2026-09-08 02:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

गोरखामा प्रहरीद्वारा गाँजा नष्ट

साउन ३, गोरखा  | गोरखा नगरपालिका–४ पीपलथोकमा किसानले अवैध रुपमा लगाइएको तीन हजार गाँजाको बोटलाई प्रहरीले नष्ट गरेको छ । 

सामुदायिक सेवा केन्द्र गोरखाको समन्वयमा जिल्ला प्रहरी कार्यालय गोरखाको प्रहरी उपरीक्षक ओम अधिकारीको नेतृत्वमा खटिएको टोलीले आज बिहान ती परिमाणको गाँजाको बोट नष्ट गरेको हो । 

लागूऔषध विरुद्धको प्रहरीको अभियानअन्तर्गत जिल्लामा गाँजा फँडानीको काम शुरु गरेको प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो । “हामीलाई त्यस क्षेत्रमा गाँजा छ भन्ने जानकारी आयो”, उहाँले भन्नुभयो, “त्यही आधारमा गएर अनुसन्धान गर्दा गाँजा रहेको पाइएपछि प्रहरीले नष्ट गर्ने अभियान चलाएको हो ।” 

लागू औषध विरुद्धको जनचेतनामूलक अभियान तथा दण्डात्मक कार्यक्रमअन्तर्गत स्थानीय समेतलाई सहभागी गराएर अभियान सञ्चालन गरेको उहाँले जानकारी दिनुभयो । “हामीले स्थानीय समुदायलाई आफैँलाई समेत गाँजा खेती गरेको भए नष्ट गर्नसमेत भनेका छौँ”, प्रहरी उपरीक्षक अधिकारीले भन्नुभयो ।

फँडानी गरिएको गाँजालाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको उहाँले जानकारी दिनुभयो । “अब यसलाई केही दिन सुक्न दिएर प्रहरी कार्यालयमा जलाएर नष्ट गर्छौं”, उहाँले भन्नुभयो । उहाँले सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सामुदायिक सेवा केन्द्र गोरखासँग साझेदारी गरेर जिल्लाभर नै लागुऔषध विरुद्धको कार्यक्रमहरु सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।

उहाँले यो अभियान निरन्तर चल्ने भन्दै अबदेखि जसको जमीनमा गाँजा खेती गरिएको उसलाई कानूनी कारवाहीसमेत गर्ने बताउनुभयो । “पहिलो चरणमा हामी आफैँ आएर फँडानी गरेका छाँै, अब आफैँले फँडानी गरेर नष्ट गरी हामीलाई जानकारी नगरे कारवाहीसमेत शुरु हुन्छ”, प्रहरी उपरीक्षक अधिकारीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता