२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यसरी बर्षेनी अरवौं रकम बिदेशिदै, कहिले रोकिन्छ विदेश पढ्न जानेको लहड ? (भिडियो सहित)

२०७६, १५ असार आईतवार ०३:०९

असार १५, काठमाडौँ | एसइई नजिता सार्वजनिक भएको भोलीपल्टै काठमाडौँमा भारतीय कलेज तथा विश्वविद्यालयहरुले नेपाली बिद्यार्थीलाई भारतमा पढ्न लैजाने उध्यस्यले एजुकेसन फेयर संचालन गरे । याक एण्ड एती होटल र अन्नपूर्ण होटलमा गरिएको उक्त कार्यक्रमबाट हजारौं बिद्यार्थीहरुले भारत पढ्न जाने लक्ष्य तय गरिसकेका छन् । यो काम यसपटक मात्र होइन् विगतकै निरन्तरता हो । यसरी बर्षेनी हजारौं नेपाली युवाहरु भारत लगायत बिभिन्न देशमा पढ्न जान थालेपछि देशका अभिभावकले बर्षेनी अरवौं रकम बिदेशमा खर्चनु परेको परिवेश छ । 

नेपाली विद्यार्थीहरु उच्च शिक्षा अध्ययनका लागि विभिन्न मुलुक जाने क्रम वर्षेनी बढेसँगै नेपालबाट विदेश जाने रकम पनि बढ्दै गएको अधिकारीहरूले बताएका छन् । शैक्षिक परामर्शदाता संस्थाहरूको अनुमानमा उच्च शिक्षाका लागि विदेश जाने नेपालीहरूले वर्षेनी १ खर्ब भन्दा बढीको हाराहारीमा रकम खर्च गरेको देखिन्छ । यदी विदेश पढ्न जाने सोच बनाएकाहरुको कुरालाई लिने हो भने नेपालका विश्वविद्यालय र कलेजहरूले गुणस्तरीय शिक्षा सुनिश्चित नगरेसम्म विद्यार्थी विदेश जाने प्रवृत्ति नरोकिने निश्चित छ । २०१८ मा मात्र विदेशमा पढ्न जानका लागि ५६ हजार विद्यार्थीले सरकारी स्वीकृति अर्थात 'नो अब्जेक्सन सर्टिफिकेट' लिएको शिक्षा मन्त्रालयको तथ्यांक छ । मन्त्रालयको तथ्यांक हेर्ने हो भने बर्षेनी पढ्नकै लागि विदेशिनेको शंख्या आक्रामक रुपमा बढ्दो छ । विदेशमा गएर उच्च शिक्षा लिने नेपाली विद्यार्थीको मोह ह्वात्तै वढ्दै जानुको कारण नेपाल सरकारले बुझेर त्यसै अनुसार नीति नबनाउदासम्म विदेश पढ्न जाने मोह नघट्ने निश्चित छ । 

सार्वजनिक कलेज र विश्वविद्यालय सुधार नगर्दासम्म, गुणस्तरीय पढाइ सुनिश्चित नहुँदासम्म र शिक्षामा राजनीतिक हस्तक्षेप बन्द नगर्दासम्म यो समस्या कायमै रहने अधिकारीहरुको धारणा छ । 

बिभिन्न स्किम देखेर नेपाली बिद्यार्थी विदेश पढ्न जाने, अभिभावकहरुले पनि देखासिकी गरेर विदेश पढ्दा इज्जत बढ्ने सोचेर बिदेशमा पढ्न पठाउने गरेका छन् ।  

यदी भारत पढ्न जाने नेपाली बिद्यार्थीको कुरा गर्ने हो भने भारतमा पढ्न जानेको शंख्या पनि उत्तिकै बढ्दो छ । भारत अध्ययनमा तानेर करोडौंको कमिसन लिन पल्किएका बिभिन्न कन्सलटेन्सीहरुले बर्षेनी नेपाली बिद्यार्थीहरुलाई बिभिन्न प्रलोभनमा पारेर भारत पढ्न पठाउने गरेका छन् । यसरी भारतमा पढ्न जानेहरु मध्ये केहिले सोचेर/बुझेर भारत पढ्न पठाउने गरेको भए पनि कतिपयले साथिभाईको लहड र अरुको देखासिकी गरेर भारतमा पढ्न पठाउने गरेका छन् । 

गत बर्ष त्रिभुवन विश्वविद्यालयको अभिलेखअनुसार विभिन्न सङ्कायमा मात्र झन्डै ६ हजार विद्यार्थीले भारतमा गई स्नातक तहको अध्ययन गरेको देखिन्छ । यसरी अध्ययन गर्ने हरुले भारतको औशत शुल्कलाई आधार मान्ने हो भने भारतमा पढ्नकै लाग्गी नेपालीले बर्षेनी १५ देखि २० अर्वको हाराहारीमा खर्च गरेको अनुमान छ । यही रकमले आफ्नै देशमा शैक्षिक संस्थाहरु खोलेर अन्तराष्ट्रिय स्तरको शिक्षा दिन सकिन्न ? गम्भीर प्रश्न उठेको छ । 

देशबाट बैदेशिक रोजगारीमा कमाउन जानेले झन्डै ३० प्रतिशत देश चलाउने रेमिट्यान्स प्रदान गर्दै गर्दा देशलाई केहि राहत मिलेको भएपनि पढ्नकै लागि विदेश जानेले एकोहोरो अव्र्वौँ गुमाउनु परेको परिवेश छ | यदी स्वदेशमै गुणस्तरीय शिक्षाको विश्वास दिलाएर विदेश पढ्न जानेहरुलाई नेपालमै रोक्न सक्ने वातावरण बनाउने हो भने बर्षेनी विदेशको लागि गरिने खर्वौँको खर्च नेपालमै रोक्न सकिन्छ र  आफू विदेश जाने नभई विदेशका बिद्यार्थीलाई नेपालमा पढ्न आउने स्थिति खडा गर्न सकिन्छ कि ! जिम्मेवार निकायहरुलाई हाम्रो गम्भीर ध्यानाकर्षण !! 

भिडियोमा हेर्नुहोस् 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण