११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कास्की क्षेत्र नं २ को उप चुनावमा मुकुन्देको उम्मेदवारी !

२९ भाद्र २०७६, आईतवार १०:५९

भदौ २९, काठमाडौँ | केही वर्षअघिसम्म रत्नपार्कका रुखमाथि चढेर भाषण गरी चर्चामा कमाएका मुकुन्दे अर्थात् मुकुन्द घिमिरे सामाजिक संजाल र युटुवमा चर्चित पात्र हुन् । बिशेषगरि उनका टिप्पणीहरु सुनेर मानिसहरुले उनलाई चासो दिने गरेका छन् ।

उनका राष्ट्र निर्माणका भाषणहरु नेताहरुको जस्तो सामान्य लाग्दैन । उनले छुट्टै मुकुन्दल्याण्डको सपना देखेका छन् । २०५८ देखि ०७० सालसम्म रत्नपार्कमा भाषण गर्दै हिँड्ने मुकुन्दे त्यसयता सामाजिक सञ्जाल फेसबुक, ट्वीटर तथा युटुवमा नियमित देखिन्छन् । एक समय थियो जतिबेला मुकुन्दे रत्नपार्कको रुखमा बसेर भाषण गर्थे, त्यतिबेला न सबैको घरमा टेलिभिजन थियो नत हात/हातमा फोन नै । रत्नपार्क पुगेकाहरु मुकुन्देको भाषणमा झुम्मिन्थे । उनले त्यतिबेला देख्ने सपना अझै जिवितै छन् । 

उनले आफूलार्इ अझै पनि भविष्यको कार्यकारी राष्ट्रपति दाबी गर्छन् । त्यति मात्र होइन उनको सपनामा एउटा मुकुन्दल्याण्ड पनि छ । जुन मुमुन्द ल्याण्डमा सबै जनतालार्इ सुख र शान्तिले बस्न पाउने व्यवस्था मिलाउने उनले बताउँछन् । यी यस्तै उनको भाषणलाई सुनेर कतिपयले उनलाई 'पागल' भन्छन् । 

भोजपुरमा जन्मिएका मुकुन्द काठमाडौँमा अरुकै भरमा धेरै संघर्षपूर्ण जीवन बिताउने पात्र हुन् । उनलाई पागलखाना समेत लग्दा डाक्टरलाईनै चेस खेलेर जित्दिन्छु भन्दै च्यालेन्ज दिएका उनले आफूलाई राजनीतिक विश्लेषक भएको बताउँछन् । 

सामाजिक संजालमा उनलाई धेरैले फलो गरेका छन् । अरुले उनलाई के सोच्छन् उनलाई मतलब छैन । अब त मुकुन्देले कास्की क्षेत्र नम्बर २ वाट उपनिर्वाचनमा भाग लिने घोषणा समेत गरेका छन् ।

स्वर्गीय भएका प्रतिनिधि सभाका सांसद रविन्द्र अधिकारीको क्षेत्रमा मुकुन्देलाई जनताले कति मत देलान् ? सामाजिक संजालमा उनले अरु कसैलाई व्यंग्य गर्दै लेखेका स्टाटस छन् 'कुरा लाएर खाने पत्रकारको निजी फ्यान क्लब सिद्धान्तहीन फ्रायडवादी पार्टीले प्रायः तरुणीलाई उठाएर चुनावमा कामुक तरंग ल्याउने गर्थ्यो, यसचोटि चैं बूढी मान्छे उठाउने भएछ, बिचरी बज्यैको १० हजार धरौटी जफत हुने ग्यारेन्टी भयो ।' यतिखेर उनि आफै उपनिर्वाचनमा उठ्ने घोषणा गरेपछि 'बिचरा मुकुन्देको १० हजार धरौटी जफत हुने ग्यारेन्टी भयो' भनेर कसले लेख्ला ? त्यसो त १० हजार धरौटी पनि कसले देला ? चिन्ताको बिषय छ । 

उनले आफ्नै फेसबुक पेजको वालमा आफ्नो प्रचार गर्दै लेखेका छन् 'कास्की पोखरामा मलाई जिताइयो भने बढ्दो अराजकतालाई मैले नियन्त्रण गर्नेछु, प्लेनमा हुलहुज्जत गर्ने, टिभीबाट ह्याट स्पिच दिने, जनताका पार्टी फुटाउने, दुई तिहाई जनताको सरकार गिराउने सबैका मालिक एउटै हुन्, म नोकरसँग होइन सीधै मालिकसँग वार्ता गर्नेछु।' उनले आफ्नो तश्वीर माथि लेखेका छन् 'मुकुन्दल्याण्डको सम्मान गरौँ, कास्की क्षेत्र नम्बर २ को उप चुनावमा युवा उम्मेदवार मुकुन्देलाई जिताऔं ।' 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेशियामा बिदेशी कामदारको अधिकारका लागि ऐतिहासिक कानूनी जित त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान