2026-07-09 02:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘पुष्पलाललाई राष्ट्रिय विभूति घोषणा गर्न माग’

साउन १०, काठमाडौँ | नेकपा (माओवादी केन्द्र)ले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठलाई राष्ट्रिय विभूति घोषणा गर्न आग्रह गर्दै सरकारलाई मागपत्र बुझाएको छ । 

सो पार्टीका स्थायी समिति सदस्य आलोक रायमाझीले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढामार्फत प्रधानमन्त्रीसमक्ष सो मागपत्र बुझाउनुभएको हो । 

संस्थापक महासचिव श्रेष्ठको वैज्ञानिक योगदानको उच्च मूल्याङ्कन गरी उहाँलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गर्दै पत्र बुझाइएको उहाँले जानकारी दिनुभयो ।


नेकपाका संस्थापक महासचिव भए पनि पुष्पलाललाई नेपाली कम्युनिस्ट पार्टीका नेताहरुले भुल्दै गएको र उनको नाम भजाएर खाने भाडो मात्रै बनाएको रायमाझीले बताए । नेता रायमाझीले भने " नेपाली कम्युनिस्ट आन्दोलनमा जीवनकाल भरी सम्पुर्ण रुपले, उच्च इमानदारीसाथ समर्पित हुँदा हुँदै पनि बाचुञ्जेल गद्दारको बिल्ला भिराइयो आज तिनै मान्छेहरु उहाँको नाम भजाएर खाइरहेका छन् , अब साच्चै दलाल र गद्दार को रहेछ त ? नेपाली जनताले राम्ररी चिन्न पाए । उहाँ जस्तो स्वतन्त्र राष्ट्रिय चिन्तक, बैचारिक- राजनीतिक एवं पार्टी संगठनमा बैज्ञानिक योगदान गर्ने क्रान्तिकारी ब्याक्तित्व बिरलै पाइन्छ । त्यसैले उहाँका बैज्ञानिक योगदानहरुको उच्च मुल्यांकन गरि उहाँलाई राष्ट्रिय बिभुती घोषणा गर्ने सोच अध्यक्ष गोपाल किरातीको प्रस्तावमा हाम्रो केन्द्रीय समितिको तर्फबाट जोडदार माग र पहल गरिरहेका छौं । आशा गरौं कम्युनिस्ट नामधारी सरकार भएको हुनाले यो माग पुरा हुन्छ होला ।"

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो