२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुरुपूर्णिमा विशेष: को हो तपाइको गुरु ? कसरी गर्ने गुरुहरुको पुजा ? गुरु नहुनेले के गर्ने ?

३१ असार २०७६, मंगलवार ०१:१४

असार ३१, काठमाडौँ | असार शुक्ल पूर्णिमाको दिन आज देशभरी गुरु पूर्णिमा पर्वको रुपमा मनाईदै छ । यो दिन महर्षि वेदव्यासको जन्म पनि भएको थियो । अतः यसलाई व्यास पूर्णिमा पनि भन्ने चलन छ । यस दिनदेखि ऋतु परिवर्तन पनि हुने गर्दछ । यो दिन शिष्य (बिद्यार्थी)हरुले आफ्नो गुरुको विशेष पूजा गर्ने गरेका छन् । साथै गुरुहरुलाई सद्भावले दक्षिणा, फुल, कपडा तथा बिभिन्न उपहार पनि दिने चलन छ । उपहार दिन नसके पनि गुरुको आस्थाभावको पुजा गर्नाले शिक्षाशक्ति बढ्ने धार्मिक विश्वास रही आएको छ । 

को हो तपाइको गुरु ?

सामान्यतः हामीले आफूलाई औपचारिक रुपमा शिक्षा दिनेलाई मात्र गुरु मान्ने गरेका छौं तर वास्तवमा ज्ञानदिने गुरु मात्र गुरु नभई आफूलाई जन्म जन्मान्तरको संस्कार सिकाउने, प्रेरणा पात्र, ईश्वर भक्तिमा आस्था जगाउने, सद्बुद्धि दिने, ध्यान गर्ने, भगवानको आस्था सिकाउने जो कोहि पनि गुरु हुनसक्छ । 

भनिन्छ जसलाई गुरु मानिन्छ उसको दिशा निर्देशको पालना गर्नुनै गुरुप्रतिको पहिलो पुजा हो । जसले गुरुको आज्ञा पालना गर्दछ, उसलाई आजकै दिन गुरु पुजा गर्नुपर्छ भन्ने अनिवार्य हुँदैन ।  

कसरी गर्ने गुरु पूजा ? 


- गुरुलाई आफूभन्दा उच्च आसनमा बसाउने ।

- फेरी गुरुको पाउमा जल (पानी) ले धोईदिने ।

- फेरी उनको पाउमा पहेलो वा सेतो फुलले पुजा गर्ने।

- त्यसपछि गुरुलाई सेतो वा पहेलो कपडा (वस्त्र) दान गर्ने, त्यसको सट्टामा ध्वजा प्रयोग गर्न पनि सकिन्छ । आजकाल कतिपयले खादा लगाएर पनि गुरुको सम्मान गर्ने गरेका छन् । 

- जति सकिन्छ फल, मिठाई र दक्षिणा चढाउने । दक्षिणा दिन सकिन्न भने फुल चढाउन पनि सकिन्छ । 

- गुरुसंग आफ्नो दायित्व स्वीकार गर्ने प्रार्थना गर्ने ।

गुरु नहुनेले के गर्ने ? 


- हरेक गुरुको पछाडी सत्ताको रुपमा शिवजी रहन्छन् भन्ने विश्वास छ ।

- अतः यदी तपाइको गुरु छैनन् वा आफूबाट टाढा छन् भने शिवलाई गुरु मानेर गुरु पूर्णिमा मनाउन सकिन्छ ।

- श्रीकृष्णलाई पनि गुरु मान्न सकिन्छ ।

- माथिकै विधिमा पुजा गर्नुहोस । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान