२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पशुपतिमा १४ वटा घुम्ती शौचालय संचालन

२०७६, ६ श्रावण सोमबार ०८:४५

साउन ६, काठमाडौँ  | विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रवरपर सफा र स्वच्छ बनाउने अभियान अन्र्तगत १४ वटा घुम्ती शौचालय राख्नेक्रम शुरु भएको छ । विश्वमा छरिएर रहेका वैदिक सनातन धर्मावलम्बीको आस्थाको केन्द्र पशुपति क्षेत्रका विभिन्न स्थानमा शौचालय नहुँदा तीर्थयात्रीलाई समस्या पर्दै आएको थियो ।

पशुपति क्षेत्रका खाली ठाउँ खुला शौचालय बन्ने गरेकामा घुम्ती शौचालय राखेपछि पवित्रस्थलका रुपमा विकास गर्न सकिने विश्वास गरिएको छ । वत्सलेश्वरी मन्दिरसँगैको जुत्ता चप्पल कक्षबाट घुम्ती शौचालय राख्ने काम शुरु गरिएको कोषका प्रशासकीय अधिकृत गौरीशङ्कर पराजुलीले राससलाई बताउनुभयो । महिला र पुरुष गरी यहाँ दुईवटा घुम्ती शौचालय राखिएको छ ।

यसैगरी वरुणधारासँगैको जुत्ता चप्पल कक्षमा तीन, पशुपति वृद्धाश्रमको उत्तरपश्चिम कुनामा दुई, वनकाली चौरको पार्किङस्थलमा दुई घुम्ती शौचालय नमूनाका रुपमा राख्न लागिएको उहाँले बताउनुभयो । सबैतिर महिला र पुरुष शौचालय राखिने छ ।

पशुपति क्षेत्रलाई स्वच्छ बनाउने अभियान अन्तर्गत एभरेष्ट बैंकको सहयोगमा १० र एनआईसी एशिया बंैकको सहयोगमा चार शौचालय प्राप्त भएको कोषले जनाएको छ । नमूनाका रुपमा राखिने घुम्ती शौचालयको नकारात्मक एवं सकारात्मक प्रभावलाई हेरी अन्यत्र पनि विस्तार गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह