2026-07-08 07:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशमा मृत्यु भएका कामदारका परिवारलाई आर्थिक सहायता प्रदान

2019-07-24

साउन ८, काठमाडौँ  |  वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका ७५३ कामदारका परिवारलाई आर्थिक वर्ष २०७५-०७६ मा रु ४८ करोड आर्थिक सहायता प्रदान गरिएको छ । 

वैदेशिक रोजगार बोर्डले सो अवधिमा विदेशमा मृत्युवरण गर्न पुगेका २३ महिला र ७३० पुरुष कामदारका परिवारलाई रु ४८ करोड ४९ लाख ४० हजार आर्थिक सहायता उपलब्ध गराएको हो ।

 बोर्डले वैदेशिक रोजगारीका क्रममा करार अवधिभित्रै मृत्यु भएमा मृतक कामदारका परिवारलाई रु सात लाखका दरले आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ । 

त्यसैगरी रोजगारीका क्रममा अङ्गभङ्ग तथा बिरामी भएका ३३५ कामदारलाई पनि आर्थिक सहायता उपलब्ध गराइएको छ । सो अवधिमा १२ महिला र ३२३ पुरुष कामदारलाई रु नौ करोड १४ लाख १३ हजार ६९९ वितरण गरिएको बोर्डले जनाएको छ । 

अङ्गभङ्ग वा गम्भीर बिरामीको प्रकृति र मात्राका आधारमा प्रतिशत निर्धारण गरी रु सात लाखसम्म आर्थिक सहायता प्रदान गर्ने गरिएको छ । वैदेशिक रोजगारीमा जाने कामदार र उनीहरुको परिवारलाई कल्याणकारी कार्य गर्दै आएको बोर्डले २९ कामदारका परिवारलाई रु १२ लाख १५ हजार औषधोपचार सहयोग उपलब्ध गराएको छ । 

बोर्डले कामदारका परिवारका सदस्यलाई क्यान्सर, मिर्गौला प्रत्यारोपण, मुटुको शल्यक्रिया, पार्किन्सन र अल्जाइमर रोगका लागि सामान्य अवस्था (शल्यक्रिया गर्नु नपर्ने र नियमित औषधि मात्र गर्नुपर्ने) भएमा रु १५ हजार, मध्ययम अवस्था (औषधि सेवन मात्रले नहुने भई सामान्य शल्यक्रिया गर्नुपर्ने) भएमा रु ३० हजार तथा गम्भीर अवस्था (शल्यक्रिया गरी नियमित औषधि सेवन गर्नुपर्ने) भएमा रु ५० हजार आर्थिक सहायता उपलब्ध गराउने छ । 

बोर्डले सो आर्थिक वर्षमा विभिन्न कारणबाट अलपत्र परेका ७८ नेपाली कामदारको उद्धारका लागि रु छ करोड ५६ लाख पाँच हजार ५५४ खर्च गरेको छ । त्यस्तै वैदेशिक रोजागरीका क्रममा ज्यान गुमाएका ८२ नेपाली कामदारको शव नेपाल झिकाउन रु सात करोड ८५ लाख आठ हजार ८०६ विभिन्न मुलुकस्थित नेपाली नियोगमा पेश्कीस्वरुप पठाइएको बोर्डले जनाएको छ । 

गतआवमा ७८३ मृतक कामदारको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएपछि घर ठेगानासम्म शव ढुवानीका क्रममा रु एक करोड ५७ लाख ६० हजार पाँच खर्च गरिएको छ । बार्डले मृतक कामदारको शव घर ठेगानासम्म निःशुल्क ढुवानी गर्दै आएको छ । अभिमुखीकरण तालीमबापत एक हजार ४८० महिला कामदारले बुझाएको रु १० लाख ३६ हजार शोध भर्ना गरिएको बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले जानकारी दिनुभयो । 

त्यसैगरी वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका कामदारका एक हजार ४३३ सन्ततिलाई वैदेशिक रोजगार छात्रवृत्तिबापत बोर्डले रु एक करोड ४८ लाख ६५ हजार २४ वितरण गरिएको छ । बोर्डले मृतक कामदारका १८ वर्षभन्दामुनिका सन्ततिको शैक्षिक अवस्थालाई प्रभाव नपरोस् भन्ने उद्देश्यले छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो