2026-07-09 01:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाबुराम भट्टराईसंग किरातीको आग्रह ‘इण्डो प्यासिफिक रणनीति खारेज गरियोस्’

असार २०, काठमाडौँ | हालै नेकपा (माओवादी केन्द्र) अध्यक्ष गोपाल किराती र समाजवादी पार्टी अध्यक्ष बाबुराम भट्टराईबीच भेटवार्ता गरी विभिन्न विषयमा छलफल भएको समाचार छ । 

नेकपा (माओवादी केन्द्र) को तर्फबाट भट्टराईसंग माओवादी आन्दोलनमा फर्कन आग्रह गर्दै नेपाललाई अर्को अफगानिस्तान बनाउने ईण्डो प्यासिफिक रणनीति नामको साम्राज्यवादी युद्धमोर्चालाई जसरी हुन्छ खारेजीका लागि पहल गर्न आग्रह गरेको समाचार छ ।

जनयुद्धकालमा माओवादी विरुद्ध प्रयोग भएको रेञ्जर बटालियनलाई बिग्रेडस्तरमा बढाउदै डिभिजनसम्म पुर्यउने षडयन्त्र स्वरुप मुस्ताङमा भईरहेको नेपाली सेना र अमेरिकी सेनाको संयुक्त अभ्यास इण्डो प्यासिफिक रणनीतिकै अंग भएको, त्यसले गणतन्त्र नेपाललाई साम्राज्यवादी युद्ध मैदानको दुश्चक्रमा फसाउने र खड्ग ओली सरकारद्वारा अघि सारेको आणविक भट्टी संचालन सम्बन्धी बिधयेक त्यही रणनीतिकै अन्तर्गत नेपालको स्वाधीनता र सार्वभौमसत्ता मात्र होईन नेपाली मानव समाजलाई सखाप पार्ने हर्कत भएकाले उक्त रणनीति खारेजीको पहल बढाउन आग्रह गरेको बुझिएको छ । 

माओवादी केन्द्रको तर्फबाट विप्लव नेकपा विरुद्धको प्रतिवन्ध खारेज गरी बार्ताको माध्यमबाट राजनीतिक समधान खोजी विध्यमान गणतन्त्रलाई जनताको गणतन्त्रमा बदल्न विशेष आग्रह गरिएको छ । साथै, प्रचण्ड समेतलाई एमालेको चंगुलबाट मुक्त गरी पूर्व माओवादीहरु, देशभक्त पहिचान पक्षधरहरु तथा प्रगतिशील शक्तिहरु जुटेर माओवादी आन्दोलनको उपलब्धिको रक्षा र विकास गर्न बाबुरामसंग आग्रह गरेको बुझिएको छ । 

जवाफमा डा. भट्टराईले नेकपा (माओवादी केन्द्र) को आग्रहलाई सकरात्मक भन्दै प्रचण्डहरु एमाले–सर्पको मुखमा भ्यागुता छट्पटाईरहेको अवस्थामा पुगेका छन भन्दै इण्डो प्यासिफिक रणनीतिले नेपाललाई अफगानिस्तान भन्दा पनि खराव हालतमा पुर्याउने बताउदै २०५२ साल पछिका प्रगतिशील शक्तिहरुको एकताबाट बाह्य र आन्तरिक प्रतिगमन विरुद्ध लड्न सकिने परिस्थिति निर्माण गर्नुपर्ने प्रतिवद्धता जनाएको समाचार छ । 

पार्टी पुनर्गठन र आठौं महाधिवेशन सम्पन्न गरेसंगै नेकपा (माओवादी केन्द्र) ले राष्ट्रियता, जनवाद र जनजिविकाको सवालमा विभिन्न शिर्ष नेताहरुसंग भेटघाट तथा छलफल अघि बढाएको छ । स्रोतका अनुशार प्रचण्डबाट शुरु गरेको भेटवार्ता बाबुराम भट्टराई हुदै लगातार अन्य शिर्ष नेताहरुलाई भेट्ने कार्यसूची रहेको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो