2026-07-08 10:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कास्की क्षेत्र नं २ को उप चुनावमा मुकुन्देको उम्मेदवारी !

भदौ २९, काठमाडौँ | केही वर्षअघिसम्म रत्नपार्कका रुखमाथि चढेर भाषण गरी चर्चामा कमाएका मुकुन्दे अर्थात् मुकुन्द घिमिरे सामाजिक संजाल र युटुवमा चर्चित पात्र हुन् । बिशेषगरि उनका टिप्पणीहरु सुनेर मानिसहरुले उनलाई चासो दिने गरेका छन् ।

उनका राष्ट्र निर्माणका भाषणहरु नेताहरुको जस्तो सामान्य लाग्दैन । उनले छुट्टै मुकुन्दल्याण्डको सपना देखेका छन् । २०५८ देखि ०७० सालसम्म रत्नपार्कमा भाषण गर्दै हिँड्ने मुकुन्दे त्यसयता सामाजिक सञ्जाल फेसबुक, ट्वीटर तथा युटुवमा नियमित देखिन्छन् । एक समय थियो जतिबेला मुकुन्दे रत्नपार्कको रुखमा बसेर भाषण गर्थे, त्यतिबेला न सबैको घरमा टेलिभिजन थियो नत हात/हातमा फोन नै । रत्नपार्क पुगेकाहरु मुकुन्देको भाषणमा झुम्मिन्थे । उनले त्यतिबेला देख्ने सपना अझै जिवितै छन् । 

उनले आफूलार्इ अझै पनि भविष्यको कार्यकारी राष्ट्रपति दाबी गर्छन् । त्यति मात्र होइन उनको सपनामा एउटा मुकुन्दल्याण्ड पनि छ । जुन मुमुन्द ल्याण्डमा सबै जनतालार्इ सुख र शान्तिले बस्न पाउने व्यवस्था मिलाउने उनले बताउँछन् । यी यस्तै उनको भाषणलाई सुनेर कतिपयले उनलाई 'पागल' भन्छन् । 

भोजपुरमा जन्मिएका मुकुन्द काठमाडौँमा अरुकै भरमा धेरै संघर्षपूर्ण जीवन बिताउने पात्र हुन् । उनलाई पागलखाना समेत लग्दा डाक्टरलाईनै चेस खेलेर जित्दिन्छु भन्दै च्यालेन्ज दिएका उनले आफूलाई राजनीतिक विश्लेषक भएको बताउँछन् । 

सामाजिक संजालमा उनलाई धेरैले फलो गरेका छन् । अरुले उनलाई के सोच्छन् उनलाई मतलब छैन । अब त मुकुन्देले कास्की क्षेत्र नम्बर २ वाट उपनिर्वाचनमा भाग लिने घोषणा समेत गरेका छन् ।

स्वर्गीय भएका प्रतिनिधि सभाका सांसद रविन्द्र अधिकारीको क्षेत्रमा मुकुन्देलाई जनताले कति मत देलान् ? सामाजिक संजालमा उनले अरु कसैलाई व्यंग्य गर्दै लेखेका स्टाटस छन् 'कुरा लाएर खाने पत्रकारको निजी फ्यान क्लब सिद्धान्तहीन फ्रायडवादी पार्टीले प्रायः तरुणीलाई उठाएर चुनावमा कामुक तरंग ल्याउने गर्थ्यो, यसचोटि चैं बूढी मान्छे उठाउने भएछ, बिचरी बज्यैको १० हजार धरौटी जफत हुने ग्यारेन्टी भयो ।' यतिखेर उनि आफै उपनिर्वाचनमा उठ्ने घोषणा गरेपछि 'बिचरा मुकुन्देको १० हजार धरौटी जफत हुने ग्यारेन्टी भयो' भनेर कसले लेख्ला ? त्यसो त १० हजार धरौटी पनि कसले देला ? चिन्ताको बिषय छ । 

उनले आफ्नै फेसबुक पेजको वालमा आफ्नो प्रचार गर्दै लेखेका छन् 'कास्की पोखरामा मलाई जिताइयो भने बढ्दो अराजकतालाई मैले नियन्त्रण गर्नेछु, प्लेनमा हुलहुज्जत गर्ने, टिभीबाट ह्याट स्पिच दिने, जनताका पार्टी फुटाउने, दुई तिहाई जनताको सरकार गिराउने सबैका मालिक एउटै हुन्, म नोकरसँग होइन सीधै मालिकसँग वार्ता गर्नेछु।' उनले आफ्नो तश्वीर माथि लेखेका छन् 'मुकुन्दल्याण्डको सम्मान गरौँ, कास्की क्षेत्र नम्बर २ को उप चुनावमा युवा उम्मेदवार मुकुन्देलाई जिताऔं ।' 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो