2026-07-08 08:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मनसुन पुनः सक्रिय, देशभर भारी वर्षाको सम्भावना उच्च सतर्कता अपनाउन आग्रह

2019-07-24

साउन ८, काठमाडौँ  |  केही दिनदेखि कमजोर रहेको मनसुन आजबाट पुन ः सक्रिय भएको छ । मनसुनी न्यूनचापीय रेखा तराईमा अवस्थित रहेकाले आज देशभर भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

न्यूनचापीय रेखा नेपाल प्रवेश गरेको र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय हावाको प्रभावले आज देशको धेरैजसो स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मौसमविद् विभुतै पोखरेलले बताउनुभयो । 

“मनसुनी ट्रफ घरी तल घरी माथि भइरहने हुन्छ । उक्त प्रणाली तल रहेमा नेपालमा  मनसुन सक्रिय हुन्छ र वर्षा हुन्छ”,मौसमविद् पोखरेलले भन्नुभयो । सम्भाबित वर्षका कारण तराई तथा चुरे क्षेत्रमा मनसुनी वर्षाको प्रभाव बढी पर्ने देखिएकाले आज चितवन, पर्सा, बारा, मकवानपुर, नवलपुर, परासी, पाल्पा, अर्घाखाँची, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्नपुर, झापा, मोरङ, सुनसरीलगायत प्रदेश १, २, ३, र ५ गण्डकी चुरे र पहाडबाट बहने साना नदीमा उच्च बहावको सम्भावना रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

हाल देशका मध्य तथा पूर्वी भू–भागमा सामान्यदेखि पूर्ण बदली भई केही स्थानमा वर्षा भइरहेको छ र पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली रही एक–दुई स्थानमा वर्षा भइरहेको छ  |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो