२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाढी, पहिरो र डुबानपीडितको उद्धारमा जुट्न मानवअधिकार आयोगको आग्रह

२०७६, १ श्रावण बुधबार १०:३१

साउन १, काठमाडौँ  | राष्ट्रिय मानवअधिकार आयोगले प्राकृतिक विपत्पश्चात् देखापर्न सक्ने खाद्यान्न, कपडा र बसोबासको अभाव तथा विभिन्न रोगका सङ्क्रमणको अवस्थाप्रति सचेत भई सहायताका लागि जुट्न सबैलाई आग्रह गरेको छ ।

आयोगका प्रवक्ता तथा सचिव भेद भट्टराईले आज जारी गर्नुभएको विज्ञप्तिमा पीडितमा राहत वितरणका कार्यलाई तीव्रता दिनाका साथै समन्वयका साथ सहायतामा जुट्न सङ्घीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार तथा सबै समुदाय र सहयोगी संस्थासँग आग्रह गरिएको छ ।  

बाढी प्रभावित क्षेत्रमा विपत् व्यवस्थापन समितिमार्फत मानवीय ढङ्गबाट राहत वितरण गर्न गराउन, बेपत्ता भई अज्ञात भएका व्यक्तिको खोजी कार्यलाई तीव्रता दिन, मृतकका परिवारलाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन र घाइतेको निःशुल्क तथा प्रभावकारी स्वास्थ्योपचारको व्यवस्था मिलाउन आयोगले जोड दिएको छ ।

आयोगले विपत्पश्चात् पीडितको अवस्था, उद्धार, राहत वितरण, बसोबासका सम्बन्धमा प्रभावित जिल्लामा अनुगमन गर्नाका साथै विभिन्न माध्यमबाट सूचना सङ्कलन गरिरहेको  जनाएको छ । 

डुबानमा परी विस्थापित भएकाका लागि तत्काल पुनःस्थापना गर्न, खाद्यान्न तथा कपडालगायतको व्यवस्था गर्न, राहत तथा पुनःस्थापनाका क्रममा गर्भवती महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकता दिएर कार्य गर्ने आयोगले आग्रह गरेको छ ।

गत हप्ताको अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो र डुबानमा परी ८३ को मृत्यु, ३५ बेपत्ता र ४१ घाइते हुनाका साथै हजारौँ परिवार विस्थापित भएकामा आयोगले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो