२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेस सांसद पार्वता डिसी भन्छिन, एनसेल कर विवादको फैसला गर्ने न्यायाधीशलाई महाभियोग लगाउनुपर्छ

२०७६, २४ भाद्र मंगलवार ०९:५८

भदौ २४, काठमाडौं | मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै नेपाली कांग्रेसकी सांसद पार्वता डिसी चौधरीले एनसेलकको कर विवादसम्बन्धी फैसला गर्ने न्यायाधीशमाथि महाभियोग लगाउनुपर्ने बताएकी छन् । उनले सर्वोच्चको उक्त पैसला राष्ट्रघात हो भन्दै त्यसमा संलग्न न्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव दर्ता गर्नुपर्ने बताएकी हुन् ।  ५ जना न्यायाधीशको इजलासले एनसेलको पक्षमा गरेको निर्णय राष्ट्रघाति भएको उनको भनाइ थियो |

सर्वोच्च अदालतले एनसेल कर विवादसम्बन्धी एक रीटमाथि सुनुवाई गर्दै ठूला करदाता कार्यालयले तोकेको करमध्ये आयकर ऐनको धारा १२० (क) अनुसारको कर खारेज गर्ने फैसला सुनाएको थियो । सांसद चौधरीले न्यायपालिकामा चलखेल हुने गरेको र आम जनतालाई न्यायपालिकाप्रति विश्वास हराउँदै गएको बताइन् ।

सांसद मोहन बानियाले न्याय क्षेत्रबाट आफ्नो क्षेत्राधिकार मिच्ने काम भएको भन्दै क्षेत्राधिकार मिच्ने निकायलाई महाअभियोग लगाउनुपर्ने माग गरे । उनले भने ‘एनसेलको अर्बौ रुपैपा घोटला भएको छ । राष्ट्रलाई दोहन गर्ने । नियम र कानुनलाई मिचेर दिनमा सूर्यलाई हत्केलाले छेक्ने निकायलाई अत्याधिक मात्रामा कानुनी कारवाही हुनुपर्छ र महाअभियोग प्रस्ताव पास गर्नुपर्छ ।’

नेपाल कम्युनिस्ट पार्टीका  सांसद यज्ञराज सुनुवारले विगतमा राज्यको गलत नीतिका कारण देश गरिब व्यक्ति धनी भएको चिनारी बनेको उल्लेख गर्दै एनसेलका बारेमा पछिल्लो दिनमा सर्वोच्च अदालतले गरेको आदेश बारे संसदले छानविन गर्नुपर्ने माग गरे |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