२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

कैलालीका बासिन्दा बाढीको त्रासले रातभर जाग्राम

३० असार २०७६, सोमबार १६:२६

जब वर्षायाम शुरु हुन्छ तब कैलालीका धेरैजसो ठाउँका बासिन्दाको मुटु काँप्छ । उनीहरू वर्सेनी आउने बाढीबाट त्रसित छन् । बाढी आउला कि भनेर नदी किनारमा रातभर पालैपालो जागाराम बस्छन् ।

वर्षा हुन थाल्यो भने स्थानीयवासी नजिकै रहेको नदीको बहाव हेर्न पुग्छन् । यदी रातिको समयमा वर्षा भइरहेको छ भने उनीहरू पालैपालो रातभरी जाग्राम बसेर नदीको बहाव हेर्ने गर्छन् । 

विगतका वर्षमा बाढीबाटपीडित बनेका घोडाघोडी नगरपालिका–१० खल्ला गाउँका दिलीपसिंह बोहरा पानी पर्न थालेपछि कान्द्रा नदीमा आएको बाढीले सुतिरहेको समयमा आफ्नो घर बगाएको पीडा सम्झिनुहुन्छ । उहाँ भन्नुहुन्छ,  “पानी पर्न थाल्यो की मुटुले ठाउँ छाड्न थाल्छ । विगतमा घर बगाउँदा   राम्रोसँग सुत्न, खान नपाएको पीडा फेरि बल्झन्छ कि भनी पिर लागेर आउँछ ।”

बाढीको त्रासमा रहेको यसक्षेत्रका अधिकांश पुरुष तथा युवा रोजगारीका लागि भारतलगायत विभिन्न मुलुकमा रहेका कारण महिला, वृद्ध तथा बालबालिका मात्रै गाउँमा छन् । घुम्नि भाकलका रिताकुमारी थारुले भन्नुभयो, “घरका पुरुष जति धन कमाउन परदेशमा हुन्छन् । यहाँ हामी बाढीको त्रासमा छौँ । कसैले हाम्रो पीडा सुन्दैनन् । पानी पर्ना साथ मुटुले ठाउँ छाड्छ ।” 

बमढीबाट प्रभावित घोडाघोडी–९ रत्तिपुरका बासिन्दा पनि वर्षा शुरु भएसँगै त्रसित हुने गर्छन् । उनीहरूको पीडा पनि उस्तै छ । चुरेको सिरानमा रहेको यस गाउँका बासिन्दा बाढी आउने डरले जाग्राम बस्ने गरेको पिडा सुनाउँछन् ।  स्थानीयवासी श्याम चौधरी वर्षायामसँगै हरेक वर्ष बाढीले गाउँ डुबाउने गरेको बताउनुभयो ।

सधैँ बाढीको समस्याबाट गुज्रिएका यहाँका बासिन्दाले बस्ती स्थानान्तरणको माग गर्दै आएका छन् । विसं २०६८ को बाढीबाट घरबारबिहीन भएका घुम्निभाकलका दिलबहादुर नेपालीले भन्नुभयो,“सधैँ यही बाढीको समस्या आइरहन्छ । हरेक वर्ष झै यसवर्ष पनि हामी गाउँले मिलेर तीन सय मिटर लामो जैविक तटबन्ध निर्माण गरेका छाँै । तर, प्रत्येक वर्ष गाउँले बनाउने तटबन्ध बाढीले बगाउने गरेको छ ।” 

विगतका कैयौँ वर्षदेखि निरन्तर बाढीको चपेटामा पर्ने भजनी नगरपालिकाको लालबोझीका बासिन्दा पनि बाढीको डरले रातभर सुत्दैनन् । स्थानीयवासी हरिराम चौधरीले भन्नुभयो, “वर्सेनी बाढी आउँछ हामी आफ्नो ज्यान त जसोतसो गरेर जोगाउँछौ तर, आफ्नो ज्यान जोगाउने ध्यानमा कहिलेकाहीँ बस्तुभाउ र अन्नबाली जोगाउन सक्दैनांै ।

”घोडाघोडीका नगर प्रमुख ममताप्रसाद चौधरीले कान्द्रा नदी किनारको बस्ती बचाउने गरी गुरुयोजना बनाएर काम गर्न नगरपालिकाले पहल गरिरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य