2026-07-09 04:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सञ्चारमाध्यमले खोजेका सूचना सहज उपलब्ध हुनेछः सेना प्रवक्ता पाण्डे

2019-07-19

साउन ३, काठमाडौँ  | राष्ट्रिय समाचार समितिका अध्यक्ष श्यामल अधिकारीले मुलुकको राष्ट्रिय सुरक्षा र राजनीतिक संवेदनशीलतालाई  विचार पु¥याएर  समाचार सम्प्रेषण गर्न रासस दत्तचित्त रहेको बताउनुभएको छ ।  नेपाली सेनाको सिसं २० जनसम्पर्क अधिकृत तालीमका प्रशिक्षार्थी अधिकृतसहितको टोलीलाई राससको समाचार सङ्कलन, सम्पादन र वितरणबारे जानकारी दिँदै उहाँले भन्नुभयो, “राससले सत्य र तथ्यको नजीक पुगेर समाचार सम्प्रेषणलाई जोड दिँदै आएको छ । राससका समाचारलाई धेरै सञ्चारमाध्यमले विषयवस्तुको पुष्ट्याइँका लागि पनि अनुसरण गर्ने गरेका छन् ।”

अध्यक्ष अधिकारीले गौरवमय इतिहास रहेको नेपाली सेनाले कुनै पनि कालखण्डमा विवादित र विभाजित नभई मुलुक र जनताका खातिर एक ढिक्का भएर काम गरेको भनी प्रशंसा पनि गर्नुभयो ।

सो अवसरमा राससका महाप्रबन्धक ओपेन्द्र शर्माले समितिले राज्य र जनताका सरोकार र चासोका विषयवस्तुलाई समाचारका माध्यमबाट जनतामै पु¥याउने सेतुको काम गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “रासस राज्यको आधिकारिक समाचार समिति रहेको र यसको सञ्जाल देशैभर रहेको हुँदा अहिले समितिले ‘मिडियाको पनि मिडिया’का रुपमा रहेर काम गर्दै आएको छ ।”

नेपाली सेनाका सहायकरथी तथा प्रवक्ता विज्ञानदेव पाण्डेले नेपाली सेनाले राष्ट्रिय सुरक्षा र सुरक्षासम्बन्धी संवेदनशील विषयबाहेक  सेनासँग सम्बन्धित जानकारी र सूचना निरन्तर एवं सहजरुपमा सञ्चारमाध्यमलाई उपलब्ध गराउँदै आएको बताउनुभयो । 

राससका नायब महाप्रबन्धक सुरेन्द्रबहादुर नेपालीलेसूचना सम्प्रेषणमा राससले पु¥याइरहेको योगदान र भूमिकाका बारेमा सैनिक टोलीलाई जानकारी दिनुभयो । कार्यकारी व्यवस्थापक उत्तम सिल्वालले नेपाली सेनासम्बन्धी गतिविधि र समाचारलाई राससले उच्च प्राथमिकता दिने गरेको बताउनुभयो । 

सो अवसरमा राससका प्रधानसम्पादक श्यामप्रसाद रिमाल, अन्तरराष्ट्रिय समाचार शाखा प्रमुख सोमनाथ लामिछाने, प्रमुख समाचारदाता तीर्थप्रसाद भट्टराई, अङ्ग्रेजी समाचार सम्पादन शाखाका प्रमुख दीपराज सन्याल र तस्वीर सम्पादन शाखाका प्रमुख जगतकृष्ण श्रेष्ठले राससका समाचार, तस्वीर, श्रव्यदृश्य सङ्कलन, सम्पादन र वितरणलगायत विषयमा जानकारी दिनुभएको थियो । सोह्र जना प्रशिक्षार्थी अधिकृत टोलीले राससका विभिन्न शाखाको भूमिका र समाचार सेवाका बारेमा जानकारी लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो