2026-06-27 10:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भविष्यमा प्लेनलाई एयरपोर्ट नै नचाहिने !

2019-09-02

भदौ १६, एजेन्सी | यसलाई ‘टिल्ट–रोटोर’ नाम दिइएको छ । तर ती हवाइजहाजस्तै छिटो र टाढा उड्न सक्छन् । शक्ति राष्ट्रका सेनाले लामो समयदेखि तिनलाई उडाइरहेका थिए । अब पहिलो पटक सो वायुयान नागरिक प्रयोगका लागि स्वीकृत हुने बाटोमा छ ।

यसलाई नागरिक प्रयोगका लागि स्वीकृत गर्दा पनि खोज–बचाउ अभियान, व्यवसायीहरूको यात्रा र आपतकालीन चिकित्सकीय उडानका लागि प्रयोगमा जोड दिइनेछ । रिपोर्टअनुसार अर्बपति र पूर्वन्युयोर्क मेयर माइकल ब्लुमबर्गले एउटा अडर गरिसकेका छन् । ब्लुमबर्गजस्ता व्यवसायीहरूले ‘टिल्ट–रोटर’लाई आफ्ना घर नजिक राख्न सामर्थ छन् । यसको उडान गति ३०० माइल प्रतिघण्टा हुनेछ । यस यानलाई कुनै पनि हेलिप्याडमा अवतरण गर्न सकिन्छ ।


यसका लागि कुनै विमानस्थल आवश्यकता पर्दैन । ‘टिल्ट–रोटर्स’ले अङ्ग प्रत्यारोपण प्रक्रियामा महत्त्वपूर्ण समय बचाउन सक्छ । उदाहरणका लागि उनीहरूले दाताहरूको मुटु अस्पतालको हेलिप्याडबाट लिन सक्छन् र तत्कालै १००० माइल दूरीमा रहेका अर्को अस्पतालमा ओराल्न सक्छ । यसले गर्दा विमानस्थललाई पूर्णत बेवास्ता गर्न सकिन्छ ।

खोज र बचाउन अभियानमा उपयोगी । न्यून–उचाइमा उड्ने खोज विमान जमिनमा रहेको मानिसहरूलाई त पहिचान गर्न सक्छ तर ती मानिसलाई सुरक्षित स्थानमा लानका लागि भने पुनः हेलिकप्टर नै पठाउनुपर्छ ।

तर अब ‘टिल्ट रोटर’ हवाइजहाजले समय मात्र होइन मानिसहरूको ज्यान पनि बचाउनेछ । यसले गर्दा लामो दूरीको खोज अभियान र त्यसपछि जमिनमा मानिसलाई उडेर मासिनहरूलाई आश्रय दिनेछ । विश्वको पहिलो आम प्रयोगका लागि निर्माण हुने टिल्ट–रोटोर हवाइजहाज इटालियन विशाल हवाई निर्माण कम्पनी लियोनार्दोले अमेरिकामा निर्माण गर्दैछ ।


कम्पनीले आफूले निर्माण गर्ने पहिलो एडब्लू–६०९ उत्पादन नमुना, यो हप्ता उसको फिलाडेल्फियामा रहेको कम्पनीमा निर्माण सुरु गर्ने बताएको छ । यदि सबै योजना अनुरूप अघि बढ्यो भने एडब्लू–६०९ ले यस वर्षको अन्त्यसम्म सङ्घीय उड्डयन प्रशासन प्रमाणपत्र पाउनेछ र सन् २०२० को कुनै समय सेवा प्रवेश गर्नेछ ।

नौ यात्रु र दुई क्रु सदस्य अट्ने यस विमानमा दुई पङ्खाको कुनामा ‘टर्बोप्रोप प्रोेलर’ जडान गरिएको छ । यसैले यसलाई यो जहाज र विमानको उडान भराउन सक्षम बनाउँछ ।

सैन्य वायु यान ‘ओस्प्रे’भन्दा के कुरामा फरक

पेन्टागनको स्वामित्वमा रहेको ‘भी–२२ ओस्प्रे’भन्दा अलग रहेको विश्वको पहिलो टिल्ट–रोटर जहाज एडब्लू–६०९ मा प्रेसरयुक्त क्याबिन छ । यो २५ हजार फिटसम्म उड्न सक्छ । यो उचाइमा वायुमण्डलमा जलवायु परिवर्तन हुँदैन । यसले गर्दा विमान आरामसँग उड्छ । 

ओस्प्रेजस्तै एडब्लू–६०९ पनि विकासको क्रममा विभिन्न दुर्घटनामा पर्यो । ओस्प्रेको कुरा गर्ने हो भने सन् १९९२ र सन् २००० मा भएको प्राणघातक दुर्घटनापछि उसको प्रतिष्ठामा नै आघात पुगेको थियो ।

सन् २०१५ मा एडब्लू–६०९ प्रोटोटाइप पनि परीक्षण उडानका क्रममा दुर्घटना हुँदा दुई पाइलटको ज्यान गएको थियो । नियामकहरूले यी विमानको विकासमा आएको कठिनाइ प्रकाशमा आइरहँदा यिनमाथि नजिकबाट हेर्नेछन्,” टिल समूहमा उड्डयन उद्योग विश्लेषण गर्ने रिचर्ड अबोलाफियाले भने ।

लियोनार्दोका कार्यकारी निर्देशक कुटिलोले भने यस खालको विमानका लागि नियामक संस्थासँग समन्वय गरिरहेको बताए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी