2026-07-09 05:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फेरी ब्युतियो वाईसीएल ! अध्यक्ष किराती भन्छन् ‘नेपालमा जनयुद्ध भन्दा ठूलो आन्दोलन आवश्यक छ’

भदौ २३, काठमाडौँ | माओवादी केन्द्र निकट भातृ संगठन "युवा कम्युनिष्ट लिग" (वाईसीएल)को प्रथम राष्टिय भेला सम्पन्न भएको छ | उक्त कार्यक्रमबाट नयाँ कमिटि गठन गरेका छ | माओवादी केन्द्रका अध्यक्ष गोपाल किरातीको प्रमुख आतिथ्यतामा संगठनका नेता प्रकाश राई गौरवको अध्यक्षतामा कार्यक्रम भएको हो | राष्ट्रिय भेलाले प्रकाश राई 'गौरव' लाई नै वाईसिएल अध्यक्ष चयन गरेको छ | कार्यक्रमको उद्घाटन सोमबार दिउसो १ बजे भएको हो | 


पहिलो राष्ट्रिय भेला कार्यक्रममा संगठनका सबै सदस्यहरुले वाईसिएलको टिसर्ट लगाएर मार्च पास गरेका थिए | सोमबार बिहान ११ बजेदेखि काठमाडौंमा र्याली सहित प्रथम राष्ट्रिय भेलाको समुद्घाटन हुने भनि ए पनि कार्यक्रम मार्चपास गरेर उद्घाटन भएको छ | उद्घाटन शत्रमा माओवादी केन्द्र र भातृ संगठनहरुका नेताहरुले स्वागत मन्तब्य राखेर नयाँ कार्यसमितिलाई शुभकामना दिए | 


स्वागत मन्तब्य पछि कार्यक्रमको बन्दशत्र शुरु भएको थियो | कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष गोपाल किरातीले प्रतिवेदन पेश गरेका थिए | कार्यक्रममा बोल्दै अध्यक्ष किरातीले भने "सामन्ती राज्य सत्ताले थुपारेको उत्पीडन अन्त्य गर्ने लक्ष्यका साथ् हामीले दश बर्षे जनयुद्ध लड्यौ, जनयुद्ध भन्दा ठुलो नेपालमा राजनीतिक आन्दोलन त्यस अगाडी भएको छैन भने भविष्यमा त्यो भन्दा दृढ आन्दोलनको यहाँ जरुरि छ | जसले गर्दा पुरानो राज्य ब्यबस्था, पुरानो परम्परा, सास्कृतिलाई ध्वस्त पार्दै नेपाली समाजलाई गुणात्मक परिवर्तनको दिशामा अगाडी बढाउन सक्छ | यसरी हामी अघि बढिराखेको बेलामा माक्सवाद ,लेनिनवाद, माओवादको शिदान्त्त,वर्ग संघर्ष र पहिचानको शिदान्त शहिदहरुको रगत र बलिदानीलाई परित्याग गरेर प्रचण्ड एमालेमा बिलय भएपछि आफुलाई सह्य हुन नसकेको उनले बताए |"

२०४८ सालको छैटौ महाधिवेशनको प्रतिवेदनलाई स्मरण गर्दै अध्यक्ष किरातीले भने 'आजको विश्व परिस्थितिमा  माओवादलाई माक्सवाद, लेनिनवादकोरुपमा ग्रहण नगरी कोहीपनि सच्चा कम्युनिष्ट बन्न सक्दैन | उनले भने 'माओवादीको शिद्धान्त परित्याग गरिसके पछि त्यो बेलाको रगत बगाउने शहिद, बेपत्ता परिवारले सोध्लान तैले के गरेको यो ? यसको जवाफ के दिने ? प्रचण्डले पार्टी बिलय गरेपनि हामीलाई सहयोग गर्ने लाखौ नेपालीलाई त्यसको जवाफ के दिने भन्ने प्रश्नमा हामीले माओवादी केन्द्रको पुन: गठन गर्यो |'

त्यस्तै कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका महासचिव राजन तिमल्सिनाले भने "राज्यमा मौलाएको घुसखोरी भ्रष्टाचारीलाई युवाहरुले खबरदारी गर्नुपर्छ, कुशासन र घुसखोरिलाई खवरदारी नगर्न सके यो देश अगाडी बढ्दैन |' उनले अगाडी भने 'क्रान्तिकारी, जुझारु र परिवर्तनकारी युवा संघले आगामी दिनमा राजनीतिक नेतृत्वलाई खबरदारी गर्ने छ |"


भेलाबाट युवा कम्युनिष्ट लिगको नयाँ कमिटिमा अध्यक्ष प्रकाश राई गौरव नै चयन भएका छन् | उपाध्यक्षमा प्रकाश गौतम रहेका छन् भने राज्य खम्बु र अपिल सिजापति सचिवमा चयन भएका छन् | त्यस्तै वाईसियलको राष्ट्रिय भेलाले ८७ जना सदस्य चयन गरेर युवा कम्युनिष्ट लिगको केन्द्रीय कमिटि गठन गरेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो