२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

शेयर बजार : नेप्से पाँच अङ्कले बढ्यो

२०७६, ३० असार सोमबार ११:४५

असार ३०, काठमाडौँ | सामान्य अवस्थामा रहेको धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ५.०८ बिन्दुले बढेर एक हजार २५४.५६ बिन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १.७१ बिन्दुले बढेर २७०.२८ बिन्दुमा पुगेको छ । 

नेप्से परिसूचक बढे पनि अपेक्षाकृतरूपमा कारोवार रकममा भने वृद्धि भएन । कूल १७० कम्पनीको २९ लाख ७३ हजार ८४३ कित्ता शेयर रु ४३ करोड पाँच लाख २५ हजार ८४३ मूल्यमा खरीद–बिक्री भए । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज कारोवार भएका ११ उपसमूहकै शेयर उकालो लागेको छ । बैंकिङ २.७६, होटल २४.२५, विकास बैंक ३.७, जलविद्युत् १४.८३, वित्त २.९५, निर्जीवन बीमा १५.६५, उत्पादन ३२६.६९, अन्य ३.२६, लघुवित्त ४.७१, जीवन बीमा २०.५५ र सामूहिक लगानी कोष ०.१३ बिन्दुले बढेको छ । 

कारोवारका आधारमा आज नेपाल बैंक लिमिटेड शीर्ष स्थानमा रह्यो । सो बैंकको रु पाँच करोड २१ लाख ९१ हजार ९४५ बराबरको कारोवार भयो । यस्तै शिवम् सिमेन्ट रु तीन करोड ५९ लाख छ हजार ६२५, नेपाल लाइफ इन्सुरेन्स कम्पनी रु दुई करोड ५४ लाख २८ हजार ४१८, नबिल बैंक रु दुई करोड ४८ लाख ४४ हजार ८०३, नेपाल लाइफ इन्सुरेन्स कम्पनी रु दुई करोड ३३ लाख ९२ हजार ७२४ र एनआइसिएशिया बैंक रु दुई करोड छ लाख २५ हजार ७८५ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे । 

स्टकका अनुसार स्वदेशी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले पाँच प्रतिशतले कमाए । यस्तै एनआइसि एसिया ग्रोथ फण्ड ४.८१, रैराङ हाइड्रोपावर ४.६३, रिलायन्स फाइनान्स ४.१३, एनआइबिएल प्रगति फण्ड ४, गुराँस लघुवित्त वित्तीय संस्थाले शेयरधनीले ३.९० प्रतिशतले कमाए । त्यस्तै नबिल बैंक ३.१५, मल्टिपर्पोज फाइनान्स कम्पनी २.४५, घलेम्दी हाइड्रोपावर २.२९, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था २, सिर्जना फाइनान्स १.९१ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा