2026-07-09 10:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भेनेजुयली सरकार र प्रतिपक्षबीच पुनः वार्ता गर्ने सहमति

2019-07-08

असार २३, ऐजेन्सी | भेनेजुयलाको सरकार र प्रतिपक्षी दल विद्यमान् राजनीतिक सङ्कटलाई समाधान गर्ने लक्ष्यका साथ पुनः वार्ता गर्न सहमत भएका छन् ।

आइतबार भेनेजुयला सङ्कटबारे भएको छलफलमा उनीहरूबीच वार्ताको सहमति भएको हो । भेनेजुयलाका सूचना तथा सञ्चारमन्त्री जर्ज रोड्रिगेजले ट्वीटरमार्फत लेखेको सन्देशमा सरकारर प्रतिपक्षी दलले नर्वेको मध्यस्थतामा वार्ता गर्न सहमत भएको पुष्टि गर्नुभएको छ ।

“इतिहासले बोलिभरियन सरकारको स्मरणयोग्य अडानलाई वार्ताको शिलशिलामा पहिचान गर्नेछ,” रोड्रिगेजले सरकार र प्रतिपक्षको वार्ताका लागि भएको सहमतिबारे नर्वेको प्रेस विज्ञप्तिसमेत राखेर ट्वीट गर्नुभएको छ ।सञ्चारमन्त्री रोड्रिगेजले भन्नुभयो, “हामीलाई विश्वास छ राष्ट्रपति निकोलस मदुरोको शान्ति स्थापनार्थ प्रयास र राष्ट्रिय सहमतिले सफलता प्राप्त गर्नेछ ।” प्रतिपक्षी नेता हुवाँ गुआइदोले पनि एक प्रेस विज्ञप्ति जारी गरी प्रतिपक्षी दलले बार्बाडोसमा हुने वार्तामा सहभागिता जनाउने बताउनुभएको छ ।   “हाम्रो लक्ष्य देशमा व्याप्त राजनीतिक सङ्कटको निर्णायक समाधानमा सफलता पाउनु हो,” गुआइदोले ट्वीटमा उल्लेख गर्नुभएको छ ।

उहाँले थप भन्नुभएको छ, “प्रतिपक्षी समूहको लक्ष्य ‘हस्तक्षेपको अन्त्य, सङ्क्रमणकालीन सरकार र अन्तर्राष्ट्रिय पर्यवेक्षणमा स्वच्छ तथा स्वतन्त्र निर्वाचन’ हो र यसैमा आफ्नो अडान राखिने छ ।

 नर्वेले भनेको छ, “भेनेजुयला सङ्कटबारे हामी सम्बन्धित समूहका प्रतिनिधिसँग बार्बाडोसमा यही हप्ता भेट हुँदैछौँ । वार्ताले संवैधानिक समाधानका लागि सहमति निर्माण गर्नेछ ।” वार्ता निरन्तर र शीघ्र रहनेछ ।”

भेनेजुयलाका प्रतिपक्षी नेता गुआइदोले निर्वाचित राष्ट्रपति मदुरोको सरकारलाई अमान्य घोषणा गर्दै आफुलाई भेनेजुयलाको ‘अन्तरिम राष्ट्रपति’ घोषणा गरेपछि र अमेरिकाले गुआइदोलाई मान्यता दिने निर्णयसँगै चर्किएको दुई पक्षबीचको राजनीतिक गतिरोधले यस बर्षको शुरूदेखिनै निकै गम्भीर मोड लिएको थियो ।

दुई पक्षबीच वार्ताका लागि पहल गर्न सहमति निर्माणका लागि दुवै समूहतर्फका प्रतिनिधिबीच मे महिनाको मध्यतिर नर्वेको राजधानी ओस्लोमा प्रारम्भिक छलफल शुरूभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो