2026-09-19 05:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कक्षा १० को डीजिटल पाठ्य सामाग्री विद्यार्थीमाँझ लोकप्रिय बन्दै

भदौ १० काठमाडौं । पछिल्लो समय विद्यार्थीमाझ डिजिटल प्रविधियुक्त पाठ्यक्रम प्रति आकर्षण बढ्दै गएको पाइएको छ। इन्टरसफ्ट इन्साईड प्रा.लि.ले बनाएको कक्षा १० का गणित, विज्ञान र अतिरिक्त गणित विषयहरुको श्रव्य, दृश्य सहितको डिजिटल पाठ्य सामाग्रीमा विद्यार्थीको आकर्षण देखिएको छ। 

१६ र ३२ जिवीको मेमोरी कार्डमा उपलब्ध उक्त एप्सलाई एन्ड्रोईड मोवाईलमार्फत हेर्न, पढ्न र सुन्न सकिने सुविधा रहेको छ। उक्त एप्सका बजार व्यवस्थापक धर्म बहादुर सिँहले आफुहरुले निर्माण गरेको डिजिटल पाठ्यक्रम प्रती देशभरका निजि विद्यालयहरुको माग बढिरहेको भएपनि सरकारी विद्यालयहरुले भने खासै चाँसो नदिएको गुनासो गरे ।  उक्त पाठ्यक्रम सरकारी विद्यालयहरुको लागी अझ बढी उपयोगि रहेको उनले बताए । 

गणित शिक्षा परिषदका केन्द्रीय महासचिव तथा कक्षा १० को गणीत विषयका पाठ्यपुस्तक लेखक रमेशप्रसाद अवस्थीले यो डिजिटल पाठ्य सामाग्री निकै समय सान्दर्भिक र विद्यार्थीहरुका निम्ती अत्यन्त लाभदायक रहेको बताए। महासचिव अवस्थीले विद्यार्थीहरुलाई डिजिटल प्रविधिमैत्री शिक्षा प्रदान गर्न यो पाठ्य सामाग्री अत्यन्त उपयुक्त भएकोले सम्बन्धीत विषयका शिक्षकहरुलाई समेत उक्त पाठ्य सामाग्री प्रयोग गर्न अनुरोध गरे । 

नेपालको शिक्षा क्षेत्रमा लामो समय कार्यसम्पादन गरेका पुर्व शिक्षा अधिकृत विचारी प्रसाद अधिकारीले आफु यो पाठ््य सामाग्रीबाट अत्यन्त प्रभावित भएको बताउँदै अहिलेको प्रविधिमैत्री शिक्षा प्रदान गर्न उक्त पाठ्य सामाग्री कोशेढुङ्गगा सावित हुने बताए ।  अधिकारीले सबैका अभिभावक शिक्षित नहुने भन्दै सम्बन्धीत विद्यालगका प्रअ, व्यवस्थापन समिति तथा सम्बन्धीत विषयका शिक्षकहरुले विद्यार्थीलाई यस्ता पाठ्यसामाग्रीहरु अध्ययन गर्न प्रोत्साहन गर्नुपर्ने बताए ।

काठमाडौंस्थीत Prolific H.S. School मा कक्षा १० मा अध्ययनरत विद्यार्थी नविन शाहले उक्त डिजिटल पाठ्य सामाग्री अध्ययन गरिररहेको बताउँदै आफुलाई उक्त सामाग्री अत्यन्त सरल र सहज लागेको बताए । उनले यो डिजिटल एप्सले हरेक विद्यार्थीलाई गोजी शिक्षकको काम गर्ने र अतिरिक्त क्लास (Tuition) लिन नपर्ने बताए । उनले एसइई  को तयारी गरिरहेका विद्यार्थीलाई परिक्षामा राम्रो नतिजा ल्याउन उक्त एप्स अत्यन्त सहयोगी हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई