२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विप्लवका सहसचिव नेकपामा प्रवेश

२०७६, ३ आश्विन शुक्रबार १६:२२

असोज ३, बाजुरा | नेत्रबिक्रम चन्द (विप्लव) समूहका जिल्ला सहसचिव दानबहादुर खड्का (किशोर) आज पत्रकार सम्मेलन गरी नेपाल कम्युनिष्ट पाटी (नेकपा)मा प्रवेश गरेका छन् ।

जिल्लाको बूढीगङ्गा नगरपालिका–७ झालबाट विप्लव समूहको सङ्गठन विस्तार र पार्टीको प्रचार गर्दै गरेको गोप्य सूचनाका आधारमा भदौ २७ गते जिल्ला प्रहरी कार्यालय बाजुराले पक्राउ गरेका खड्का आज नेकपा बाजुरामा प्रवेश गरेको पत्रकार सम्मेलनमार्फत प्रेस विज्ञप्ति निकाल्दै नेकपामा गएको उहाँले बताउनुभयो । 

नेत्रविक्रम चन्द (विप्लव) समूहको स्पष्ट कार्यदिशा, राजनीतिक, वैचारिक धरातल नभएका कारण उक्त पाटी परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी प्रवेश गरेको विप्लव समूहका जिल्ला सहसचिव खड्काले प्रेस विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।  

उहाँले आज जारी गरेको विज्ञप्ति र पत्रकार सम्मेलनमा आम नेपाली जनताको जीवनमा आर्थिक समृद्धि ल्याउन समृद्ध नेपाल सुखी नेपालीको नारालाई आत्मसात् गर्दै आगामी दिनमा नेकपामा निरन्तर रुपमा लाग्ने विज्ञप्तिमा लेखिएको छ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) बाजुराले आज सदरमुकाम मार्तडीको पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा खड्का नेकपामा प्रवेश गरेको नेकपा बाजुराले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय बाजुराले पक्राउ गरेपछि मुद्दा खेपिरहेका खड्का एकाएक नेकपामा प्रवेश गरेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले नेत्रविक्रम चन्द(विप्लव) समूह परित्याग गरी अन्य पाटीमा प्रवेश गरेपछि विप्लव समूहमा नरहेको क्षेत्र र केन्द्रमा जानकारी पठाउने बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा