२०८३, ७ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

घोराहीमा अर्को व्यवस्थित तरकारी बजार

२०७६, २७ असार शुक्रबार ०५:०८

असार २७, घोराही । बजारका सडक छेउछाउमा तरकारीको अस्तव्यस्त व्यापार हुन थालेपछि त्यसलाई व्यवस्थित गर्न घोराहीमा फेरि अर्को तरकारी बजार बनेको छ । घोराहीको वडा नं १४ नयाँबजारमा विगत १५ वर्षदेखि तरकारी हाटबजार सञ्चालनमा छ । तर बजार, जनसङ्ख्या र उपभोक्ताको माग बढ्दै जादाँ एउटा मात्र तरकारी बजारले धान्न नसकेपछि अर्को तरकारी बजार बन्न थालेको हो ।बजारको चोक र गल्लीमा हुने तरकारी र फलफूलको व्यापारलाई व्यवस्थित पार्न अर्को तरकारी बजार निर्माण अन्तिम चरणमा पुगेको छ ।

घोराहीको घरेलु तथा साना शिल्पकला उद्योगको करीब एक बिघा सरकारी जग्गामा उक्त कृषि हाटबजार निर्माण भएको हो । सङ्घीय सरकारको तराई–मधेश समृद्धि कार्यक्रमअन्तर्गत आएको रु ५० लाख र घोराही उपमहानगरपालिकाको करीब रु आठ लाखमा कृषि हाटबजार बन्न लागेको हो । घोराही उपमहानगरपालिकाका इञ्जिनीयर रामधन श्रेष्ठका अनुसार उपमहानगरको आफ्नै जग्गा नभएको कारण अस्थायीरूपमा टिन, फलाम र केही कङ्क्रिटका टहरा बनाइएको छ ।

कृषि हाटबजार निर्माणको रेखदेख गरिरहनुभएका इञ्जिनीयर श्रेष्ठ अहिले खुला आकाशमुनि बसेर तरकारीको व्यापार गरिरहेकालाई व्यवस्थित गर्ने प्रयास मात्र गरेको बताउनुहुन्छ । “अहिले करीब रु ५८ लाख बजेट थियो । त्यसले सबै संरचना निर्माण गर्न पुगेन”, उहाँले भन्नुभयो, “आगामी वर्ष पनि बजेट आयो भने यसलाई थप व्यवस्थित गरिनेछ ।” उहाँका अनुसार तरकारी हाटबजारमा अझै धेरै निर्माण सामग्री बन्न बाँकी रहेको छ । पछिल्लो चरणमा तारबार, घामपानीबाट रोक्ने घर, सार्वजनिक शौचालय, कार्यालयलगायतका निर्माणको काम मात्र हुनलागेको छ ।

कृषि हाटबजार निर्माण समितिका अध्यक्ष केशव ढकाल निर्माणपछि यसको सम्पूर्ण जिम्मा उपमहानगरपालिका अन्तर्गत वडा नं १५ र टोल विकास संस्थाले लिने बताउनुहुन्छ । हाटबजारमा पश्चिमतर्फ २० र दक्षिणतर्फ १७ गरी ३७ तरकारीका स्टल निर्माण भएका छन । त्यसको प्रमाणित हुन र केही संरचना बनिरहेको हुँदा त्यहाँबाट तरकारीको व्यापार हुन केही समय लाग्ने उहाँले बताउनुभयो ।

 अहिले त्यहाँ खुला आकाशमा तरकारी बेचिरहेकाहरुले दैनिक रु ३० तिर्दै आइरहेका छन् भने ढकियामा रु दुई÷चार सयको तरकारी बेच्नेले पनि पैसा तिर्नुपरिरहेको छ । तरकारी बजारमा कर्मचारी राख्ने, सरसफाइ गर्नेलगायतका काम भने वडा नं १५ को अमृत टोल विकास संस्थाले गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