2026-10-26 08:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

पहिरोले गोरखाको लुँइटेल-आँपपीपल सडकखण्ड अवरुद्ध

असोज ५, गोरखा। केहि दिनदेखिको लगातारको झरीले लुँइटेल भञ्जाङ–आँपपिपल हुदै हर्मी–भच्चेक सडक भासिएर यातायात ठप्प भएको छ । बोहोरा गाउँ खण्डमा सडक भासिएर पिच नै ५० मिटर तल पुगेपछि बाटो अबरुद्ध भएको हो ।

दैनिक आवाज जावत गर्ने बाटो अबरुद्ध भएसंगै पुननिर्माणका लागि काम शुरु भएको पालुङटार नगरपालिकाका गगर प्रमुख दीपक बाबु कंडेलले साझा सवाललाई जानकारी दिए । सडक पुन: निर्माणको नियमित अनुगमनमा नै रहेका नगर प्रमुख कंडेलले आगामी ४ दिनभित्र काम सकिने जानकारी दिए । 

भुकम्प सहायता आयोजना अन्तर्गत एसियाली बिकास बैक एडिबीको सहयोगमा केही समय अघि कालोपत्रे भएको हो । लामो समय कच्ची सडकमा यात्रा गरेका सर्वसाधरणहरु अहिले सडक कालोपत्रे भए पनि पहिरोका कारण सवारी सञ्चालन हुन नसक्दा हिडेर गन्तव्यमा जान बाध्य छन् ।

Image may contain: outdoor and nature

 चाडपर्व आईसक्यो, सडकको यस्तो हालतले यात्रामा असहज भएको छ स्थानीय रमित ढकालले भने ‘सडक भासिएपछि सामान ढुवानी गर्ने गाडी र बिरामी बोक्ने एम्बुलेन्स लगायतका सवारी साधन प्रभावित भएका छन् ।’गत असार महिनाको अन्तिम साता पनि उक्त सडक खण्डको सिरानचोक गाउँपालिका ४ को चिउरीबोट भन्ने ठाउँमा कालोपत्रे गरिएको सडक भत्किएको र सिरानचोक गाउँपालिका–३, हर्मी भञ्ज्याङ नजिक राखिएको तारजालीको पर्खाल पनि पल्टिएको थियो ।

एशियाली विकास वैंकको ७० करोड रुपैंया सहयोग र स्वीस सरकारको प्राविधिक सहयोगमा लुइँटेलभञ्ज्याङदेखि तार्केडाँडासम्म पहिलो प्याकेजको १८.५ किलोमिटर सडक लामा अमर जेभी कन्स्ट्रक्शनले र दोस्रो प्याकेज अन्तर्गत तार्केडाँडादेखि नयाँगाउँसम्मको १३ किलोमिटर सडक लामा कन्स्ट्रक्शनले केही समय अघि निर्माण सम्पन्न गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने