2026-07-09 09:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाढी–पहिरोभन्दा कम छैन आगलागी र चट्याङको जोखिम

2019-07-09

असार २४, काठमाडौँ | खेतमा काम गर्दागर्दै चट्याङ लागेर मानिसले ज्यान गुमाएका छन् । जङ्गल जाँदा होस् या गोठालो अथवा घर आँगनमै बस्दा होस् चट्याङले मानवीय क्षति पु¥याइरहेको छ । चट्याङ कै कारण आगलागी हुँदा नजानिँदो रुपमा ठूलो धनजनको क्षति भइरहेको छ । तथ्याङ्कले बाढी र पहिरोको हाराहारी मै आगलागी र चट्याङले क्षति पु¥याइरहेको देखाउँ छ । तर क्षति न्यूनीकरणका उपाय भने शून्य नै छ ।

नेपालको भूगोलअनुसार हिमाली र पहाडीक्षेत्रमा पहिरोको जोखिम तथा शहरी क्षेत्र डुबानको जोखिममा छ । तराई क्षेत्र डुबान, कटान र बाढीको जोखिममा पर्छ । त्यसैले वर्षा लागेपछि तीनै तहका सरकार पूर्वतयारी र प्रतिकार्य योजनामा जुट्छन् । विपद्का दृष्टिले बाढी र पहिरो जत्तिकै जोखिम भए पनि आगलागी र चट्याङ्का विषयमा ध्यान पुग्न सकेको छैन । चट्याङ आगलागीको समेत प्रमुख कारण भए पनि राज्यको नजरमा गौण विषय बन्न पुगेको छ । 

चट्याङ कै विषयमा विद्यावारिधि गर्नुभएका विज्ञ प्राडा श्रीराम शर्मा भन्नुहुन्छ, “जोखिमका दृष्टिले आगलागी र चट्याङ कम छैन, तर यसले ठाउँ पाएको छैन, राज्यको प्राथमिकतामा नपर्नुको एउटा कारण अध्ययन–अध्यापन नहुनु हो भने अर्काे मानवीय क्षति एकै ठाउँमा धेरै हुँदैन, जसले प्राथमिकता पाउँदैन ।” उहाँका अनुसार घर वा कुनै ठाउँमा आगलागी भयो भने प्रमुख कारण चट्याङ हुन्छ । सुख्खा समयमा हुने आगलागी वा जङ्गलमा हुने आगलागीको प्रमुख कारण चट्याङ नै हो । 

कतै चट्याङ परेको हुन्छ । त्यसको भोल्टेज बढेर तार कमजोर भएको घरमा विद्युत सर्ट भई आगलागी हुन्छ भन्ने कुराको जानकारी धेरैलाई छैन । अघिल्लो हप्ता दाङ, कपिलवस्तु क्षेत्रमा मात्रै चट्याङले छ जनाको ज्यान गएको उहाँले बताउनुभयो । तथ्याङ्कमा पनि बाढी र पहिरोको तुलनामा चट्याङ र आगलागीबाट हुने जोखिम कम छैन । यही २०७६ सालको वैशाखदेखि असारसम्मको तथ्याङ्कमा आगलागीका ७१९ घटनामा १३ जनाको मृत्यु भयो भने १४२ चट्याङको घटनाबाट ४२ जनाले ज्यान गुमाए । जसमा रु एक अर्ब ५१ करोड २५ लाखबढीको क्षति भयो । सोही अवधिमा बाढी, पहिरो, लेक लागेरलगायत विभिन्न कारणले ३९ जनाको मृत्यु भएको छ । जसबाट रु १० करोडको हाराहारिमा क्षति भएको तथ्याङ्क छ । 

विसं २०७५ को तथ्याङ्कमा समेत बाढी–पहिरोभन्दा आगलागी र चट्याङका घटनामा मानवीय क्षति बढी देखिन्छ । गएको एक वर्षमा आगलागीबाट ८९ जनाको मृत्यु र ३४३ जना घाइते भए । चट्याङबाट ६८ जनाको मृत्यु र ४०० जना घाइते भए  । चट्याङ र आगालगीबाट गत वर्ष १५७ जनाले ज्यान गुमाउँदा बाढी पहिरोबाट १०५ जनाले ज्यान गुमाएको गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख वेदनिधि खनालले बताउनुभयो । 

उहाँले भन्नुभयो, “आगलागी र चट्याङले जोखिम उच्च नै छ, न्यूनीकरणका लागि छुट्टै व्यवस्था खासै छैन, उही विपद्को समग्रका कार्यक्रम नै हुन् ।” उहाँले पछिल्लो समय घर बनाउँदा चट्याङ प्रतिरोधी बनाउन भनेर पहल थालिएको बताउनुभयो । यो पहल प्रभावकारी भने छैन । यी दुई घटनालाई केन्द्रित गरेर न्यूनीकरणका योजना छैनन् । जहाँ आगलागी हुन्छ, त्यहाँ निभाउन जाने, जहाँ चट्याङ पर्छ त्यसको क्षतिपूर्ति दिने बाहेक नेपालमा अरु काम भएको पाइँदैन । तर ठूलो जनशक्ति र अर्थ बाढी–पहिरोमा प्रयोग भएको छ । 

“चट्याङ विद्युतीय करेन्ट हो, यसलाई सजिलो बाटो दिनुपर्छ, सामान्यरुपमा कम्तीमा आठ एमएम रड छतको माथि ठड्याई त्यसलाई जमिनसम्म जोडेर राख्ने हो भने पनि घरलाई जोगाउन सकिन्छ ।” चट्याङसम्बन्धीका विज्ञ प्राडा शर्माले भन्नुभयो । प्राकृतिक प्रकोप भएकाले चट्याङ रोक्न सकिँदैन तर त्यसबाट बच्ने उपाए भने खोज्न सकिन्छ । बादल आपसमा ठोक्किएर त्यसका अणुहरु बीच घर्षण हुँदा विद्युत् उत्पन्न हुने अवस्था नै चट्याङ हो । रुख, टावर, अग्ला ठाउँहरुमा चट्याङ बढी पर्छ । घर निर्माण गर्दा शुरुमै अर्थिङ गराउँदा यसबाट जोगिन सकिन्छ । 

घर बाहिर भएमा होचो स्थानमा बस्ने, पानी, खोला, रुख, पोखरीमा नबस्ने, विद्युत् लाइन कम्प्युटर बन्द गर्ने गर्नुपर्छ । विज्ञहरुका अनुसार चट्याङ पर्दा खुला ठाउँमा टाउको र खुट्टा जोडेर गुडुल्को परेर बस्नु उत्तम हुन्छ । पानीमा काम गर्ने र पौडी खेल्न पनि हुँदैन । डा शर्माका अनुसार नेपालमा चट्याङबाट वर्षेनी ११० भन्दा बढीको ज्यान जान्छ । नेपालको सबैभन्दा बढी चट्याङ झापामा पर्ने र मानवीय क्षति भने मकवानपुरमा हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो