2026-10-22 06:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि ‘स्विप अप्रेशन’ शुरु

असार १५, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि ‘स्विप अप्रेशन’ शुरु भएको छ । निकुञ्जको अमलटारी क्षेत्रको खोरिया मुहान र गैँडा खासा क्षेत्रबाट अप्रेशन शुरु गरिएको हो । 

निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार निकुञ्जलाई १० भागमा विभाजन गरेर स्विप थालिएको हो । आज अप्रेशनमा सात हात्ती परिचालन गरिएको छ । निकुञ्जका कर्मचारी, नेपाली सेना र माउतेहरु गरी २५ जनाको टोली उक्त कार्यमा जुटेको उहाँले जानकारी दिनुभयो । सम्बन्धित क्षेत्रमा रहेका पोष्टका सुरक्षाकर्मी र कर्मचारी अप्रेशनमा जुटेका छन् । झण्डै १० दिनसम्म यो कार्य जारी रहनेछ । शुरुआत अमलटारी क्षेत्रबाट भए पनि एक–दुई दिनमा दशै ठाउँमा काम शुरु हुने घिमिरेले बताउनुभयो । सो क्रममा चुरे क्षेत्रमा राति बसेर गस्ती गर्ने तयारी गरिएको छ ।

बर्सातको समय चोरी–शिकारका दृष्टिले संवेदनशील मानिन्छ । बर्सातसँंगै घाँस उम्रिएर झाडी बन्ने, बाढीले गस्ती गर्न कठिन हुने, सडक र पुल भत्कने, मानिसलाई हात्तीसम्म पुग्नसमेत कठिन हुन्छ । सोही कारण बर्सातअघि पूरै क्षेत्र भ्याउने गरी स्विप गर्न लागिएको हो । निकुञ्जको विगतको तथ्याङ्कलाई हेर्दा यो समयमा धेरै चोरी–शिकार भएको देखिन्छ । यसैलाई मध्यनजर गर्दै निकुञ्जले चोरी–शिकार नियन्त्रणका लागि नयाँ रणनीति निर्माण गरी स्विप कार्यलाई अघि बढाएको हो । निकुञ्जमा ५३ स्थायी पोष्ट छन् । 

निकुञ्जमा पैदल, साइकल, हात्ती, डुङ्गा, कुकुर र गाडीबाट गस्ती गरिँदै आएको छ । यो निकुञ्ज दुर्लभ वन्यजन्तु एकसिँगे गैँडा र पाटेबाघका लागि प्रख्यात छ । गस्ती बढेसँगै दुई वर्षयता शिकारीले गैँडा मार्न पाएका छैनन् । शसस्त्र द्वन्द्वका समयमा एकै वर्षमा ३६ वटासम्म गैँडा तस्करले मारेका थिए ।  

 चितवनमा दुई प्रतिशत मात्र रोपाइँ

वर्षा नहुँदा मध्य असारसम्म पनि जिल्लामा थोरै जग्गामा धान रोपाइँ भएको छ । देशभर किसानले दही चिउरा खाएर रमाइलो गर्दा यहाँका किसान धान रोपाइँ गर्न आकाशतिर हेरेर पानीको पर्खाइमा छन् । 

कृषि ज्ञान केन्द्र भरतपुरका बाली विकास अधिकृत माधव पौडेलका अनुसार शुक्रबारसम्म दुई दशमलव पाँच प्रतिशत मात्र धान रोपाइँ भएको छ । मनसुन सक्रिय नभएका कारण किसानले धान रोप्न नपाएको उहाँले बताउनुभयो । गत वर्ष यतिबेला १५ प्रतिशत धान रोपाइँ भएको थियो । बीउ डढ्दा उत्पादन घट्ने कृषकलाई चिन्ता छ । जिल्लामा २८ हजार छ सय हेक्टरमा बर्खे तथा र पाँच सय हेक्टरमा चैते धान रोप्ने गरिएको पौडेल बताउनुहुन्छ । बर्खे धानको उत्पादकत्व तीन दशमलव चार मेट्रिक टन तथा चैते धानको उत्पादकत्व चार दशमलव दुई मेट्रिक टन रहेको छ ।  यसैबीच कृषि ज्ञान केन्द्र र भरतपुर महानगरपालिकाको सहयोगमा पश्चिम चितवनको दिव्यनगरमा १६औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको छ । बृहस्पति धानबाली पकेट सञ्चालक समितिले कार्यक्रमको आयोजाना गरेको हो । कार्यक्रममा सांसद कृष्णभक्त पोख्रेल, प्रदेशसभा सदस्य घनश्याम दाहाल, प्रजिअ जितेन्द्र बस्नेत र कृषि ज्ञान केन्द्रका प्रमुख सुधिर श्रेष्ठले एकीकृत खेती प्रणाली अपनाएर उत्पादकत्व बढाउनुपर्नेमा जोड दिनुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