११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दोस्रोपटक पनि संसद बैठक स्थगित

२९ भाद्र २०७६, आईतवार ११:४७

भदौ २९, काठमाडौँ | बाके घटनाको चित्तबुझ्दो जवाफ नआएको भन्दै काँग्रेसले आइतबारको दोस्रो बैठक पनि अवरुद्ध गरेको छ | आइतबार दोस्रो बैठक सुरु भएलगत्तै सभामुख कृष्णबहादुर महराले सदनको कारवाही सुरु भएको घोषण गर्ने वित्तिकै काँग्रेसका सांसदहरु आसनबाट उठेर विरोध गरेका थिए |

प्रतिपक्षका सांसदहरु नबसेपछि सभामुख महराले अर्को बैठक सोमबार ३ बजे बस्नेगरी स्थगित भएको घोषणा गरे । यसअघि प्रतिनिधिसभाको आईतबारको पहिलो बैठकमा बाँके घटनाबारे गृहमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको भन्दै काँग्रेस सांसदहरुले उभिएर विरोध गरेपछि सभामुख कृष्णबहादुर महराले बैठक १० मिनेटका लागि स्थगित भएको घोषणा गरेका थिए । त्यसपछि बसेको बैठकमा पनि काँग्रेस सांसदले विरोधलाई निरन्तरता दिएका थिए । 

बैठकको सुरुमै बोल्दै संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले दोश्रो चरणको राष्ट्रिय जागरण कार्यक्रम विथोल्ने गरि राज्यसंयन्त्रको निर्देशनमा बाँंके घटना गराइएको आरोप लगाएका थिए । जागरण अभियानलाई गम्भीर प्रहार गर्न योजनावद्ध ढंगले बाँके घटना गराइएको उल्लेख गर्दै असंवैधानिक र विधि विपरितका क्रियाकलापको खाँडले निन्दा र भत्र्सना गरे । 

भदौ २६ गते बाँकेको खजुरा गाउँपालिका वडा नम्बर १ स्थित सितापुरमा नेपाली काँग्रेसले गरेको राष्ट्रिय जागरण सभामा सत्तारुढ दलका कार्यकर्ताले अंरिगालको जसरी प्रवेश गरि कार्यक्रम विथोल्नुका साथै जिल्ला सभापति किरण कोइराला र केन्द्रीय प्रतिनिधिमाथि आक्रमण गरेको दाबी खाडले गरे ।

जवाफमा गृहमन्त्री रामबहादुर थापा बादलले बाँके घटनालाई सरकारले गम्भीर रुपमा लिएको उल्लेख गर्दै दोषीलाई कारवाही हुने प्रतिबद्धता जनाएका थिए । थापाले बाँके घटनामा संलग्न निर्मल खत्री, रोशनसिंह ठकुरी र लोकबहादुर शाहीलाई २८ गते राती नै नियन्त्रणमा लिइएको र संलग्न अन्यको खोजी तिब्र पार्न सुरक्षा निकायलाई निर्देशन दिइसकेको बताएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेशियामा बिदेशी कामदारको अधिकारका लागि ऐतिहासिक कानूनी जित त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान