२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

‘पाँचौं चेम्बर एक्स्पो २०२०’ आगामी फागुन १३ देखि १७ गतेसम्म भृकुटीमण्डपमा हुने

२०७६, १९ असार बिहीबार ११:५२

असार १९, काठमाडौं । नेपाल चेम्बर अफ कमर्शको आयोजनमा आगामी फागुन १३ देखि १७ गतेसम्म भृकुटीमण्डपमा 'पाँचौं नेपाल चेम्बर एक्स्पो २०२०' हुने भएको छ ।

नेपाल भ्रमण वर्ष २०२० को समयमा आयोजना गरिएको एक्स्पोले भ्रमण वर्षलाई सफल बनाउन महत्वपूर्ण भुमिका खेल्ने नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष डा. राजेशकाजी श्रेष्ठले बताए । ″झण्डै आधा दर्जन युरोपेली मुलुकका व्यवसायी मेलामा सहभागि हुने विषयमा कुराकानी भैरहेको छ श्रेष्ठले पत्रकार सम्मेलनमा भने 'यसले हामीलाई व्यापार प्रवद्र्धन मात्र नभई पर्यटन प्रवद्र्धनमा पनि सघाउ पुग्ने विश्वास लिएका छौं ।'


उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालय एवं व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहकार्यमा आयोजना हुने मेलाले अन्तर्राष्ट्रिय मुलुकबाट प्रविधि तथा लगानी भित्र्याउँदे मुलुकको आर्थिक विकासमा टेवा पुग्ने विश्वास लिइएको छ । यान्त्रिक तथा उपकरणको बृहत प्रदर्शनीलाई समेट्ने मेलामा अन्तर्राष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा भईरहेका आर्थिक क्रियाकलाप, नविन प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामहरूलाई नजिकबाट नियाल्न नेपाली उद्योगी व्यवसायीहरूलाई सहयोग मिल्ने आयोजकको विश्वास छ ।

गुणस्तरीय सामान प्रयोग गर्न उपभोक्ता हित सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने दायित्वलाई प्रदर्शनीले प्राथमिकता दिने छ । निकासी अभिवृद्धि गर्ने उदेश्य लिई नेपाल चेम्बर अफ कमर्शले यस प्रदर्शनी मार्फत निकासीयोग्य वस्तुको प्रवद्र्घन गर्न सबै व्यापारिक समुदायलाई प्रोत्साहन गर्ने तथा त्यसका लागि आवश्यक पहल कदमी समेत लिने उदेश्य राखेको छ ।

विगत वर्षका मेलामा जस्तै यो मेलामा पनि विभिन्न मुलुकहरुबाट उद्योगी व्यवसायी तथा तिनका छाता संगठनहरुले सहभागिता जनाउने छन् । यसले नेपालको उद्योग तथा व्यवसाय प्रवद्र्धनका साथै पर्यटन प्रवद्र्धनमा पनि टेवा पुग्ने विश्वास लिइएको छ। मेलाले नेपालको उद्योग तथा व्यवसाय प्रवद्र्धनका साथै पर्यटन प्रवद्र्धनमा पनि टेवा पुग्ने विश्वास लिइएको छ । 

″यान्त्रिक तथा उपकरणको बृहत प्रदर्शनीसँगै मेलामा अटोमोबाइल, विद्युतीय उपकरण, फ्लोरिङ तथा फर्निसिङ, होम अप्लाइन्सेज, फेसन वेयर एण्ड एकसेसरिज, मोबाइल तथा ग्याजेट लगायत विधाका उत्पादन तथा सेवाहरु आकर्षणका रुपमा रहने छन् । मेला को व्यवस्थापनमा पनि विशेष ध्यान दिइनेछ ।” मेलाको व्यवस्थापक इभेण्ट सोलुसनका प्रबन्ध निर्देशक विजय सागर प्रधानले भने।

मेलामा २५० भन्दा बढी प्रदर्शनी कक्षहरु रहनेछन् जस्मा ९० वटा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कम्पनीहरू तथा उद्योगी व्यवसायीहरूको सहभागिता रहने जनाइएको छ । नेपाल लगायत भारत, चिन, थाइल्याण्ड, पाकिस्तान, बङ्गलादेश, म्यानमार,कोरिया, जापान, फ्रान्स लगायत युरोपका मुलुकहरु तथा अन्य राष्ट्रहरु मा उत्पादित सामग्रीहरू एक्स्पोमा रहने छन् ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा