2026-07-03 10:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गृहमन्त्री बादलका भाइ हिरासतमा

2019-09-13

भदौ २७, काठमाडौँ | गृहमन्त्री रामबहादुर थापाका भाइ नरेश थापा हिरासतमा परेका छन् । निर्माण व्यवसायी शरदकुमार गौचन हत्यामा जेलमा रहेका गुन्डा नाइके समीरमानसिंह बस्नेत समूहसँग मिलेर ठेकेदारलाई धम्क्याएको आरोपमा प्रहरीले मुद्दा अघि बढाएपछि थापा आफैं प्रहरीको सम्पर्कमा आएका हुन् |

केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार निर्माण व्यवसायीलाई फोन गरेर ‘पैसा नदिए जे पनि हुने’ भन्दै धम्की दिने कार्यमा नरेश जोडिएका छन्। उनीमाथि आपराधिक लाभ लिने प्रयास गरेको आरोपमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको ब्युरो प्रहरीले जनाएको छ |

‘गैरकानुनी रुपमा आपराधिक लाभ लिने आरोप पनि संगठित अपराध अन्तर्गतकै हो,’ ब्युरो प्रमुख शाहीको भनाइ छ। अहिले थापासँग काठमाडौं जिल्ला अदालतले बयान लिइरहेको छ। विभिन्न २५ जना ठेकेदारलाई धम्क्याएर पैसा मागेको उजुरी गृह मन्त्रालय हुँदै प्रहरीसम्म पुगेको थियो। ब्युरोले एक महिनाअघि पवन खड्का र सुरेन नगरकोटीलाई राजधानीबाट पक्राउ गरेको थियो। पक्राउ परेकाले गृहमन्त्रीका भाइ पोलेपछि उनीविरुद्ध नै मुद्दा लगिएको ब्युरोले जनाएको छ। 

गुन्डा नाइके समीरमानसिंह बस्नेत दुई वर्षअघि निर्माण व्यवसायी संघका तत्कालीन अध्यक्ष गौचन हत्यामा केन्द्रीय कारागार सुन्धारामा छन्। गृहमन्त्रीका भाइ नरेशले तिनैसँग मिलेर ठेकेदारलाई धम्क्याएको प्रहरीको भनाइ छ।

समीरमान जेलभित्रैबाट गैरकानुनी असुलीमा आफ्नो समूह प्रयोग गरिरहेको सूचना पाएपछि प्रहरीले खड्का र नगरकोटीलाई पक्राउ गरेको थियो। उनीहरूले गृहमन्त्रीका साइँला भाइ नरेशको नाम लिएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो