2026-10-15 08:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

जडीबुटीले बद्लिएको जुम्लीको जीवन

विजय रावत  | साउन ६, जुम्ला | गाउँमा विद्यालय नभएका होइनन् तर, गोठीचौर–५, जुम्लाका विर्ष सार्कीको पहुँचमा थिएन । उनले अक्षर चिन्नसम्म पनि पाएनन् । नपढेको व्यक्तिलाई जागीर कसले दिने रु नोकरीको सम्भावना नै सकियो । ज्याला मजदूरी बाहेक अरु उपाय उनका सामु थिएन । एउटा मात्र विकल्प बचेको जिन्दगीलाई अगाडि बढाउने सङ्कल्प गर्नु थियो, उनले त्यही गरे । 

बुबाको अनुहार निचोरेको कपडा जस्तो गरी मुजा परेपछि । दुधमुखे भाइ हुँदै आमाले परान छाडेपछि । जिम्मेवारीको भारी उसै–उसै बढेर पहाड बनेको थियो । त्यसमाथि थपिएकी थिइन् श्रीमती । बढेका थिए लालाबाला । आफैंलाई च्याप्लाजस्तो जिम्मेवारीको पहाड । उनी चिन्तित हुन्थे । कमाउने अरु उपाय थिएन । 

परेपछि जिन्दगीले कामलाई नै प्रेम गर्न सिकाउँदो रहेछ । विर्षले पनि त्यही सिके । मजदूरी गरेर जीविकोपार्जन गरिरहेका विर्षको जीवनमा उनैले नचिताएको जागीरको अवसर मिल्यो । त्यसबेला सरकारी कार्यालयका सबैभन्दा तल्लो दर्जाको कर्मचारी ‘पियन’ हुन्थ्यो । त्यही पद गैरसरकारी संस्थामा ‘कार्यालय सहायक’ले चिनिने । विर्ष बने कार्यालय सहायक । उक्त कार्यालयका हाकिम करण नेपाली जडीबुटीमा खुबै रुचि राख्थे । 

हाकिमले भने अनुसार सहायक हिँड्नुपर्ने । विर्ष पनि हाकिमले भने अनुसार नै कयौं पटक पाटनमा पुगे । जङ्गलहरू डुले । अनेकौं महत्वका जडीबुटी देखे । तिनलाई दैनिक जीवनमा उपयोगी हुने उपयोगिता सिक्दै गए । उनी सोच्थे – ‘गरीबहरूको ठूलो समस्या नून तेल हो । नुनतेल नै नभएपछि अरु सोच्न भ्याइँदैन ।’ उनले एउटा खुद्रा पसल थापे । 

कार्यालय सहायक भएर जङ्गल डुल्दाडुल्दै उनलाई थाहा भइसकेको थियो, जङ्गल त जडीबुटीको भण्डार पो रहेछ । अब यसैलाई उपयोग गर्ने निष्कर्षमा उनी पुगे । भुल्ते, कुटकी, सुगन्धवाल, पदमचाल, विषम लगायत जडीबुटी किन्न व्यापारी गाउँ आउन थालेका थिए । ‘सिजन’मा मौका छोपे राम्रै कमाइ हुने । जङ्गलबाट कोरेर व्यापार गर्ने जति सबै जडीबुटी खेती गरेर व्यापार ग¥यो भने फस्टाउँछ भन्ने उनलाई लाग्यो । सधैं जङ्गलका जडीबुटीमा भर परे एकदिन यी सबै जडीबुटी लोप हुनेछन् । प्रतिबन्धित अवस्थामै पाँच औंले लगभग लोप भइसक्यो । अरु जडीबुटी हिजोको तुलनामा निकै घटिसकेका छन् । 

