२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

निजगढ विमानस्थलको काम अन्योल हुँदा सांसद आक्रोशित

२०७६, १३ असार शुक्रबार ११:४५

असार १३, काठमाडौँ | त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलको विकल्पमा २३ वर्षअघि यकिन गरिएको निजगढ विमानस्थल कुन ढाँचामा बनाउने भन्ने विषय अझै अन्योल रहेको सुनेपछि सांसदहरुले आक्रोश व्यक्त गर्नुभएको छ ।

राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयबाट आयोजनाबारे ब्रिफ्रिङ सुनेपछि सांसद जीवन बुढाले “त्यहाँ विमानस्थल बनाउनुपर्छ, गर्नुपर्छ भन्नेमा सबैको एकमत छ, बजेट छ, ठाँउ छ तर पनि काम किन अघि बढन सकेको छैन ?”,भनी प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो, “२३ वर्ष बितिसक्दा समेत आयोजनाको मोडालिटी किन बन्न सकेन, आयोजनालाई रोक्न जङ्गल, जनावर र पानीको हिसाब गरेर एक थरी बसेका छन्, छलफलमा २३ वर्ष बित्यो, अरुका भए यति खेर प्लेन चढी सक्थे, अरु मुलुकको वातावरणको कुरा जोडेर आयोजना रोक्ने काम भएको छ, यसलाई चिरेर अघि बढनुपर्छ ।”

समितिका सदस्य रामचन्द्र राईले हालसम्मको निर्माण प्रगतिलाई विश्लेषण गर्दा निजगढ विमानस्थको कुरा दन्ते कथा जस्तो देखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी आएको डेढ वर्ष भइसक्यो आयोजनाको प्रगति जहाँको त्यही छ, निर्माण गर्नुपर्छ भनेर भाका मात्र मिलाउने होइन, अब जाँगर र अठोटका साथ काम हुनुप¥यो ।”

सांसद रामप्रीत पासवानले भन्नुभयो, “समितिले दिएको निर्देशन कार्यान्वन खै ? अहिलेसम्म आयोजना निर्माणको मोडालिटीको निर्णय नहुनुमा कसको दोष छ ?”सांसद खीमलाल भट्टराईले राजनीतिक रुपमा एउटै मन भएको नेपालको ड्रिम प्रोजेक्टलाई अब द्रूतगति प्रदान गर्न यस विषयमा फैलाइएको अफवाहलाई चिरेर अघि बढनुपर्ने बताउनुभयो ।

सांसद सुरेन्द्र पाण्डेले भन्नुभयो, “डेढ वर्षअघि बैठकमा आयोजनाको जे प्रगति प्रतिवेदन दिइएको थियो, अहिलेसम्म आइपुग्दा जहाँको त्यहीँ छ, प्रगति शून्य छ, कुन मोडलमा अघि बढने भन्ने गन्तव्य अझै सुनिश्चित छैन, डीपीआर, मोडालीटी र रुख कटाउने विषयमा कुनै प्रगति भएको छैन ।”

पूर्वसचिव वीरेन्द्रबहादुर देउजाले सन् १९९७ मा त्रिभुनव विमानस्थलको विकल्पका रुपमा अघि बढाउनुपर्छ भनेर यकिन भएको आयोजनालाई अघि बढाउन सरकारले छिटोभन्दा छिटो मोडालिटीबारे निर्णयमा पुग्न आवश्यक रहेको बताउनुभयो । भैरहवा र पोखरा विमानस्थल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको विकल्प हुनै नसक्ने जिकिर गर्दै उहाँले भन्नुभयो, “टाइम इज मनी, यो आयोजना र काठमाडौँ तराई मधेश जोड्ने द्रुतमार्ग निर्माण नभएसम्म मुलुक नयाँ युगमा प्रवेश गर्नै सक्दैन ।”

नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले आयोजनाका लागि आवश्यक १११ विघामध्ये ६५ विघा जग्गा अधिग्रहण तथा वातावरणीय प्रभाव मूल्याङ्कन भइसकेको हुँदा अब रुख कटान गर्न समितिबाट निर्देशन आवश्यक रहेको बताउनुभयो । उक्त आयोजनाका लागि १० लाख रुख काट्नुपर्ने र सोबापत करोड ५० लाखको सङ्ख्यामा वृक्षरोपण गर्न स्थान अभाव हुने कुरासमेत चर्चामा रहँदै आएको छ ।

आयोजना प्रमुख ओम शर्माले विमानस्थलभित्र पर्ने टाँगिया बस्तीलाई स्थानान्तरणका लागि नजिकमा रहेको जतारा जडिबुटी क्षेत्र उपयुक्त भएको हुँदा त्यहाँका लागि निर्देशन होस् भन्दै प्रदेश नम्बर नं २ का विभिन्न क्षेत्रमा सोध भर्नाबापत वृक्षरोपण गर्न सकिने खाका प्रस्तुत गर्नुभयो ।

बैठकमा सरकारले आफनै खर्चमा आयोजनालाई पहिलो चरणमा अघि बढाउन विभिन्न महानुभावले सुझाव दिँदै उहाँले, भन्नुभयो, “सरकार आफैँ कन्फुजमा छ, कुन मोडलमा निर्माण गर्ने भन्ने आजको आवश्यकता हो, त्यो निर्णय आओस्, तर सरकार आफैँले बनाउँदा उचित हुन्छ ।”

सो अवसरमा केही समयअघि सम्पन्न लगानी सम्मेलनका क्रममा केही लगानीकर्ताले उक्त आयोजनाका लागि चासो व्यक्त गरेको हुँदा एक वर्षसम्म आयोजना कसरी अघि बढाउने भन्ने सन्दर्भमा निर्णय लिन नसकिने पनि जानाकारी गराइयो । सभापति दिलकुमारी रावलले आयोजना कुन ढाँचा सञ्चालन गर्ने हो त्यसबारे छिटो निर्णयमा पुग्न सरकारलाई निर्देशन दिने बैठकबाट निर्णय भएको जानकारी दिनुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले आयोजना कुन मोडलमा सञ्चालन गर्ने भन्नेबारेमा छलफल भइसकेको जानकारी दिनुभयो । विसं २०७३ मा तयार गरिएको आयोजना प्रतिवेदनले उक्त आयोजनाको लागन रु एक खर्ब २० अर्ब लाग्ने प्रारम्भिक अनुमान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा