२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

पहिरोले गोरखाको लुँइटेल-आँपपीपल सडकखण्ड अवरुद्ध

२०७६, ५ आश्विन आईतवार १०:४२

असोज ५, गोरखा। केहि दिनदेखिको लगातारको झरीले लुँइटेल भञ्जाङ–आँपपिपल हुदै हर्मी–भच्चेक सडक भासिएर यातायात ठप्प भएको छ । बोहोरा गाउँ खण्डमा सडक भासिएर पिच नै ५० मिटर तल पुगेपछि बाटो अबरुद्ध भएको हो ।


दैनिक आवाज जावत गर्ने बाटो अबरुद्ध भएसंगै पुननिर्माणका लागि काम शुरु भएको पालुङटार नगरपालिकाका गगर प्रमुख दीपक बाबु कंडेलले साझा सवाललाई जानकारी दिए । सडक पुन: निर्माणको नियमित अनुगमनमा नै रहेका नगर प्रमुख कंडेलले आगामी ४ दिनभित्र काम सकिने जानकारी दिए । 

भुकम्प सहायता आयोजना अन्तर्गत एसियाली बिकास बैक एडिबीको सहयोगमा केही समय अघि कालोपत्रे भएको हो । लामो समय कच्ची सडकमा यात्रा गरेका सर्वसाधरणहरु अहिले सडक कालोपत्रे भए पनि पहिरोका कारण सवारी सञ्चालन हुन नसक्दा हिडेर गन्तव्यमा जान बाध्य छन् ।

Image may contain: outdoor and nature

 चाडपर्व आईसक्यो, सडकको यस्तो हालतले यात्रामा असहज भएको छ स्थानीय रमित ढकालले भने 'सडक भासिएपछि सामान ढुवानी गर्ने गाडी र बिरामी बोक्ने एम्बुलेन्स लगायतका सवारी साधन प्रभावित भएका छन् ।'गत असार महिनाको अन्तिम साता पनि उक्त सडक खण्डको सिरानचोक गाउँपालिका ४ को चिउरीबोट भन्ने ठाउँमा कालोपत्रे गरिएको सडक भत्किएको र सिरानचोक गाउँपालिका–३, हर्मी भञ्ज्याङ नजिक राखिएको तारजालीको पर्खाल पनि पल्टिएको थियो ।

एशियाली विकास वैंकको ७० करोड रुपैंया सहयोग र स्वीस सरकारको प्राविधिक सहयोगमा लुइँटेलभञ्ज्याङदेखि तार्केडाँडासम्म पहिलो प्याकेजको १८.५ किलोमिटर सडक लामा अमर जेभी कन्स्ट्रक्शनले र दोस्रो प्याकेज अन्तर्गत तार्केडाँडादेखि नयाँगाउँसम्मको १३ किलोमिटर सडक लामा कन्स्ट्रक्शनले केही समय अघि निर्माण सम्पन्न गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला