११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल-मालदिभ्स सम्बन्धलाई नयाँ उचाइ प्रदान गर्ने

१६ भाद्र २०७६, सोमबार १८:०५

भदौ १६, काठमाडौँ | मालदिभ्सको राजधानी मालेमा भोलिदेखि शुरु हुने हिन्द महासागर सम्मेलनमा भाग लिन तीन सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यहाँ रहनुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आज अपराह्न मालदिभ्सका विदेशमन्त्री अब्दुल्लाह सइदसँग भेटवार्ता गर्नुभयो ।

त्यसअवसरमा उहाँहरुबीच व्यापार, पर्यटन, जलवायु परिवर्तनका साथै क्षेत्रीय एवम् अन्तर्राष्ट्रिय मञ्चमा सहयोग बढाउने विषयसहित पारस्परिक विविध मामिलामा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले राससलाई बताउनुभयो । 

नेपाल र मालदिभ्सबीच विद्यमान अत्युत्तम सम्बन्धप्रति सन्तुष्टि व्यक्त गर्दै दुवै देशका परराष्ट्रमन्त्रीले त्यसलाई नयाँ उचाइमा पुर्याउन सहमति जनाउनुभएको प्रवक्ता पौड्यालले जानकारी दिनुभयो । पहाड र समुद्रबीच मूलभूत रुपमा सम्बन्ध रहेको सन्दर्भ कोट्उँदै मन्त्री ज्ञवालीले जलवायु परिवर्तनले ल्याएका चुनौती सामना गर्न पहाडी देश र टापु राज्यहरुबीचको सहकार्यमा जोड दिनुभएको थियो । मन्त्री ज्ञवालीले आगामी चैतको तेस्रो साता नेपालमा आयोजना हुने सगरमाथा संवादमा सहभागी हुन मालदिभ्सका विदेशमन्त्रीलाई गर्नुभएको आमन्त्रण उहाँले स्वीकार गर्नुभएको पनि प्रवक्ता पौड्यालले बताउनुभयो । 

नेपाली नागरिकलाई मालदिभ्समा रोजगारीका अवसर प्रदान गरेकामा मालदिभ्स सरकारप्रति मन्त्री ज्ञवालीले हार्दिक आभार प्रकट गर्नुभएको थियो भने प्रत्युत्तरमा मन्त्री सइदले मालदिभ्सका विद्यार्थीलाई नेपाल सरकारले चिकित्साशास्त्र अध्ययनको अवसर जुटाइदिएकामा धन्यवाद ज्ञापन गर्नुभयो । 

प्रवक्ता पौड्यालका अनुसार पर्यटन क्षेत्रका सम्भावना र त्यसको विशिष्टता दर्शाउँदै दुवै देशका परराष्ट्रमन्त्रीले राष्ट्रिय अनुभवका आधारमा त्यसलाई प्रवद्र्धन गर्न सहमति जनाउनुभएको छ । मन्त्री ज्ञवालीले नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भ जोड्दै अधिकभन्दा अधिक मालदिभ्सका नागरिकलाई नेपाल भ्रमणका निम्ति अभिप्रेरित गर्न आग्रह गर्नुभएको थियो । सम्मेलनमा सहभागी हुन मन्त्री ज्ञवाली आजै बिहान माले पुग्नुभएको हो । भोलि उहाँले सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी