2026-07-04 03:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रवि लामिछानेसहित तीन जनालाई थुना राख्न माग गर्दै उच्च अदालतमा निवेदन

2019-09-10

भदौ २४, काठमाडौँ | सिधा कुरा जनतासँग कार्यक्रम प्र्श्तोता रवि लामिछानेसहित तीन जनालाई पुर्पक्षका लागि थुनामा राख्न सरकारी वकिलको कार्यालयले उच्च अदालतमा निवेदन दिएको छ | पाटन उच्च अदालत हेटौंडा इजलासका सरकारी वकिल बाबुराम अधिकारीका अनुसार कार्यालयले सोमबार लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई थुनामा राख्न माग गर्दै निवेदन दिइएको छ |

पत्रकार  सालिकराम पुडासैनी आत्महत्या प्रकरणमा मुछिएका तिनै जनालाई पुर्पक्षका लागि थुनामा राख्न पर्याप्त प्रमाण भएपनि जिल्ला अदालत चितवनले उनीहरूलाई धरौटी र साधारण तारेखमा छोड्ने गलत निर्णय गरेकाले जिल्ला अदालतको आदेश खारेज गरी थुनामा राख्ने आदेश दिन निवेदनमा माग गरिएको छ  |

सरकारी वकिल कार्यालयको निवेदनमा आज सुनुवाइ हुनेछ। यसअघि जिल्ला अदालत चितवनबाट पाँच लाख धरौटीमा रिहा भएका लामिछानेले धरौटी मागेर आफूमाथि अन्याय भएको भन्दै आफू साधारण तारेखमा छुट्नु पर्ने माग गरे हेटौंडा इजलासमा निवेदन दिएका थिए |

लामिछानेको निवेदनमा आफूले आत्महत्या दुरुत्साहन नगरेकाले साधारण तारिखमा रिहा हुनु पर्ने र विदेश जान प्रतिबन्ध लगाउन नहुने जिकिर गरिएको छ | पुडासैनीलाई आत्महत्या गर्न 'दुरुत्साहन’ गरेको अभियोग लागेका लामिछाने र युवराज कँडेल जिल्ला अदालत चितवनले भदौ ९ गते क्रमश: पाँच र तीन लाख रुपैयाँ धरौटी मागेको थियो । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले सोही मुद्दामा पक्राउ परेकी अस्मिता कार्की रूकुलाई सामान्य तारेखमा छोड्न आदेश दिएको थियो।

पुडासैनी साउन २१ गते चितवनको कंगारू होटलमा झुण्डिएको अवस्थामा फेला परेका थिए । उनको साथबाट आत्महत्याअघि खिचिएको भिडियो प्राप्त भएको थियो। जसमा उनले लामिछानेसहित तीनै जनाका कारण आफू मर्नुपरेको बताएका थिए|

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो