२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुसलधारे पानीमा माओवादीको सभा, भारतसामु सरकारले घुडा टेकेको भन्दै आक्रोश (भिडियो)

२०७६, २१ असार शनिबार १७:२८

असार २१, काठमाडौँ | भारतीय तरकारी र फलफुलको विषादी परीक्षण गर्ने आफ्नै निर्णय भारतको दवावमा सरकारले फिर्ता लिएको भन्दै नेकपा माओवादी केन्द्रले सनिबार काठमाडौँमा बिरोध सभा आयोजना गरेको छ । काठमाडौँको शान्तिवाटिकामा आयोजित बिरोध सभामा माओवादी केन्द्रका अध्यक्ष गोपाल किरातीले ओली सरकारको बिभिन्न पक्ष खुलेर बिरोध गरे । 


भारी बर्षाको बाबजुत पनि विरोध सभा गरेको माओवादी केन्द्रका अध्यक्ष किरातीले सरकार भारतको इसारामा संचालित भएको भन्दै कम्युनिष्ट पार्टीको नाम बोकेर ओली प्रचण्डले कम्युनिष्ट सिद्धान्त विरुद्ध काम गरिरहेको आरोप लगाए । उनले पछिल्लो समय इन्डो प्यासिफिक रणनीतिको सरकारले समर्थन गरेको भन्दै किरातीले मुस्ताङमा अमेरिकी सेनाले तालिम दिइरहनुले नेपालको भविष्यमा ठूलो संकटमा फस्न सक्ने संकेत गरे ।


किरातीले पछिल्लो समय भारतले तरकारी तथा फलफुलको माध्यमबाट नेपाली जनतालाई बिषादी खुवाईरहेको भन्दै सरकारले जेठ १० गते गरेको निर्णयको आफूले खुलेर समर्थन गरेको तर शुक्रबार भारतको दवावमा परेर सरकारले आफ्नै निर्णय फिर्ता लिएपछि बिरोध गर्नुपरेको बताए । उनले भने 'भारतीय तरकारी र फलफुल देशभक्त नेपालीले मात्र नभई आफ्नो जीवनको रक्षा चाहने, आफ्नो स्वास्थ्यलाई सुरक्षित राख्न चाहने, आफ्नो नानीबाबुलाई स्वस्थ राख्न चाहने प्रत्यक नेपालीले अस्वीकार गर्नु पर्छ' उनले अघि भने 'यतिबेला नेपालमाथि यो बिषादी खुवाउने नरेन्द्र मोदीको सरकारले जुन जबर्जस्ति गर्यो र ओली सरकारले घुडा टेकेको छ ।' 

भारी बर्षाका वावजुद नेकपा माओवादी केन्द्रले ५० मिनेटसम्म कार्यक्रम गर्यो । किरातीले विरोध भाषण गर्दैगर्दा उसका नेता तथा कार्यकर्ताहरु सडकमा रुझेरै भएपनि विरोधको समर्थन गरे । उक्त विरोध सभालाई किरातीले गरेको सम्वोधन भिडियोमा हेर्न सक्नुहुन्छ ।

भिडियो हेर्नुहोस् 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना