Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीका स्थानीय भन्छन : वाचा मात्रै भए, भेल्छडाको पानी आएन

२०७६, १२ श्रावण आईतवार १०:५६

विमलबहादुर विष्ट | साउन १२, डोटी |  पन्ध्र सालमा प्रथम आमनिर्वाचन हुँदा डोटी जिल्लाको जैनोली गाउँका नेता शिवराज पन्तले सिलगढीसँगै जोडिएको केलना गाउँको स्थानीय खोलाको पानी जिल्ला सदरमुकाम सिलगढी र डौड गाउँको भेल्छडा खोलाको पानी पश्चिम चौकी ल्याउने वाचा गर्नुभयो । उहाँ चुनाव जितेर मन्त्री पनि हुनुभयो । उहाँले कलेनाको पानी जिल्ला सदरमुकाम ल्याउने वाचा त पूरा गर्नु भयो तर, भेल्छडाको पानी पश्चिम चौकी पु¥याउने वाचा भने बिर्सिनु भयो । त्यसपछिका निर्वाचनहरुमा भेल्छडाको पानी सबैका उम्मेदवारका लागि प्रमुख चुनावी मुद्दा बन्दै गयो तर, कहिल्यै मूर्त रुप लिएन । 

“शिवराज पन्त मन्त्री हुँदा साबिकको डौड गाउँ तथा हालको सायल गाउँपालिका भेल्छडाको पानी पश्चिम चौकी ल्याउने भन्ने कुरा उठेको थियो, त्यतिबेलादेखि यहाँका बासिन्दाले भेल्छडाको पानीको आशा गर्दैआएका थिए तर, त्यो सपना मात्रै भयो”,डोटी आदर्श गाउँपालिका वडा नं ३ का समाजसेवी चन्द्रदेव पाठकले पुरानो कुरा सम्झिँदै भन्नुभयो – “हामीलाई भोट माग्दा सबैले पानी कै आश देखाए तर, वाचा कसैले पूरा गरेन ।”

जिल्लाको आदर्श गाउँपालिकाको केन्द्र मौवा नगर दहमा अहिले पिउनलाई पनि पानी नभएको भन्दै स्थानीय बासिन्दा नेताहरुप्रति आक्रोशित बनेका छन् । उनीहरु भन्छन् – “विसं २०४८ यताका सबै चुनावमा भेल्छडा खानेपानी योजना चुनावी मुद्दा बन्दै आयो तर, कसैले पनि बनाएनन् ।” विसं २०४८ को निर्वाचनमा तत्कालीन नेपाली काँग्रेसका उम्मेदवार भक्तबहादुर बलाएरले भेल्छडा खानेपानीको विषय उठाएको सम्झँदै समाजसेवी चन्द्रदेव पाठकले भन्नुभयो –“बलायरज्यूले तीन-तीन पटक चुनाव जित्नु भयो । मन्त्री पनि हुनु भयो तर पनि, पानी ल्याउने वाचा भने बिर्सिनुभयो ।” 

तत्कालीन एमालेका उम्मेदवार हर्कबहादुर सिंहले पनि २०६४ सालको निर्वाचनमा भेल्छडाकै नाममा भोट मागेको तर, जितिसकेपछि चार वर्षे कार्यकालमा उहाँले पनि योजना बनाउन नसकेको आरोप स्थानियवासीको छ । विसं २०७० मा काँग्रेसबाट चुनाव जितेका वीरबहादुर बलायर र २०७४ मा एमालेबाट जितेका प्रेमबहादुर आलेमगरको पनि चुनावी एजेण्डा भेल्छडा नै बन्यो । काम दुबैले नगरेको पाठकको आरोप छ ।

आदर्श गाउँपालिका वडा नं १ का स्थानीयवासी दीपकबहादुर खड्का अहिले गाउँमा स्थानीय सरकार बनिसकेकाले उक्त खानेपानी योजना स्थानीय सरकारकै पहलमा निर्माण हुनुपर्ने बताउनुहुन्छ ।  उहाँ भन्नुहुन्छ –“अब स्थानीय सरकार बनेको छ । गाउँपालिकाले झिनामसिना योजना बनाउनु भन्दा पश्चिम चौकी क्षेत्रको खानेपानीको समस्या समाधानका लागि ठोस योजना बनाइदिए हुन्थ्यो ।” भेल्छडालाई चुनावी मुद्दा बनाउने पन्त र बलायर द्वय गरी तीन जना मन्त्री पनि हुनुभयो । सिंह चार वर्षसम्म संविधानसभा सदस्य रहनुभयो भने आलेमगर अहिले सङ्घीय सांसद हुनुहुन्छ । भेल्छडा योजना भने जहाँको तहीँ छ ।  

