2026-07-09 10:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रयोगशालाको अभावका कारण नाकामा विषादी परीक्षण गर्न सकिएन : मन्त्री यादव

2019-07-08

असार २३, काठमाडौँ | उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले विदेशबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी प्रयोगको परीक्षण सीमा नाकामा गर्ने भनिएकामा क्षमता अभावका कारण केही समयका लागि पूर्ववत् अवस्थामै रहने निर्णय भएको बताउनुभएको छ । 

राष्ट्रियसभामा विनियोजन विधेयक, २०७६ अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित उठेका प्रश्नको जवाफ दिँदै उहाँले केन्द्रीय खाद्य प्रविधि तथा गुणस्तर विभागमा मात्र परीक्षण गर्ने प्रभावकारी प्रयोगशाला रहेको र कृषि मन्त्रालयअन्तर्गत त्यससम्बन्धी प्रविधि कमजोर रहेका कारण पूर्ववत् अवस्थामा फर्कनुपरेको जानकारी दिनुभयो । 

मन्त्री यादवले सरकारले उद्योगको विकास गर्ने, उत्पादन बढाउने र आयात घटाउने नीति बनाएर काम गरिहेको बताउँदै “सरकारमाथि निजीकरण गरी उद्योग बेचेर खान थाल्यो भन्ने आरोप छ, त्यसो होइन, उद्योग खोल्न भनी सरकारले उपलब्ध गराएको जमीन दुरुपयोग हुन नदिनेतर्फ सचेत र चनाखो छ भन्नुभयो ।”

विदेशबाट कच्चा पदार्थ ल्याउँदा भन्सार छुट दिने वा नदिने भन्ने विषयमा दुई खाले सुझाव आए पनि सरकारले मुलुकको हितलाई ध्यानमा राखेर काम गर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो