२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

गोरखामा खसी-बोका सङ्कलन केन्द्र निर्माण

७ श्रावण २०७६, मंगलवार ०७:०६

साउन ७, गोरखा | गोरखामा पहिलो पटक खसीबोका सङ्कलन केन्द्र निर्माण भएको छ । जिल्लाभरका किसानले पालेका खसीबोका बिक्रीका लागि सो केन्द्र निर्माण भएको हो । गोरखा नगरपालिका–११ स्थित बाह्रकिलो बजार नजीकै करीब ५०० वटा खसीबोका अट्ने गरी सङ्कलन केन्द्र निर्माण गरिएको पशु सेवा विज्ञ केन्द्र गोरखाका प्रमुख डा ब्रज किशोर ठाकुरले जानकारी दिनुभयो । 

गण्डकी प्रदेश भूमिव्यवस्था कृषि तथा सहकारी मन्त्रालयको सहयोगमा गोरखा जिल्लामा खसीबोका सङ्कलन केन्द्र निर्माण भएको उहाँले बताउनुभयोे । जिल्लाभरका किसानले उत्पादन गरेको खसीबोका बिक्रीका लागि सजिलो होस् भन्ने उद्देश्यले सबैलाई पायक पर्ने स्थानमा सङ्कलन केन्द्र निर्माण गरिएको डा ठाकुरको भनाइ छ । “यहाँका किसानलाई खसीबोका बिक्रीका लागि उपयुक्त बजार नहँुदा समस्या हँुदै आएको थियो”,उहाँले भन्नुभयो, “अब जिल्लाभरका सबै किसानले आ–आफ्नो घरमा पालेका खसीबोका यहाँ ल्याएर बिक्री गर्न सक्नुहुन्छ ।”सङ्कलन केन्द्रमा किसानले ल्याएर राख्दा पैसा नलाग्ने व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

केन्द्रमा खसीबोका राख्नका लागि सुरक्षित खोरहरु निर्माण गरिएका छन् । “प्रत्येक खसीबोकालाई चिसोबाट जोगाउन सकिने गरी खोर निर्माण गरिएको छ”,उहाँले भन्नुभयो, “किसानहरुले आफँैले पालेर बिक्रीका लागि ल्याउँदा सबै बिक्री भइहाल्छ भन्ने छैन, बिक्री नभएका जति यहाँ राखेर अर्को दिन बिक्री गर्न सक्छन् तर सङ्कलन केन्द्रमा राखिएको खसीबोका रेखदेख र हेरविचार भने किसान आफैँले गर्नुपर्ने हुन्छ ।” 

“गाउँमा किसानले उत्पादन गर्दै आएको खसीबोकाले बजार नपाउने र बिक्री गर्ने ठाउँको समेत अभाव हँुदा समस्या हँुदै आएको थियो, अब यहाँ सङ्कलन केन्द्र निर्माण भएसँगै यो समस्याबाट किसान मुक्त भएका छन्”,डा ठाकुरले भन्नुभयो  । 

जिल्लाबाहिरका व्यापारीहरुलाई सङ्कलन केन्द्रमा केन्द्रित गर्ने र जिल्लाभित्रका खसीबोका पाल्दै आएका किसानलाई पनि सङ्कलन केन्द्रमा केन्द्रित गरी व्यवसायको प्रवद्र्धन गर्न जोड दिइने उहाँले बताउनुभयो । यसले जिल्लाभरको उत्पादन गरिने खसीबोकाको बिक्रीका लागि अब बजारको समस्या नहुने उहाँको भनाइ छ । 

बाह्रकिलो बजारबाट राजधानी काठमाडाँै, पोखरा, चितवन, वीरगञ्ज लगायतका मुख्य–मुख्य शहरसम्म खसीबोका पु¥याउन सजिलो हुने भएकाले उक्त स्थानमा सङ्कलन केन्द्र निर्माण गरिएको प्रमुख डा ठाकुरले जानकारी दिनुभयो । “सडकदेखि नजिक सबै ठाउँमा आउजाउ गर्न यातायातको सुविधा तथा खसीबोका कुनै समस्या आइहालेमा उपचारका लागिसमेत नजिकै पशु अस्पताल रहेका यही ठाउँ उपयुक्त भएकाले छनौट गरी सङ्कलन केन्द्र निर्माण गरिएको हो”,उहाँले भन्नुभयो ।

सङ्कलन केन्द्र निर्माणका लागि कूल रु चार लाख ३० हजार खर्च भएको कार्यालयले जनाएको छ । डिभिजन वन कार्यालय गोरखाको समन्वयमा सामुदायिक वनको स्वामित्वमा रहेको वनको जग्गामा सङ्कलन केन्द्र निर्माण गरिएको वडाध्यक्ष रामबहादुर खड्काले जानकारी दिनुभयो । सङ्कलन केन्द्र निर्माण गरिएसँगै दशँै लगायतका अन्य ठूला चाडपर्वका बेला जिल्लामा उत्पादित खसीबोका अन्य जिल्लामा निर्यात गर्न सजिलो हुने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य