आदर्श गाउँपालिका–१ का अर्का स्थानीयवासी कृष्णबहादुर खड्काले भन्नुभयो – “वर्षात्को समयमा यता उताको खोलामा पानी फुट्छ र अलि सजिलो हुन्छ तर, फागुनदेखि असारसम्म त निकै दुःख छ । हामीलाई अरु केही हैन खानलाई पानी भए पुग्छ ।”चुनावका बेला नेताहरुले पश्चिम चौकीको खानेपानी योजनालाई राजनीतिक मुद्दा मात्रै बनाउने गरेको उहाँको आरोप छ । पानी नभएकै कारण उद्यम गरी खान पनि समस्या भएको त्यहाँका स्थानीय होटल व्यवसायीहरु बताउँछन् । 

मौवा नगर दह आदर्श गाउँपालिकाको केन्द्र भएपछि अहिले चहलपहल त बढेको छ तर, पानी नभएका कारण गाउँपालिकामा आउने सेवाग्राहीलाई समेत समस्या भइरहेको छ । स्थानीयवासी गणेश ऐरले भन्नुभयो –“गाउँपालिकाको केन्द्र भएकले मान्छेको चहलपहल बढी हुन्छ तर, पानी छैन । कस्तो बिडम्बना छ १”

खानेपानीको समस्या समाधानका लागि बृहत् खानेपानी योजना लागू गर्ने तयारी भइरहेको आदर्श गाउँपालिकाका अध्यक्ष टेकबहादुर रोकायाले बताउनुभयो । “हामी खानेपानीको सम्भावनाका विषयमा छलफल गर्दैछौं,”अध्यक्ष रोकायाले भन्नुभयो –“सायल गाउँपालिकासँग पनि भेल्छडाका लागि छलफल गर्छौं । अन्य सम्भावनाहरुको पनि खोजी गर्दैछौं ।” खानेपानी योजना निर्माणका विषयमा प्रदेश सरकार र अन्य सङ्घ संस्थाहरुसँग पनि छलफल चलिरहेको उहाँले जानकारी दिनुभयो । 

भेल्छडाको पानी ल्याउन अब सम्भव नभएको बताउनुहुन्छ्, आदर्श गाउँपालिकाका पूर्व सांसद लालबहादुर खड्का । आदर्श गाउँपालिका वडा नं १ मौवा घर भएका खड्का भन्नुहुन्छ –“अब सायली गाडबाट पानी तान्ने वा डिप बोरिङ्ग गर्ने योजना बनाउनु पर्छ । भेल्छडाको आश नगरे हुन्छ । त्यो सम्भव छैन ।”भेल्छडाको पानी नआउँदा मौवालगायत त्यस क्षेत्रका साविकका कालिकास्थान, खातिवाडा, महादेवस्थान, लामिखाल र बारवाटा गाउँपालिकाहरुमा खानेपानीको समस्या रहिरहेको स्थानीयवासी तथा सञ्चारकर्मी रामहसर ओझाले बताउनुभयो । उहाँले भन्नुभयो –“भेल्छडाको पानी नआउँदा साबिकका पाँच गाविसका हजारौं नागरिकलाई समस्या भएको छ । नेताहरु चुनावको बेला आउँछन् । पानी ल्याउँछु भन्दै भोट माग्छन् र पछि बिर्सिन्छन् । कस्तो दुःखद कुरो छ १”पानीको समस्यामा परेका नागरिकलाई अन्य विकासका योजना दिनुभन्दा भेल्छडा खानेपानी योजना निर्माण गरिदिन स्थानीयवासीले विभिन्न राजनीतिक दल तथा खानेपानीको क्षेत्रमा काम गर्ने सङ्घ संस्थाहरुलाई आग्रह गर्दैआएका छन् । गाउँमा कुनै पनि राजनीतिक दलका ठूला नेता आउँदा त्यहाँका स्थानीय बासिन्दाले जहिले पनि त्यही भेल्छडा खानेपानी योजनाको विषय  उठाउने गरेका छन् । 

भेल्छडा बृहत् तथा राष्ट्रिय स्तरको खानेपानी योजना भएकाले आफूहरुले खासै सहयोग गर्न नसकेको खानेपानीको क्षेत्रमा डोटीमा काम गर्दैआएको संस्था नेवाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै