2026-07-10 12:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निजामती सेवामा बढुवाका लागि दुर्गममा दुई वर्ष सेवा अनिवार्य गर्न सुझाव

2019-07-05

असार २०, काठमाडौँ | सांसदले स्थायी सरकारको रूपमा रहने निजामती प्रशासन सञ्चालनमा अन्तरविरोध हुने कानून मस्यौदा नगर्न सरकारको ध्यानाकर्षण गराइएको छ । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र  सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि भइरहेको छलफलमा  सांसदहरूले एउटा सिद्धान्तमा टेकौँ, कसैलाई काखा र कसैलाई पाखा हुने गरी कानून मस्यौदा नगरौँ भन्नुभयोे ।

 निजामती सेवाका जुनसुकै कर्मचारीलाई माथिल्लो तहमा बढुवाका लागि कम्तीमा दुई वर्ष दुर्गम क्षेत्रमा काम गर्ने ऐनमै व्यवस्था गर्न पनि उहाँहरूको सुझाव थियो । सरकारले  बढुवाका लागि एक वर्ष दुर्गम क्षेत्रमा काम गर्न आवश्यक रहेको भनी ल्याएको प्रस्तावमा सांसदहरूले यसमा एक, होइन दुई वर्ष नै  दुर्गम क्षेत्रमा गएर काम गरेको रुजु हाजिर  पेश गर्नुपर्ने व्यवस्था कानूनमै हुनुपर्ने सुझाव दिनुभयो ।

 नयाँ भर्ना वा पदोन्नतिमा समेत समावेशी र समानुपातिक सिद्धान्तलाई आत्मसात गर्ने ढङ्गले कानून निर्माण गर्न आवश्यक छ भन्दै उहाँहरुले नयाँ ऐन बनेपछि राजपत्रअनङ्कितबाट अधिकृत तहमा बढुवा हुन स्नातक तहको शैक्षिक योग्यता अनिवार्य हुने व्यवस्था गर्न पनि बैठकमा सुझाव दिनुभयो ।बैठकमा सांसद जनार्दन शर्मा, यशोदा सुवेदी, विजय सुब्बा, दिलेन्द्रप्रसाद बडू, नवराज सिलवाललगायतले निजामती सेवालाई चुस्त र जनमुखी बनाउन ऐनलाई युग सुहाउँदो बनाउन आवश्यक भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो