२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यात्रु र चालकको सहयोगी बन्दै मेट्रो ट्राफिक एफएम

२०७६, ८ श्रावण बुधबार ०८:४५

साउन ८, काठमाडौँ |  रामशाहपथस्थित महानगरीय ट्राफिक प्रहरी महाशाखामा सञ्चालनमा रहेको मेट्रो ट्राफिक एफएम (एफएम९५.५ मेगाहर्ज) यात्रु र चालकको सहयोगी बन्दै गएको बताइएको छ ।  उक्त एफएमको सातौँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा रानीपोखरीस्थित महानगरीय प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले उपत्यकाको ट्राफिक व्यवस्थालाई चुस्त, दुरुस्त तथा व्यवस्थित बनाउन यो एफएम यात्रु र चालकको सहयोगी बन्दै गएको बताउनुभएको हो । 

सीमित स्रोत र साधनमा पनि उपत्यकाको ट्राफिक व्यवस्थापनमा ट्राफिक प्रहरीले उल्लेख्य काम गरेको छ  भन्दै उहाँले उक्त एफएमको क्षमता र  कार्यक्रम  विस्तार गरेर अगाडि बढ्न सुझावसमेत दिनुभयो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले मेट्रो ट्राफिक एफएमले सूचनामूलक, मनोरञ्जनात्मक कार्यक्रममार्फत अपराध न्यूनीकरण गर्दै आएको बताउनुभयो । 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले ट्राफिक एफएमलाई देशभर सुन्न सक्ने गरी क्षमता विस्तार गर्नुपर्नेमा जोड दिँदै सही सूचना प्रवाहमा पनि यो एफएम अब्बल रहेको छ भन्नुभयो  । रेडियो नेपालका उपनिर्देशक टीका भण्डारीले उपत्यकाको ट्राफिक व्यवस्थापनमा मेट्रो ट्राफिक एफएमले महत्वपूर्ण भूमिका निर्वाह गर्दै  आएको बताउनुभयो । दैनिक १७ घण्टा सञ्चालनमा रहेको उक्त एफएमको  एक हजार वाट क्षमता विस्तारका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले स्वीकृतसमेत प्रदान गरिसकेको छ । 

कार्यक्रममा सडक बोर्ड नेपाल, नेपाल टेलिकम, सडक विभाग, नेपाल सङ्गीत विद्यालय, मेलम्ची खानेपानी आयोजनालगायत सङ्घसंस्थालाई सम्मान गरिएको थियो । विसं २०६९ साउन ८ मा उक्त एफएम स्थापना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह