असार २४, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘विषादीयुक्त तरकारी’पठाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमार्फत प्रधानमन्त्रीलाई तरकारी पठाइएको नेविसंघका नेताले जानकारी दिएका छन् |
भारतबाट नेपालमा आयात हुने तरकारी र फलफूलको विषादी परीक्षण गर्ने निर्णयबाट सरकार पछि हटेर जनतालाई ‘विष’खुवाउन खोजेको भन्दै नेविसंघले चरणबद्ध आन्दोलन गर्दै आएको छ |