४८

असार ११, काठमाडौँ । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले चौबीसै घण्टा खुला रहनेगरी सम्पर्क केन्द्र सञ्चालनमा ल्याएको छ । जीवन बीमाको बारेमा जनचेतना अभिबृद्धि गर्न सञ्चालित केन्द्रको बुधबार बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाई र कम्पनीका अध्यक्ष ताराचन्द केडियाले उद्घाटन गरे ।


सम्पर्क केन्द्रबाट आम नागरिकले जीवन बीमा कम्पनीको बीमा पोलिसीहरुको बारेमा परामर्श लिन सक्ने रिलायन्स लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताए । सातै दिन २४ सै घण्टा केन्द्रबाट ग्राहक र रिलायन्स साथी(अभिकर्ता)ले सल्लाह, सुझाव र गुनासो कम्पनीको आधिकारिक फेसबुक, ट्वीटर, वेबसाइट, इमेल वा मोबाइल एप र ०१-४७८७२२४ मा फोन गरी  प्रेषित वा प्राप्त गर्न सक्ने व्यवस्था गरिएको पराजुलीले बताए ।


नेपालको जीवन बीमा इतिहासमा कम्पनीले पहिलो पटक २४ सै घण्टा खुल्नेगरी सम्पर्क केन्द्र सञ्चालनमा ल्याएको छ, पराजुलीले भने 'यो शुरुवात मात्र हो, आगामी दिनमा सेवालाई निरन्तरता दिंदै बीमाको क्षेत्रमा अग्रणी भएर सेवा प्रदान गर्दछौं ।' सम्पर्क केन्द्रमा दक्ष र अनुभवी कर्मचारीको व्यवस्था गरिएकोले कुनै पनि व्यक्तिले आंफुले चाहेको बेलामा विभिन्न माध्यमबाट सम्पर्क गरि बीमाको विभिन्न पक्षको बारेमा जानकारी लिन सक्ने उनले बताए । 

सम्पर्क केन्द्र संचालन गरेकोमा बधाई दिंदै बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले नीति निर्माणका विषयमा कुनै जिज्ञासा तथा गुनासा केन्द्रमा आएमा बीमा समितिमा पठाइदिन अनुरोध गरे । पछिल्लो समय बीमा प्रति आकर्षण बढेको भन्दै उनले यो आर्थिक वर्षमा बीमामा पहुँच २० प्रतिशत पुग्ने बताए। एकै व्यक्तिले २/३ वटा पोलिसी लिन सक्छ, फागुनसम्म ६३ लाख पोलिसी बिक्रि भएको छ उनले भने 'हामी यतिमै सन्तुष्ट छैनौं, नेपालीहरुको आय र बचतलाई हेर्दा निकट भविष्यमै बीमाको पहुँच अहिलेको अवस्थमा डब्बलमा जान सक्नेछ, त्यस्तो अवस्थासम्म बीमा कम्पनीकै रुपमा र त्यसपछि लगानी कम्पनीमा रुपान्तरण गर्ने गरि काम गर्नुपर्छ।'  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या