कुनै ज्ञान बिना नै जङ्गलबाट भुल्ते, कुटकी, सुमयोका जरा ल्याएर लगाए ।  यो जडिबुटी हो भनेर थाहा पाउने बित्तिकै त्यसलाई ल्याएर पाखो बारी र खेत दुवैमा रोपे तर, सप्रिएन । जडीबुटी खेतीबारे कुनै किताब भए पनि उनलाई पढ्न आउँदैन । प्रयोग स्वरुप नजोतेको खेतमा बीऊ पनि छरे । त्यसपछि जडिबुटी भएका ठाउँनेरको माटो ल्याएर त्यसैको बेर्ना बनाए, यसपटक भने विस्तारै बीऊ उम्रन थाल्यो । कुनै जडीबुटी कम मेहनत मै सप्रिए, केहीलाई हुर्काउन निकै कष्ट गर्नु प¥यो ।

केही स्याउका बुटा कलमी गर्न पनि सिके उनले । नर्सरीमा उत्पादन भएका स्याउका बोटले ग्राहक पाउन थालिसकेका थिए । नर्सरी राम्रो हुँदै थियो । घोडमच्चो, तुलसी, वन कचुर, गुन्नाइनो, बायजडी, पदमचाल लगायत आठ वटा जडीबुटी मिलाएर पछि स्वादिलो ‘हिमाली अर्गानिक जडीबुटी चिया’ नामको हर्बल चिया बनाए । शुरुमा यसका ग्राहक थिएनन् । विस्तारै बढ्दै गए । पछि बजार भयो । कसैले उनलाई सुझायो कि कानुनी रूपमा उद्योग दर्ता गरी अघि बढ्नुपर्छ । अनि सरकारलाई प्रतिवर्ष राजश्व बुझाउने गरी दर्ता भए एकै पटक दुई उद्योग –  ‘दिलक फलफूल तथा नर्सरी उद्योग’ र ‘शान्ति हिमाली अर्गानिक चिया मसला उद्योग’ । यिनै दुई उद्योगका मालिक हुन् विर्ष । तर, यसरी उद्यम गर्न सहज भने थिएन ।

केही समय उनी जस्ता उत्पादकहरूबाट उत्पादित स्याऊका बुटा खरिद गरेर कृषि विकास कार्यालयको अनुदानमा कृषकलाई वितरण गर्ने कार्यक्रम गर्दा कमाइ राम्रै भयो तर, सरकारी अनुदानको कार्यक्रम बीचमै रोकियो । बुटा बिक्री हुन छोडे । विर्ष भन्छन् – “बुटाले धोका दिए । एउटा बुटा दुई रूपैयाँमा पनि बिकेन । राजश्व तिर्न नसकिने स्थिति आयो । मेहनत त्यसै खेर गयो हजुर ।” धोका बुटाले दिएका हुन् वा सरकारले रु यद्यपि उनले फलफूल तथा नर्सरी उद्योगको राजश्व तिर्न भए पनि बुटा कलमी गर्न छोडेनन् । 

प्रयोग गरेको १३ औं वर्ष पुग्दा जिल्ला घरेलुु तथा साना उद्योग विकास समितिले एउटा सुनौलो अवसर दियो विर्षलाई । फलफूल र जडीबुटी उत्पादनमा अब्बल ठहरिए पछि उनी एक हप्ताका लागि थाइल्याण्ड उडे । यो थियो २०६६ सालको कुरा । थाइल्याण्डबाट फर्किदा उनमा फरक खालको जोश थियो । नयाँ काम गर्ने, नयाँ खोज गर्ने । उनले त्यहाँ सिकेको महत्वपूर्ण पक्ष थियो – पेटेन्ट राइट ९अग्राधिकार० । उनलाई पनि आफ्नो उद्योगबाट सबैभन्दा बढी बिक्री हुने ‘चिया’ को पेटेन्ट राइट लिनुपर्छ भन्ने लाग्यो । 

