2026-07-10 08:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वास्थ्यकर्मीको सामान्य भुलचुकका कारण बिरामीको मृत्यु हुने गरेको

2019-06-28

असार १३, काठमाडौँ | स्वास्थ्यकर्मीको हेलचेक्र्याइँ तथा सामान्य भुलचुकका कारण बिरामीको मृत्यु हुने सङ्ख्यामा वृद्धि भइराखेकोमा स्वयं चिकित्सकले चिन्ता व्यक्त गर्नुभएको छ ।  

बिरामीको उपचारका क्रममा स्वास्थ्यकर्मीको भुलचुक तथा स्वास्थ्य संस्थाका कारणले नेपालमा कति बिरामीले अकालमा ज्यान गुमाउँदछन् भन्ने हालसम्म कुनै निकायले अध्ययन अनुसन्धान गरेका छैनन् । विश्व स्वास्थ्य सङ्गठनले स्वास्थ्यकर्मी र स्वास्थ्य सेवाका नकारात्मक कारणले अस्पतालमा भर्ना हुने दशमध्ये एकजनामा नकारात्मक असर पर्ने गरेको र मृत्युसम्म पु¥याएको जनाएको छ । यसैगरी दक्षिण एशियाली मुलुकहरुमा मृत्यु हुनेमध्ये २७ प्रतिशत स्वयं स्वास्थ्यकर्मीको भुलचुकले हुने गरेको जनाइएको छ । 

अस्पतालमा भर्ना भएका बिरामीको अस्पतालकै कारण सङ्क्रमण देखिने, गलत शल्यक्रिया हुनु, गलत औषधि प्रयोगको निर्देश गर्नु, औषधिको मात्रा बढी हुनु तथा अस्पतालभित्रै चोटपटक लाग्ने गरेको पाइएको सङ्गठनको भनाइ छ । 

बिरामी सुरक्षाको सुदृढ ढाँचाको विकास कसरी गर्ने भन्ने ध्येयले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, विश्वस्वास्थ्य सङ्गठन र निजी क्षेत्रको अस्पताल नेपाल मेडिसिटीद्वारा संयुक्तरुपमा आज यहाँ सोसम्बन्धी दुईदिने गोेष्ठीको आयोजना गरियो । 

स्वास्थ्य सेवा लिन स्वास्थ्य संस्थामा आउने बिरामीलाई प्रभाव पार्ने तत्वका पहिचान गरी सुरक्षा प्रदान गर्ने विषयमा विश्व स्वास्थ्य सङ्गठन, अमेरिका, बेलायत तथा सार्क क्षेत्रका चिकित्सकले छुट्टाछुट्टै कार्यपत्र गोष्ठीमा प्रस्तुत गर्नेछन् । 

गोष्ठीको पहिलो सत्रमा शुक्रराज ट्रपिकल अस्पतालका निर्देशक डा वासुदेव पाण्डेले उपचार लिन आएका बिरामीको सुरक्षित उपचार गर्नु अस्पताल र स्वास्थ्यकर्मीको प्रमुख दायित्वलाई नेपाल सरकारले गम्भीरतापूर्वक लिएको र कार्यान्वयनसमेत गरेको जानकारी दिनुभयो । “स्वास्थ्यकर्मीको समूहगत कार्य तथा औषधि, उपकरण, प्रयोगशालाको समन्वयले मात्र बिरामीको सुरक्षा हुन्छ । कहिलेकाहीँ यी कुराभन्दा बाहिर जाँदा बिरामी असुरक्षित हुन्छन् । पछिल्लो समय नेपालका तराई मधेशमा डेङ्गु नियन्त्रणमा चुनौती थपिएको छ । यस्तो अवस्थामा स्वास्थ्य निकाय संवेदनशील बन्नुपर्छ”,उहाँले भन्नुभयो । 

स्वास्थ्य सेवा विभागका डा अर्जुन सापकोटाले स्वास्थ्य सेवालाई सुरक्षित बनाउन विभागले स्वास्थ्यकर्मी, औषधि, उपकरण तथा जनचेतनामा विशेष ध्यान दिएको उल्लेख गर्दै स्वास्थ्य संस्था र सेवाका कारण बिरामीको मृत्यु हुन नदिन समन्वयकारी कामको खाँचो औँल्याउनुभयो । अमेरिकाका डा पाउल किलगोरले अस्पताल र बिरामीलाई सुरक्षा प्रदान गर्न सामूहिक कार्यमा जोड दिनुपर्छ भन्नुभयो । 

भारतका डा गिरीधर ज्ञानीले स्वास्थ्यकर्मीको हेलचेक्र्याइँ तथा सामान्य भुलचुकले बिरामीको मृत्यु रोक्नु चिकित्सा क्षेत्रका लागि चुनौतीको विषय रहेको औँल्याउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो