2026-07-09 02:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काङ्ग्रेसले सातै प्रदेशमा प्रशिक्षण सञ्चालन गर्ने

2019-07-21

साउन ५, काठमाडौँ  |  नेपाली काङ्ग्रेसले सातै प्रदेशमा पार्टीको महाधिवेशन प्रतिनिधिका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । काङ्ग्रेसको केन्द्रीय नीति,अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आज बसेको बैठकले यही साउन १६ गतेदेखि सातै प्रदेशका १२ स्थानमा दुईदिने प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । 

काङ्ग्रेसका उपसभापति एवं प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिको अध्यक्षतामा बसेको प्रतिष्ठानको बैठकले डा जगदीशचन्द्र पोखरेलको संयोजकत्वमा प्रतिष्ठानको आधार पाठ्यक्रम निर्माण समिति गठन गरेको काङ्ग्रेस केन्द्रीय कार्यालयका सचिव मुक्ति आचार्यले जानकारी दिनुभयो । समितिका सदस्यमा डा आरजु देउवा, हरिहर विरही, राजु नेपाल र प्रशिश महरा रहनुभएको छ । 

बैठकले तारानाथ दाहालको संयोजकत्वमा निर्देशिका निर्माण समिति गठन गरेको छ । समितिका सदस्यमा भद्रा पराजुली भण्डारी र रामजी कङ्ग्रेन रहनुभएको छ । यसैगरी खिलानाथ दाहालको संयोजकत्वमा गठन गरिएको स्रोत व्यवस्थापन समितिमा सुभाष पोखरेल, डा प्रभु बुढाथोकी, भद्रा पराजुली भण्डारी, कमला लामिछाने, भगिरथ पोद्दार र योगराज शर्मा कँडेल सदस्य रहनुभएको छ ।

 बैठकले काङ्ग्रेसबाट विजयी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको राष्ट्रिय प्रशिक्षण कार्यक्रम यही साउनभित्रै काठमाडौँमा गर्ने निर्णयसमेत गरेको सचिव आचार्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो