पढ्न करिब 4 मिनेट लाग्छ

असार २३, दाङ | दाङका एक युवा छ दिनदेखि बेपत्ता छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं १९ हाडिमेका १६ वर्षीय राजेन्द्र चौधरी यही असार १८ गतेदेखि हराएकामा अझैसम्म सम्पर्कमा नआएको स्थानीयवासी चन्द्र पुनले बताउनुभयो ।

असार १८ गते साँझ चमाइ खोलाको वनकट्टी बाँधमा खेल्न गएका बेला त्यहाँ पालिएका हाँसलाई उनले जिस्क्याएका थिए ।

हाँस धनीले हप्काएपछि त्यसपछि त्यहाँबाट भागेका उनको कुनै पत्तो नलागेको उहाँको भनाइ थियो ।

भकारो सुधार बहुपयोगी बन्दै

बबई गाउँपालिका–४ का रामलाल वलीले दुई वटा भैँसी र गाईबाख्रा पाल्नुभएको छ । अघिल्लो वर्षमा उहाँले पालेको गाईभैँसीको मल त्यतिकै खुला ठाउँमा थुप्रो पारेर राख्नुहुन्थ्यो भने गहुँत (मूत्र) त्यसै बगेर, सुकेर जान्थ्यो ।

गाईभैँसीको गोबरलाई घामपानीबाट जोगाउँदा र निश्चित विधि अपनाएर कम्पोष्ट बनाउँदा त्यसले बिरुवालाई दिने लाभका बारेमा उहाँले पछि मात्रै बुझ्नुभयो । प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजनाअन्तर्गत तोरी जोन एकाइले पश्चिम दाङका तुलसीपुर उपमहानगरका केही वडा र दङ्गीशरण, शान्तीनगर, बबई गाउँपालिकामा भकारो सुधार अभियान सञ्चालन गरेपछि उहाँले यो कुरा बुझ्नुभएको हो ।

बबई– ४ कै धरम केसीले पनि आफूले बस्तुभाउ बाँध्ने भकारो अहिले सुधार गर्नुभएको छ । कच्ची भुइँमा गाईबस्तु राख्दा आफ्नै मलमूत्रमा बस्तुभाउ डुबेर बस्ने, उनीहरुको विभिन्न किसिमका रोग देखिने र गोठ पनि फोहर हुने भएपछि उहाँले पनि गोठलाई पक्की बनाउनुभएको छ । त्यसमा पनि गाईभैँसीको गोबरलाई ढाकछोप गर्ने र गहुँतलाई छुट्टै सुरक्षितरुपमा सङ्कलन गर्न थाल्नुभएको छ ।

हिँउदको समयमा काउली, गोभी, हरियासागपात, तोरी लगायतका बिरुवामा लाग्ने लाभ्रे किरा, सुलसुले, लाही जस्ता किरा बस्तुभाउको गहँुतबाटै भगाउने गरेको उहाँ सुनाउनुहुन्छ । जसका कारण गत वर्षदेखि उहाँको भकारोमा सुधार आएको छ भने गाईवस्तुको मलबाटै बहुफाइदा पनि लिन थाल्नुभएको छ । भकारोलाई व्यवस्थित गरे मात्रै पनि बिरुवाका लागि चाहिने आवश्यक मल बजारबाट किन्नै नपर्ने त्यहाँको किसानले अनुभव गर्न थालेका छन् ।

तोरी जोन कार्यक्रमसँग जोडिएको प्रगतीशिल महिला कृषि सहकारी संस्थाकी अध्यक्ष सरस्वती गौतम समूहलाई चालू आर्थिक वर्षमा चार वटा भकारो सुधारको कार्यक्रम गाउँमा गरेको बताउनुहुन्छ । कृषि ज्ञान केन्द्रले दिएको ५० प्रतिशत अनुदानमा पशुपालक किसानले सुधारिएको भकारो निर्माण गरेका हुन् । केहीले भने आफ्नै खर्चमा पनि गरेका छन् ।

भकारो सुधारका लागि गोबर फाल्ने ठाउँमा छानो लगाउनुपर्ने, बस्तुभाउलाई पनि छानो मुनि राख्नुपर्ने, मलमूत्रलाई जमीनमा खेर जान नदिन र बस्तुभाउलाई सजिलै बसाउनका लागि गोठलाई पक्की बनाउनुपर्ने भयो । पशुपालक किसानले बनाए । अहिले गाउँमा भकारोलाई व्यवस्थित गर्ने कृषक नमूना बन्दै गइरहेका छन् ।

कृषि ज्ञान केन्द्रका सूचना अधिकृत तीलकबहादुर केसीले तोरीमा लाग्ने किराफट्याङ्ग्रालाई निर्मूल पार्नका लागि बस्तुभाउको गहुँत निकै उपयोगी हुने बताउनुहुन्छ । उहाँका अनुसार तोरीमा लाग्ने ढुसी जस्ता समस्या हटाउनका लागि बस्तुभाउको गहुँत निकै उपयोगी प्राङ्गारिक घरेलु औषधि हो । पछिल्लो समय आफूहरुले किसानलाई भकारो सुधारका विषयमा पटकपटक तालीम, प्रशिक्षण गरेपछि उनीहरुले बुझ्न थालेको उहाँको भनाइ छ ।

कृषि ज्ञान केन्द्रले तुलसीपुर उपमहानगरपालिका वडा नं १ मा १० वटा, शान्तीनगरमा १७, दङ्गीशरणमा १३ र बबई गाउँपालिकामा १० वटा भकारो सुधारका लागि किसानलाई अनुदान दिइएको उहाँले बताउनुभयो । चालू आर्थिक वर्षमा मात्रै तोरी जोन एकाइ ५१ वटा पशुपालक कृषकलाई भकारो सुधारका लागि अनुदान दिएको छ ।

बजारमा पाइने रासायनिक मलभन्दा बस्तुभाउको मूत्रमा धेरै नाइट्रोजनको मात्रा हुने गरेको हँुदा किसानलाई भकारो सुधारमा प्रेरित गरेको तोरी जोन एकाइका वरिष्ठ कृषि विकास अधिकृत इन्द्रबहादुर वली बताउनुहुन्छ । “बजारमा पाइने जैविक विषादी निकै महङ्गा हुन्छन् र माटोलाई फाइदा पनि गर्दैनन्”, उहाँले भन्नुभयो, “माटोको उर्वरा क्षमता बढाउनु, कीटनाशकको पनि काम गर्न गाईबस्तुको गहुँत नै उपयोग हुन्छ ।” साथै अर्गानिक उत्पादनमा लागेका किसानले आधुनिक भकारो सुधारबाट बनाइएका मलमूत्रबाट बनेको कम्पोस्ट मल, बोकासी मल र जैविक विषादी बनाएर प्रयोग गर्दा अति नै फाइदा हुने गरेको कृषि विज्ञको भनाइ छ ।

गाईबस्तुको मलमूत्रबाट बनेको जैविक मलले जमीनलाई शक्तिशाली बनाउन लागि जिवाणुयुक्त जैविक मलको अवश्यकता हुनेहँुदा यसले बिरुवालाई फाइदा पु¥याउने बताइन्छ । बिरूवा निकै बढ्दछन् साथै नाइट्रोजनको मात्रा बढ्दछ र बिरूवाको रोग प्रतिरक्षात्मक क्षमता बढेर जान्छ । उपयुक्त विधि अपनाएर घरमै बनाइएको गाईको मलमूत्रबाट बनेको प्राङ्गारिक मल रासायनिक मलभन्दा कडा हुन्छ । र रासायनिक विषादीभन्दा उत्तम हुन्छ ।