त्यसका लागि उनले सबै प्रक्रिया पूरा गरिसकेका छन् । वनस्पति विभागबाट प्रयोगशालाको प्रतिवेदन ‘चिया गुणस्तरीय’ भनेर आइसकेको छ । अनेकन चुनौती चिर्दै विर्षले अहिले आफूलाई सहज र सुरक्षित मार्गमा उभ्याइसकेका छन् । शुरुका वर्षमा १०० प्याकेट चिया बेच्ने उनी अहिले वार्षिक पन्ध्र हजार प्याकेट बेच्छन् । यो वर्ष बीस हजार बेच्ने लक्ष्य लिएका छन् । बजार विस्तार भइरहेको छ । पहिला स–परिवार बेकामे हुन्थे । अहिले सबै आफ्नै उद्योगमा कार्यरत छन् । जडीबुटी झन् राम्रो हुँदै गइरहेको छ । सुमयो १५ देखि २० किलो उत्पादन हुन्छ । अत्तिस डेढ क्विन्टलसम्म उत्पादन भइरहेको छ । यो नौ सयदेखि हजार रूपैयाँ किलोमा बिक्री हुन्छ । 

उनलाई एउटा पिरले भने छोडेको छैन । जङ्गलबाट अव्यवस्थित रुपमा जडीबुटी सङ्कलन गर्दा बीऊ मासिने पो हो कि रु देशमै औषधि उत्पादन गर्ने उद्योग नहुँदा सुन भन्दा महङ्गा जडीबुटी कौडीको मोलमा भारत बेचिन्छ । हाम्रै जडीबुटीबाट बनेको औषधि सुनभन्दा महङ्गो मोलमा हामीले नै किन्नुपरेको छ । 

औषधि उद्योग र जडीबुटी प्रशोधन केन्द्र नेपालमै स्थापना हुनुपर्छ भन्नेमा उनी दृढ छन् । अहिले उनी जडीबुटी बजारमा सबैभन्दा बढी माग भएको वन लसुन र ह्याड्या ९सेतो चिनी० को बीऊ उत्पादन गर्ने तयारी गरिरहेका छन् र भन्छन् – “सफल भयो भने ठूलै काम हुनेछ ।” उनले जिल्लामा पाइने ११० वटा जडीबुटीको सूची बनाएका छन् । केही संस्थाहरू जडीबुटीको भण्डारबाट बीऊ मास्ने गरी लागेका छन् । उनीहरू जति सकिन्छ जडीबुटी सङ्कलन गर पैसा कमाउ भन्दैछन् । रामदेवहरू पाटन कब्जा जमाउन सरकारलाई समेत प्रभाव पार्दैछन् । ‘मियाके जुत्ते मियाके शिरपर’ हुँदैछ । एक पटक भारतीय बहुराष्ट्रिय कम्पनी डाबरले विर्षलाई जङ्गलबाट अत्तीसका चार हजार बिरुवा ल्याउन भनेको पनि थियो । 

उनले बीऊ मासिने खतरा देखेपछि ऊ सँग काम गरेनन् । बरु बीऊ सङ्कलन गरेर आफूले खेती गरे । उनलाई सबैभन्दा बढी चिन्ता जडीबुटीकै छ । नहोस् पनि किन, जडीबुटीले नै उनको जीवन बदलिएको हो । गाउँघरमा आयुर्वेदिक पद्धतिबाट उपचार गर्ने परम्परागत शीप भएका थुप्रै मान्छेहरू छन् । कति त्यस्ता सिपालु मान्छे मरेसँगै उनीहरूको शीप र उपचार पद्धति पनि मरेका छन् । विर्र्षले भने उक्त शीप सिकेका छन् । 

गाउँघरमा कसैलाई सानोतिनो बिमार लाग्यो भने उनी वैद्यको काम गर्छन् । गानुगोलो, दम, सुगरलगायत रोग निदानको औषधि बनाउँछन् । कुनै समय मजदूरी गरेर जीविकोपार्जन गर्ने उनी आफ्नै मेहनत र पौरखले अहिले दुई वटा उद्योगका मालिक भएका छन् । उद्यमी बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने