२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बहुविवाहको मुद्दामा सांसदलाई १ बर्ष जेल सजाय ! अदालतले प्रदेशलाई पठायो पत्र

२०७६, २६ भाद्र बिहीबार १४:४७

भदौ २६, जनकपुरधाम । बहुविवाह मुद्दामा अदालतबाट जेल सजाय पाएका प्रदेश २ का सांसद दिलिपकुमार साहको बिषयमा अदालतले प्रदेशसभा सचिवालयलाई पत्राचार गरेको छ । 

तात्कालिन नेकपा माओवादी केन्द्रका नेता तथा हालका नेकपाका सांसद दिलिपकुमार साहलाई बहुविवाह मुद्दामा धनुषा जिल्ला अदालतले एक बर्षको कैद सजाय र ५ हजार रुपैयाँ जरिवाना तोकेको थियो । २०७२ साल जेठ १३ गते नै धनुषा जिल्ला अदालतले साहबिरुद्व यो फैसला सुनाएको थियो । 

जिल्ला अदालतको यो फैसलाबिरुद्व साहले पुनरावेदन अदालतमा पुनरावेदन गर्दा पुनरावेदन (अहिलेको उच्च अदालत) ले पनि जिल्ला अदालतकै फैसलालाई सदर गरेको थियो । २०७६ साल असार २५ गते उच्च अदालतले सोही फैसलालाई सदर गरेपछि जिल्ला अदालतले यो जानकारी प्रदेशसभा सचिवालयलाई पत्राचार गरेको छ । 

जिल्ला अदालतले हालै प्रदेशसभालाई फैसलाबारे जानकारी गराएको छ । सांसद साहकी जेठी पत्नी संगीता देवी यादवको जाहेरीले जिल्ला अदालतले साहबिरुद्व यस्तो फैसला गरेको हो । साह प्रदेशसभाको निर्वाचनमा सिरहाको क्षेत्र नम्बर १ को क बाट निर्वाचित भएका हुन् ।

साह तत्कालिन नेकपा माओवादीमा लागेको बखत २०५७ सालमा संगीतासँग अन्तरजातीय विवाह गरेका थिए । दिलिप र संगीताबाट दुई जना छोरा जन्मेका छन् । आफ्नो श्रीमती र दुई छोरा हुँदाहुँदै दिलिपले २०७० साल माघ १ गते धनुषाकै जानकीसँग अर्को विवाह गरेपछि संगीताले जिल्ला अदालतमा बहुविवाह मुद्दा दर्ता गराएकी थिइन् ।

दिलिपकी जेठी पत्नी संगीता बर्तमान उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवकी छोरी हुन् । माओवादी सशस्त्र युद्धका बेला दुबैले विवाह गर्दा मातृकाले पनि समर्थन जनाएका थिए ।

उनलाई फैसला सुनाइएको पत्र प्रदेशसभा सचिवालयमा गएपछि यसबारेमा के गर्ने भनेर मुख्य न्यायाधिवक्ता कार्यालयसँग राय मागिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा